शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनको आर्थिक नीति मितव्ययी र गतिशील रहने

मङ्सिर २८, बेइजिङ (चीन) । चीन सरकारले सन् २०१२ का लागि मौद्रिक तथा वित्तीय नीति निश्चित गरेको छ । चिनियाँ अर्थ मन्त्रालयका अधिकारी र नीतिनिर्माताहरूको बुधवार सम्पन्न दुईदिने गोप्य वार्षिक बैठकपछि जारी गरिएको एक विज्ञप्तिमा सन् २०१२ का लागि देशको मौद्रिक र वित्तीय नीति ‘मितव्ययी’ र ‘गतिशील’ रहने बताइएको छ । विज्ञप्तिमा चीनले प्रयोग गरिरहेको बृहत् आर्थिक नियमन नीतिहरू कायमै रहने उल्लेख छ ।त्यस्तै मुद्रास्फीति दर तथा बजारमूल्य स्थिर नै हुने आशा पनि बैठकले गरेको छ । साथै, चिनियाँ मुद्रा युआनको मूल्य स्थिर नै राख्ने निर्णय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी बढिरहेको घरजग्गाको मूल्य घटाउने प्रयास गर्न पनि बैठकले सरकारलाई सुझाव दिइएको बताइएको छ । चीनमा बढिरहेको सामाजिक अस्थिरताको आर्थिक पक्षतर्फ पनि गम्भीर छलफल भएको विज्ञतिमा उल्लेख छ ।

यो बैठकले गतहप्ता चीनको सत्ताधारी कम्युनिष्ट पार्टीका नेताहरूले निर्णय गरिसकेका विषयलाई नै पारित गरेको देखिएको छ । मानिसहरू केही निराश भए पनि नियन्त्रणमा आइरहेको चीनको मुद्रास्फीति र सन्तोषजनक आर्थिक वृद्धिदरका कारण नीति यथावतै रहने वाङको भनाइ थियो । अन्य विश्लेषकले पनि चीन सरकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ८  प्रतिशत भन्दा कम नहुँदा सम्म हस्तक्षपे को पक्षमा नभएको उल्लेख गरे ।