शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 16, 2012
  

इरानी केन्द्रीय बैङ्क बन्द गर्ने अमेरिकी तयारी

माघ १, वाशिङटन (अमेरिका) ।
आणविक कार्यक्रम विवाद उत्कर्षमा पुग्न लागेको सङ्केतस्वरूप अमेरिकाले इरानको केन्द्रीय बैङ्क बन्द गर्न तयारी गर्न ला छ । यसअघि नै इरानमाथि विभिन्न आर्थिक नाकाबन्दी लगाइसकेको अमेरिकाले पहिलोपटक सार्वजनिक रूपमै यस्तो योजनाको खुलासा गरेको हो । नाम नखुलाउने शर्तमा वाइटहाउका एक उच्च अधिकारीले पत्रकारहरूलाई यसबारे जानकारी दिए ।

‘सेण्ट्रल बैङ्क अफ इरान (सीबीआई लाई नै बन्द गराउने हाम्रो प्रयत्न हो,’ उनले भने । गत महीनामात्रै राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेको एक कानूनमै इरानी वित्तीय प्रणाली कमजोर बनाउने उल्लेख गरिएको उनले बताए । उक्त कानून इरानलाई उसको आणविक कार्यक्रम रोक्न दबाब दिने उद्देश्यले लागू गरिएको उनको कथन थियो ।  त्यसले इरानी सरकारको ध्यान आणविक कार्यक्रमबाट अन्यत्रै लाग्न बाध्य हुने उनको दाबी थियो । तेलका लागि इरानी केन्द्रीय बङै क् सगँ काराबेर गर्न  विश्वका अन्य राष्ट्रका केन्द्रीय बैङ्कलगायत वित्तीय संस्थाहरूलाई पनि दण्डित गर्न  अधिकारीको भनाइ थियो । ‘उदाहरणका लागि यदि कुनै अमेरिकी बैङ्कले इरानी केन्द्रीय बैङ्क अथवा त्यहाँका तोकिएका वित्तीय संस्थासँग कारोबार गर्छ भने उक्त बैङ्कलाई दण्डित गरिनेछ,’ उनले थपे । राष्ट्रपति बाराक ओबामाले डिसेम्बर ३१ मा हस्ताक्षर गरेको उक्त कानून ६ खर्ब ६२ अर्ब डलरबराबरको रक्षा बजेटमा पनि उल्लेख गरिएको छ । इरानले भने आफूमाथि कुनै प्रकारको आर्थिक अथवा वित्तीय नाकाबन्दी लगाइए रणनीतिक महइभ्वका हामे र्जु जलमार्ग बन्द गरिदिने धम्की दिँदै आएको छ ।