शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 16, 2012
  

साउदीको तेलमा चीनको दृष्टि

माघ १, बेइजिङ (चीन) । नेपालको सवा चार घण्टे औपचारिक भ्रमणपछि सउदी अरेबिया पुगेका चीनका प्रधानमन्त्री वेन जियाबाओले साउदी अरेबियालाई उसको विशाल तेल र ग्यासस्रोत चिनियाँ लगानीका लागि खुला गर्न दबाब दिएका छन् । चीनले आयात गर्ने कच्चा तेलको सबैभन्दा ठूलो स्रोत साउदी हो भने ऊर्जा सुरक्षा वेनको साउदी भ्रमणको प्रमुख प्राथमिकतामा छ । पछिल्लो समयमा अमेरिका र इरानबीचको तनावले चीनतर्फको आपूर्तिमा समेत बाधा पुग्ने देखिएपछि वेनले साउदीलाई त्यस्तो दबाब दिएका हुन् ।

दुवै पक्षले कच्चा तेल र प्राकृतिक ग्यासको क्षेत्रमा व्यापार र सहयोग बढाउनुपर्ने साउदी राजकुमार नायेफसँगको वार्तामा वेनले बताए । अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाएपछि चीनलाई समेत कच्चा तेलबारे चिन्ता थपिएको छ । किनभने, चीन इरानको सबैभन्दा ठूलो कच्चा तेल खरीदकर्ता हो । इरानको कडा टिप्पणीपछि आएको अमेरिक प्रतिबन्धका साथै सिरिया र इरानमा थप समस्या देखिएपछि तेलको भाउ बढ्न सक्ने सम्भावनाबाट बेइजिङ चिन्तित देखिएको एक विश्लेषक मिचल मेइडनले बताए । चीनको राज्यनियन्त्रित तेल कम्पनी जभु mाइ झन्े राङे कपार्रे शे नमाथि समते अमेरिकाले प्रतिबन्ध लागाएपछि शुक्रवार चिनियाँ विदेश मन्त्रालयले अमेरिकी कदमको प्रतिवाद गरेको थियो । चीनको उक्त राज्यनियन्त्रित कपार्रे शे न इरानका  पेट्रोलियम आपूर्तिकर्ता ह अमेरिकाले घरेलु कानूनलाई आधार बनाएर चिनियाँ कम्पनीमाथि प्रतिबन्ध थोपर्नु इरानको आणविक मुद्दामा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदको निर्णयको पनि उल्लङ्घन भएको चीनको प्रतिक्रिया छ । त्यसैले चीनले उक्त अमेरिकी कदमप्रति कडा असहमति जनाउँदै त्यसको प्रतिरोध गर्ने बताएको छ ।