मोबिलिटी किन्न गूगललाई स्वीकृति
फागुन २, ब्रसेल्स (बेल्जियम) । यूरोपेली र अमेरिकी नियामकहरूले गूगल इङ्कलाई मोटोरोला मोबिलिटी कित्र स्वीकृति दिएका छन् । अमेरिकी स्मार्टफोन निर्माता मोटोरोला गूगलले कित्रेबारेमा भएको विवादमा यसबाट सूचनाप्रविधि क्षेत्रमा एकाधिकार नहुने भन्दै उनीहरूले गूगलको पक्षमा निर्णय सुनाएका हुन् । अमेरिकी नियामकहरूले कित्र मिल्ने फैसला सुनाएलगत्तै यूरोपेलीहरूले पनि त्यसलाई पछ्याउँदै यस्तो निर्णय दिएका हुन् ।

यसबाट गूगललाई साढे १२ अर्ब अमेरिकी डलरबराबरको मोटोरोला मोबिलिटी कित्रे बाटो खुल्नेछ । स्मार्टफोन उत्पादन तथा मोबाइल अपरेटिङ सिष्टम बजारको प्रतिस्पर्धामा यसले कुनै असर नगर्ने जिकीर नियामकहरूको छ । तर, भविष्यमा उत्पादनहरूको प्याटेण्ट उल्लङ्घन भए÷नभएकोबारे भने अध्ययन गरिने अमेरिकी तथा यूरोपेली नियामकहरूको भनाइ छ । गूगललाई मोटोरोला मोबिलिटी कित्र अमेरिका र यूरोपले स्वीकृति दिए पनि चीन, ताइवान र इजरायलले समेत त्यस्तो अनुमति दिनुपर्ने बताइएको छ । यो फैसला पछि गूगलले १३ वर्षको इतिहासमै सबैभन्दा ठूलो मोबिलिटी कित्रेछ । यो किन्दा मोटरोलाका १७ हजारभन्दा बढी पेटेण्ट पनि पर्छन् ।
यूरोप र अमेरिकामा मोटोरोला मोबिलिटी कित्रे स्वीकृति दिइएपछि गूगल इङ्कले आफ्नो पेटेण्ट पोर्टफोलियोलाई अझै बलियो बनाउने बताएको छ । ‘यो एक महत्वपूर्ण कोसेढुङ्गा हो,’ गूगलका उपाध्यक्ष डन ह्यारिशनले भने । सबै कानूनी प्रक्रिया पूरा भएपछि अगष्टसम्म कित्रे काम भइसक्ने उनको भनाइ थियो । ‘यसबाट एण्ड्रोइड अपरेटिङ सिष्टम झनै व्यापक बत्रेछ र प्रयोगकर्ताले थप सुविधा पाउनेछन्,’ ह्यारिशनले दाबी गरे । यूरोपियन कमिशनले जनवरी १० मै यसबारे फैसला दिने मिति निर्धारण गरे पनि थप अध्ययनका लागि अनुरोध आएपछि लम्ब्याएको थियो । गूगलले मोटोरोला मोबिलिटी किनेपछिको अवस्थामा गूगलकै एण्ड्रोइड अपरेटिङ सिष्टम प्रयोग गरिरहेका प्रतिस्पर्धी सामसुङ र एचटीसीलाई पर्नसक्ने असरबारे कमिशनले मूल्याङ्कन गरेको थियो । एजेन्सी