एशियामा लगानीकर्ताहरूको आकर्षण
फागुन ३, बेइजिङ (चीन) । विश्व बैङ्कले सन् २०१२ मा विश्वव्यापी आर्थिक वृद्धिदर २००८–०९ को वित्तीय सङ्कटपछिकै सुस्त हुने पूर्वानुमान गरेको छ । बैङ्कको पूर्वानुमान सही ठहरिएमा त्यसबाट एशियामा समेत असर पर्नेछ ।

अन्तरराष्ट्रिय मुद्राकोषले पनि यूरोपेली ऋणसङ्कट थप खराब भएमा यो वर्ष चीनको आर्थिक वृद्धिदर पनि आधाले घट्ने चेतवानी दिएको छ । त्यसैगरी, रोयटर्सले गरेको सर्वेक्षणमा सहभागी विश्वका ६ सय अर्थशास्त्रीले पनि विश्वव्यापी आर्थिक वृद्धि सुस्तिँदै गएको बताएका छन् । त्यससँगै एशियाली आर्थिक वृद्धिदर पनि सुस्तिने उनीहरूको मूल्याङ्कन छ । तैपनि, लगानीकर्ताहरूले एशियाली शेयरहरू कित्रमा निकै उत्साह देखाएका छन् । तत्कालका लागि एशियाको धेरैजसो क्षेत्र लगानीका लागि आकर्षक गन्तव्य रहेको क्रेडिट सुइसे सम्बद्ध अर्थशास्त्री रोबर्ट प्रायर वाण्डेस्फोर्डको भनाइ छ । विश्व व्यापार चक्रमा आएको परिवर्तनले एशियाली निर्यात र औद्योगिक तथ्याङ्कमा छिट्टै वृद्धि देखापर्ने उनले बताए ।
तर, एशियाली अर्थतन्त्र त्यस्तो चक्रको शुरूतिर छ कि अन्त्यतिर भत्रेमा धेरै कुरा भर पर्ने हङकङस्थित विश्लेषक सिन डर्बीले बताए । शेयरहरूले चक्रको अन्त्यतिर नभई चक्रको शुरूतिर राम्रो प्रदर्शन गर्ने गरेको ऐतिहासिक प्रवृत्ति रहेको डर्बीको भनाइ छ । उदीयमान देशहरूमा यस वर्ष महँगी घट्ने भएकाले आर्थिक गतिविधि सुस्तिएको खण्डमा तिनका केन्द्रीय बैङ्क आप्mना मौद्रिक नीति खुकुलो बनाउन सक्ने अवस्थामा रहने बैङ्क अफ अमेरिकाका विश्लेषकहरूको मूल्याङ्कन छ । एजेन्सी