शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 19, 2012
  

जेरी याङले छाडे ‘याहू’

माघ ४, सानफ्रान्सिस्को (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय इण्टरनेट सर्च इञ्जिन तथा वेब सेवाप्रदायक याहू इङ्कका सहसंस्थापक जेरी याङले कम्पनी छाडेका छन् । केही समययता कम्पनीमा उनको भूमिकाबारे भइरहेको विवादले तीव्ररूप लिएपछि याङले सञ्चालक समिति सदस्यबाट मङ्गलवार राजीनामा दिएका हुन् । याहू सञ्चालक समितिले स्कट थम्पसनलाई नयाँ कार्यकारी प्रमुखमा नियुक्त गरेको दुई हप्तापछि याङको राजीनामा आएको हो । विश्व सूचनाप्रविधिमा लामो समयसम्म ‘याहू प्रमुख’ (चीफ याहू का रूपमा चिनिएका याङले सञ्चालक समितिलाई बुझाएको राजीनामापत्रमा ‘कम्पनी बाहिरका अन्य क्षेत्रमा सक्रिय हुन’ राजीनामा दिएको उल्लेख छ । पत्रमा नवनियुक्त कार्यकारी प्रमुख थम्पसनले कम्पनीलाई नयाँ उचाइमा पुयाउने आशा आफूले लिएको पनि याङले उल्लेख गरेका छन् । ४३ वर्षका याङले याहू जापान र चिनियाँ सूचनाप्रविधि लगानीकर्ता समूह अलिबाबा होल्डिङ्सको सञ्चालक समितिबाट पनि राजीनामा गर्न लागेको बुझिएको छ । सन् ९० तथा पछिल्लो दशकको मध्यसम्म विश्वको सबैभन्दा ठूलो र सफल इण्टरनेट कम्पनी रहेको याहू इङ्कको आम्दानी केही समययता उल्लेख्य रूपले घटेको छ । जेरी याङ्ले सन् १९९५ मा साथी डेभिड फिलोसँगको सहकार्यमा याहू सर्च इञ्जिन स्थापना गर थिए । याङका  राजीनामाका  खबर आएपछि याह  इङक् को शेयर मूल्य ३ प्रतिशतले बढेको थियो । एजेन्सी