कच्चा तेलको मूल्य १ सय २ डलरभन्दा तल
फागुन ४, सिङ्गापुर । बिहीवार कच्चा तेलको प्रतिब्यारेल मूल्य १ सय २ अमेरिकी डलरबाट तल ओर्लिएको छ । न्यूयोर्क मर्कण्टायल एक्सचेञ्जको इलेक्ट्रोनिक कारोबारमा बिहीवार सिङ्गापुरको मध्या≈नको समयअनुसार बेञ्चमार्क क्रुड अघिल्लो दिनभन्दा १६ सेण्टले कम भई प्रतिब्यारेल १ सय १ डलर ६४ सेण्टमा विक्री भएको थियो । बुधवार सो मूल्य १ डलर ६ सेण्टले बढेर १ सय १ डलर ८० सेण्ट रहेको थियो । बिहीवार नै लण्डनस्थित मर्कण्टायल एक्सचेञ्जमा बे्रण्ट क्रुडको प्रतिब्यारेल मूल्य १ सय १९ डलर ५ सेण्ट पुगेको छ । बुधवार बे्रण्ट १ सय १८ डलर ९३ सेण्ट पुगेको थियो ।
इरानले ६ ओटा यूरोपेली देशमा तेलको आपूर्ति रोकेको समाचार आएपछि बुधवार कच्चा तेलको मूल्य बढेको थियो । तर, बिहीवार इरानी विदेश मन्त्रालयले भने यूरोपेली देशहरूमा अहिले नै तेल आपूर्ति रोकिहाल्नेबारे कुनै निर्णय नभएको बताएपछि कारोबारीहरू अन्योलग्रस्त मानसिकतामा देखिए । बजार विश्लेषकहरूले कारोबारीहरूको यही द्विविधाग्रस्त मानसिकताका कारण बिहीवार कच्चा तेलको अन्तरराष्ट्रिय बजार मूल्य घटेको बताएका छन् । ‘इरानबाट विरोधाभासपूर्ण खबरहरू आइरहेका छन् । ढिलो÷चाँडो यूरोपमा त्यहाँबाट हुने आपूर्ति रोकिने सम्भावना देखिएकाले यसबाट त्यति धेरै असर भने पर्ने अवस्था छैन,’ बिहीवार बार्कलेज क्यापिटले एक रिपोर्टमा यसबारे भनेको छ । कच्चा तेलसँगै बिहीवार हिटिङ आयल, ग्यासोलिनका मूल्य पनि घटेका छन् । प्राकृतिक ग्यास भने अघिल्लो दिनको तुलनामा शून्य दशमलव ७ सेण्टले वृद्धि भएको थियो । एपी\रासस