शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 19, 2012
  

चीनमा घरको मूल्य ओर्लियो

फागुन ६, बेइजिङ (चीन) । चीनमा घरको मूल्य जनवरीमा डिसेम्बरको भन्दा ओर्लेको छ । यस प्रकार लगातार चौथो महीनासम्म पनि घरको मूल्य घटिरहेकाले घरजग्गा क्षेत्रको सुस्ती गहिरिँदै गएको देखिन्छ । जनवरीमा घरको मूल्यमा देशभरिको औसत् १ वर्षअघिको भन्दा शून्य दशमलव २ प्रतिशतले कमी आएको छ । राष्ट्रिय तथ्याङ्क विभागले अनुगमन गरेको ७० शहरमध्ये ४७ ओटामा घरको मूल्य झरेको छ । सन् २०११ को जनवरीमा भने ७० मध्ये ३ शहरमा मात्र नयाँ घरको मूल्य ओर्लेको थियो ।

घरको मूल्य घटेकाले जग्गा खरीद र नयाँ घर निर्माणमा समेत कमी आएको छ । फलस्वरूप, स्थानीय सरकारको आम्दानीसमेत घटेको छ । चीनको घरजग्गा क्षेत्रको सुस्तीले उसको अर्थतन्त्रमा झनै सुस्ती आउन सक्ने लगानीकर्ताहरूको चिन्ता छ । चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो । तर, हालसम्म चीन सरकारले भने त्यसतर्फ खासै चिन्ता लिएको देखिँदैन । केन्द्रीय बैङ्कले भने हालै पहिलोपटक घर खरीद गर्नेहरूलाई बैङ्कहरूले सुविधा प्रदान गर्नैपर्ने बताएको थियो । चीनमा घरको मूल्य २०१२ मा १० देखि २० प्रतिशतसम्मले ओर्लिनसक्ने एक सर्वेक्षणले देखाएको छ । एजेन्सी