शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 19, 2012
  

प्रिञ्जल्स किन्दै केल्लोग

फागुन ६, सिनसीनाटी (अमेरिका) । अमेरिकी स्न्याक्स उत्पादक केल्लोगले आलु तथा गहुँका स्न्याक्स निर्माण गर्दै आएको प्रिञ्जल्स कित्रे भएको छ । केल्लोग कम्पनी र प्रञ्जिल्सको स्वामित्व लिइरहेको प्रोक्टर एण्ड ग्याम्बलबीच भएको एक सहमति पछि उक्त खरीद पक्का भएको हो । यो खरीद २ अर्ब ७० करोड अमेरिकी डलरको हुने बताइएको छ । प्रोक्टर एण्ड गेम्बलले प्रिञ्जल्सलाई डायमण्ड फुड्स नामक अर्को अमेरिकी खाद्य उत्पादकलाई विक्री गर्ने प्रक्रिया शुरू गरे पनि डायमण्डसँग खरीदका लागि पर्याप्त रकम नभएका कारण प्रक्रिया बीचमै रोकिएको थियो । त्यसपछि केल्लोगसँग विक्रीका लागि वार्ता प्रक्रिया शुरू भएको थियो । ब्रेकफाष्टका खानेकुरा उत्पादकका रूपमा चिनिएको केल्लोगले यो सहमतिपछि कम्पनी विश्वकै दोस्रो ठूलो स्न्याक्स निर्माता बत्रे बताएको छ । ‘टेनेसी र बेल्जियममा विश्वस्तरीय उत्पादनशालाहरू रहेको प्रिञ्जल्सको खरीदपछि हाम्रो क्षमता अझै बढ्नेछ,’ केल्लोग कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रिञ्जल्स विश्वका १ सय ४० देशमा विक्री हुने लोकप्रिय स्न्याक्स हो । यसको कुल वार्षिक आम्दानी डेढ अर्ब अमेरिकी डलर भएको बताइन्छ । वालस्ट्रीट आर्थिक विश्लेषण संस्था ‘एडवार्ड जोन्स’का अर्थविद् ज्याक रूसोले यो खरीदपछि अन्तरराष्ट्रिय स्न्याक्स बजारमा विविधीकरण आउने बताए । ‘यो सम्झौता गरेर दुवै कम्पनी ‘वीन– वीन’ अवस्थामा पुगेका छन् । यसले प्रोक्टर एण्ड ग्याम्बललाई आफ्नो आवश्यकताको क्षेत्रमा केन्द्रित हुन सहयोग गर्नेछ भने केल्लोगको आम्दानी पनि बढ्ने निश्चित छ,’ रूसोको भनाइ थियो । प्रिञ्जल्स खरीद गर्ने खबर सार्वजनिक भएपछि बुधवार केल्लोग र प्रोक्टर एण्ड गेम्बलका शेयर क्रमशः ५ दशमलव १ र शून्य दशमलव १ प्रतिशतले बढेका थिए । एजेन्सी