शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 20, 2012
  

यूरोजोनबारे जापान र चीनबीच समन्वय

 

फागुन ७, टोकियो (जापान) । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)बाट आउने अनुरोधलाई आफूहरूले संयुक्त रूपले सम्बोधन गर्ने जापान र चीनले बताएका छन् । आईएमएफले यूरो जोनका ऋणसङ्कटसँग जुझिरहेका देशहरूलाई मद्दत गर्ने उद्देश्यले स्थापना गरिएको कोषलाई दोब्बर पार्ने उद्देश्य राखेको छ । त्यस विषयमा जापानी अर्थमन्त्री जुन आजुमीको चिनियाँ उपप्रधानमन्त्री वाङ किशान तथा अर्थमन्त्री झी झुरेनसँग वार्ता भएको छ । वार्तापछि दुवै देश आईएमएफलाई सघाउन तयार रहेको तर त्यसका लागि यूरोजोनका सदस्य राष्ट्रले थप प्रयास गर्नुपर्ने आजुमीले बताए ।

ग्रीसलगायतका यूरोपेली देशहरू सङ्कट समाधानतर्फ अघि बढिरहेको भए तापनि यूरोपेली देश हरूले थप प्रयास गर्नुपर्नेमा आजुमीले जोड दिएका छन् । आईएमएफबाट अमेरिका, जापान र चीनलगायतका देशलाई रकम उपलब्ध गराउने विषयमा अनुरोध आएको खण्डमा चीन–जापानले संयुक्त समन्वय गर्ने आजुमीले बताए । आईएमएफले यूरोजोनको ऋणसङ्कटमा सघाउन ६ खर्ब डलर उठाउने उद्देश्यले नयाँ स्रोतको खोजी गरिरहेको छ । तर, यूरो ब्लक बाहिरका देशले भने सबै पहिलेको सहयोग सकिएपछि मात्रै थप सहयोग जुटाउनेतर्फ अघि बढन चाहन्छन् । आफूहरू बीच आईएमएफलाई कति रकम उपलब्ध गराउने भत्रे विषयमा ठ्याक्कै सहमति नभए तापनि जापान भने ठूलै रकम उपलब्ध गराउन तयार रहेको आजुमीले बताए । तर, आफूहरूबीच आईएमएफको कार्यसञ्चालनबारे प्रतिस्पर्धा गर्ने नभई समन्वय गर्ने विषयमा सहमति भएको पनि आजुमीले स्पष्ट पारेका छन् । एजेन्सी