आइसल्याण्डमा अब लगानी सुरक्षित : फिच

फागुन ७, रेक्याभिक (आइसल्याण्ड) । क्रेडिट रेटिङ एजेन्सी ‘फिच’ले आइसल्याण्ड अब लगानीका लागि सुरक्षित बनेको बताएको छ । सन् २००८ मा विश्वव्यापी वित्तीय सङ्कट शुरू भएपछि टाट पल्टिएको आइसल्याण्डको क्रेडिट रेटिङको स्तरोत्रति गर्दै फिचले यस्तो जानकारी दिएको हो । एजेन्सीका अनुसार अर्थतन्त्रमा व्यापक सुधार आएपछि अन्तरराष्ट्रिय लगानीकर्ताका लागि त्यहाँको ऋणपत्र कित्र सुरक्षित भएको छ । फिचले आइसल्याण्डको यसअघि कायम ‘डबल बी प्लस’ क्रेडिट रेटिङलाई ‘ट्रिपल बी माइनस’मा स्तरोत्रति गरेको छ ।
अन्तरराष्ट्रिय क्रेडिट रेटिङ अभ्यासमा सो स्तरमा उक्लिएको देशका सरकारले जारी गर्ने ऋणपत्रहरू इन्भेष्टमेण्ट ग्रेड (लगानीका लागि सुरक्षित) भएको मानिन्छन् । ‘यसले आइसल्याण्डको बृहत् आर्थिक परिस्थितिमा स्थायित्व स्थापना गर्नमा तथा संरचनात्मक सुधारमा एवम् राष्ट्रको ऋण ग्रा≈यता पुनः स्थापित गर्नमा भएको प्रगतिलाई प्रतिबिम्बित गर्दछ,’ फिचले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सन् २००८ मा अत्यधिक रूपले लिइएका सार्वजनिक तथा निजी ऋणका कारण आइसल्याण्ड टाट पल्टिएको थियो । त्यसको असर व्यापक रहेको देखिएपछि अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले वित्तीय उद्धार गर्नुपरेको थियो ।
त्यसयताका वर्षमा उसका ऋणमा लगानी गरेका छिमेकी यूरोजोन राष्ट्रहरूले खराब ऋणबाट सङ्क्रमित भएर यस्तै अवस्थाको सामना गरिरहेका छन् । वित्तीय सङ्कट समाधान गर्न सन् २००९ मा गठित सरकारले खर्च कटौतीलगायत आर्थिक सुधारका थुपै्र कार्यक्रम घोषणा गरेको थियो । यसमध्ये कतिपय आज पनि लागू छन् । विश्लेषकहरूले भने सानो आकारको अर्थतन्त्र र छुट्टै मौद्रिक प्रणालीका कारण आइसल्याण्डको अर्थतन्त्रमा सुधार आए पनि बृहत् आकारको यूरोजोनको अवस्था भने समाधान गर्न कठिन भएको बताएका छन् । ‘ठूलोभन्दा सानो डुङ्गा चलाउन सजिलो हुन्छ,’ आफ्नो देश र यूरोजोनको तुलना गर्दै आइसल्याण्डका अर्थमन्त्री स्टेइनग्रिमुर सिग्फुसनले भने । एजेन्सी