शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 20, 2012
  

'सन् २०१२ इटालीका लागि मन्दीको वर्ष’

 

फागुन ७, प्रामा (इटाली) । यूरोपको चौथो ठूलो अर्थतन्त्र इटालीका लागि सन् २०१२ ‘मन्दीको वर्ष’ हुने त्यहाँको केन्द्रीय बैङ्कका प्रमुखले बताएका छन् । बैङ्क अफ इटालीका नवनियुक्त गभर्नर इग्नाजियो भिस्कोले देशको उत्तरी शहर प्रामामा शनिवार आयोजित फाइनान्सियल फोरममा मन्तव्य दिने क्रममा यस्तो बताएका हुन् । भिस्कोले सन् २०१३ मा भने आर्थिक सुधार तथा पुनरुत्थानका लागि सरकारले उठाएका कदममा सकारात्मक असर देखिने र वृद्धिदर हासिल हुने दाबी गरेका थिए । गभर्नर भिस्कोले ऋणसङ्कट हुँदाहुँदै पनि इटालीका बैङ्कहरूसँग पर्याप्त तरलता रहेको उल्लेख गरे । तर, यो वर्षको वित्तीय अवस्था मूल्याङ्कन गर्दा इटालीका बैङ्कहरूलाई नाफा कमाउन भने निकै कठिन रहेको उनको भनाइ थियो ।

‘सन् २०१२ मा नकारात्मक आर्थिक परिदृश्यका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ दशमलव ५ प्रतिशतभन्दा माथि जाने देखिँदैन,’ भिस्कोले बताए । उनको यो भनाइ इटाली सरकारको तथ्याङ्क कार्यालयले गत हप्ता सन् २०११ को चौथो त्रैमासमा देशको अर्थतन्त्र मन्दीमा गएको सार्वजनिक गरेपछि आएको छ । तर, गभर्नर भिस्कोले यूरोजोनको वित्तीय बजार सामान्य अवस्थातिर फर्कंदा भने यो वर्षको दोसा्रे अर्धवार्षिक अवधिपछि नै त्यहाँको अर्थतन्त्रमा केही स्थिरता आउने र जीडीपी वृद्धि हुने सम्भावना रहेकोतर्फ पनि जोड दिए । ‘लगानीकर्तामा इटाली सरकारले जारी गरेका ऋणपत्र कित्रेबारेको द्विविधा घटेको छ, तर यतिले मात्र पुग्दैन,’ ‘वित्तीय बजारको ध्यान अब सरकारले सार्वजनिक खर्च कसरी व्यवस्थित गर्छ भत्रेमा गएको छ,’ इटाली सरकारले जारी गरेका ऋणपत्रको उच्च विक्रीतर्फ सङ्केत गर्दै भिस्कोले भने । ऋणग्रस्त इटालीमा अहिले सार्वजनिक ऋण जीडीपीको १ सय १८ प्रतिशत रहेको छ । एजेन्सी