शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 21, 2012
  

भारतमा कृषि उत्पादनमा कीर्तिमान

फागुन ८, नयाँ दिल्ली (भारत) । भारतको कृषि उत्पादनले नयाँ उचाइ कायम गरेको प्रधानमन्त्री मनमोहन सिंहले दाबी गरेका छन् । भारतीय कृषि अनुसन्धान संस्था इण्डियन एग्रिकल्चरल रिसर्च इन्ष्टिच्यटु (आईएआरआई) को स्वणर्ज यन्ती समारोह लाई सम्बोधन गर्दै सिंहले त्यस्तो दाबी गरेका हुन् । मार्च ३१ मा सकिने ११औं पञ्चवर्षीय योजनामा भारतको खाद्य उत्पादनले २ सय ५० टन नाघेर हालसम्मकै उच्च कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी, दलहनको उत्पादन पनि यसअघिको कीर्तिमान १५ लाख टनभन्दा धेरै माथि १८ लाख टन पुगिसकेको सिंहले बताए । गतवर्ष मात्रै तरकारीको उत्पादन ९ दशमलव ५७ प्रतिशतले बढेको र झण्डै २० लाख टनबराबरको कोल्ड स्टोरेज क्षमता स्थापना गरिएको पनि सिंहले औंल्याएका छन् । भारतको समानतापूर्ण र समावेशी वृद्धिका लागि दिगो कृषि अर्थतन्त्रको महइभ्वपूर्ण भूमिका रहने सिंहले बताए । साथै, सरकारले कृषि अर्थतन्त्रको बृहत् सुधार र पुनर्ताजगीका लागि बहुदिशात्मक रणनीति लिएको उनले स्पष्ट पारे । सरकारको त्यस्तो रणनीतिले कृषिक्षेत्रको प्रतिफलमा सुधार हुने तथा ग्रामीण पूर्वाधारमा लगानी बढ्ने सिंहको अपेक्षा छ । साथै, त्यस्ता सबै प्रयासमा कृषि अनुसन्धानले महइभ्वपूर्ण भूमिका खेल्नुपर्ने सिंहको जोड छ । एजेन्सी