शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 21, 2012
  

तेलको मूल्य ९ महीनाकै उच्च

फागुन ८, सिङ्गापुर । फ्रान्स र बेलायतमा इरानले तेल आपूर्ति रोकेपछि कच्चा तेलको अन्तरराष्ट्रिय बजारमूल्य ९ महीनायताकै उच्च बिन्दुमा पुगेको छ । सिङ्गापुरको समयअनुसार सोमवार मध्यदिनसम्म न्यूयोर्क मर्कण्टायल एक्सचेञ्जको इलेक्ट्रोनिक ट्रेडिङमा कच्चा तेलको मूल्य आइतवारभन्दा प्रतिब्यारेल १ डलर ७५ सेण्टले बढेर १ सय ४ डलर ९९ सेण्टमा कारोबार भएको थियो । बिहानीको कारोबार शुरू हुनासाथ व्यापारीहरूमा देखिएको दुविधाले कच्चा तेल प्रतिब्यारेल १ सय ५ डलर २१ सेण्ट पुगेको थियो । कच्चा तेलको मूल्यमा भएको यो वृद्धि सन् २०११ मे पछिकै सबैभन्दा बढी हो । विगत केही महीनासम्म तेलबजारमा त्यति धेरै उतारचढाव नआए पनि दुई हप्तायता भने मूल्य लगातार बढिरहेको छ । फेब्रुअरीको शुरूमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९६ डलर थियो ।

यूरोपतर्फ हुने आपूर्तिमा अन्योल आएको समाचारले न्यूयोर्कमा शुक्रवार कच्चा तेलको मूल्य प्रतिब्यारेल अघिल्लो दिनको तुलनामा ९९ सेण्टले बढेर १ सय ३ डलर २४ सेण्ट पुगेको थियो । त्यसैगरी कच्चा तेलसँगै बे्रण्ट क्रुडको अन्तरराष्ट्रिय बजारमूल्य पनि लगातार उकालो लागिरहेको छ । सोमवार नै लण्डनमा ब्रेण्ट क्रुड आइतवारभन्दा १ डलर ५२ सेण्टले बढेर प्रतिब्यारेल १ सय २१ डलर १० सेण्टमा किनबेच भएको छ । आइतवार मात्रै इरानको तेल मन्त्रालयले फ्रान्सेली र बेलायती कम्पनीहरूलाई तेलको आपूर्ति रोकिएको घोषणा गरेको थियो । यूरोपियन युनियन (ईयू) ले आणविक कार्यक्रम रोक्ने दबाब दिने उद्देश्यले तेल विक्रीमा थप नाकाबन्दी र यूरोपमा रहेका इरानी केन्द्रीय बैङ्कका सम्पत्ति रोक्का गर्ने निर्णय गरेपछि इरानले ती दुई देशमा हुने आपूर्ति रोकेको हो । फेब्रुअरीको शुरूतिर इरानी तेलमन्त्री रोस्ताम क्वासेमीले ‘शत्रुवत्’ व्यवहार गरिरहेका यूरोपेली देशमा आपूर्ति रोक्ने चेतावनी दिएका थिए । इरानको आणविक कार्यक्रमबारे वार्ता गर्न अन्तरराष्ट्रिय अणु ऊर्जा एजेन्सी (आईएईए)को एक टोली तेहरान पुगेको छ । टोलीले इरान सरकारसँग समस्या समाधानका उपाय र विकल्प निकाल्न छलफल गर्ने बुझिएको छ । एजेन्सी