शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 21, 2012
  

थाई अर्थतन्त्रमा ९ प्रतिशतको सङ्कुचन

फागुन ८, बैङ्कक (थाइल्याण्ड) । थाइल्याण्डको अर्थतन्त्र २०११ को अन्तिम त्रैमासमा अघिल्लो वर्षको सोही अवधिमा भन्दा ९ प्रतिशतले सङ्कुचन आएको छ । त्यसैगरी, अन्तिम त्रैमासमा अघिल्लो त्रैमासको भन्दा १० दशमलव ७ प्रतिशतले सङ्कुचन आएको छ । खासगरी, २०११ मा आएको हालसम्मकै ठूलो बाढीपश्चात् उत्पादनमा बाधा पुगेपछि अर्थतन्त्रमा त्यस्तो सङ्कुचन आएको हो । होण्डा, तोशिबा र फुजित्सुलगायत ठूला कम्पनीले उत्पादनमा बाधा पुगेकाले तिनका मुनाफा पूर्वानुमानमा कटौती गरिएको बताएका छन् । देशको दुई तिहाइ भागमा फैलिएको बाढीबाट ७ सयभन्दा बढीको मृत्यु भएको थियो ।

तर, अन्तिम त्रैमासको तथ्याङ्क अपेक्षाभन्दा खराब देखिए तापनि अर्थतन्त्रले भविष्यमा चाँडै गति लिने एक अनुसन्धानकर्ताको दाबी छ । यो वर्ष २०१२ मा सार्वजनिक र निजी दुवै क्षेत्रको लगानी बढ्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री यिङ्लक शिनावात्राले पनि पूर्वाधार निर्माणमा ११ अर्ब डलर खर्च गरिने बताइसकेका छन् । बैङ्क अफ थाइल्याण्डले पनि जनवरीमा उसको ब्याजदरलाई दोस्रोपटक कटौती गरिसकेको छ । वाणिज्य मन्त्रालयले यस वर्षको निर्यातमा १५ प्रतिशतले वृद्धि हुने लक्ष्य राखेको छ । सन् २०११ मा शून्य दशमलव १ प्रतिशतले मात्र विस्तार भएको अर्थतन्त्र यो वर्ष साढे ५ देखि साढे ६ प्रतिशतसम्मले बढ्ने सरकारले पूर्वानुमान गरेको छ । एजेन्सी