शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

लागार्द र कासटेन्स आईएमएफको अन्तिम प्रतिस्पर्धी, फिशर बाहिरिए
 
जेठ ३१, वाशिङटन (अमेरिका) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखमा अन्तत: फ्रान्सकी क्रिष्टिन लागार्द र मेक्सिकोका अगष्टिन कासटेन्स अन्तिम दुई प्रतिस्पर्धीका रूपमा देखापरेका छन् । इजरायलका केन्द्रीय बैङ्क प्रमुख स्टान्ली फिशरको उम्मेदवारी उमेरका कारण रद्द गरिएपछि लागार्द र कासटेन्स नै प्रमुख प्रतिद्वन्द्वी हुने भएका हुन् ।यूरोपेली देशहरूबाट लागार्दप्रति दृढ समर्थन रहेकाले उनी नै मुद्रा कोष प्रमुखको प्रबल दाबेदार देखिएकी छन् । कतिसम्म भने लागार्दका प्रतिद्वन्द्वी कासटेन्सले समेत लागार्दको प्रबल सम्भावनालाई स्वीकार गर्दै शुभकामना दिइसकेका छन् ।

शुक्रवार मनोनयन समाप्त भइसकेपछि आईएमएफले सोमवार प्रकाशित गरेको उम्मेदवारको सूचीमा लागार्द र कासटेन्समात्र थिए । अन्तिम समयमा आफ्नो उम्मेदवारी घोषणा गरेका स्टान्ली फिशर किन उम्मेदवारको अन्तिम सूचीमा समावेश गरिएनन् भन्ने बारे भने आईएमएफले केही पनि खुलाएको छैन ।  तर, कोषको आन्तरिक प्रावधानअनुसार आईएमएफ प्रमुख उम्मेदवारको अधिकतम उमेर ६५ वर्ष तोकिएको छ, जब कि फिशर ६७ वर्षपुगिसकेका छन् । तर, आफूलाई अयोग्य घोषित गरिएकोमा फिशरले दु:ख मनाउ गर्दै उमेरको हदबन्दी सान्दर्भिक नरहेको बताएका छन् ।  
एएफपी/रासस

साबको योङम्यान र पाङ दा सँग सम्झौता

जेठ ३१, स्टकहोम (स्वीडेन) । साब कारको निर्माता स्वीडिश कम्पनी स्पाइकर कासले चीनमा साब कारको उत्पादन र वितरणका लागि दुई चिनियाँ कम्पनीहरूसँग ३५ करोड १० लाख डलरको सम्झौता गरेको छ । ती दुई चिनियाँ कम्पनीहरू झेजियाङ योङम्यान लोटस अटोमोबिल कम्पनी र पाङ दा अटोमोबिल ट्रेड कम्पनी हुन् । गतवर्षजेनेरल मोटस कम्पनीसँग घाटामा रहेको ब्राण्ड खरीद गरेपछि नाफामा लाने प्रयासस्वरूप स्पाइकरले त्यस्तो सम्झौता गरेको हो । तर, नियामक निकायले भने सम्झौताको अनुमोदन गरिसकेको छैन ।       एपी/रासस

एप्पलद्वारा  नोकियालाई रोयल्टी

जेठ ३१, हेल्सिन्की (फिनल्याण्ड) । नोकियाको प्रविधि र उपकरण प्रयोग गरेवापत रोयल्टी दिन एप्पल सहमत भएको छ । त्यसपछि ती दुवै कम्पनीबीच प्याटेण्टसम्बन्धी ४६ ओटा जारी विवाद पनि अन्त्य हुनेछन् । दुवै कम्पनीले एकअर्कालाई प्याटेण्ट चोरी गरेको आरोपमा मुद्दा हाल्दै आएका थिए । तर, एप्पलले रोयल्टी दिन स्वीकार गरेपछि यसलाई नोकियाको ठूलो विजयका रूपमा हेरिएको छ ।        एएफपी/रासस

Admin 2011-06-15