शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ब्रिक्स व्यापारमन्त्रीद्वारा दोहा बैठकबारे चेतावनी

चैत ३०, बेइजिङ (चीन) । अन्तरराष्ट्रिय व्यापार वार्ता सङ्कटग्रस्त अवस्थामा पुगेको ब्रिक्सका व्यापारमन्त्रीहरूले बुधवार चेतावनी दिएका छन् । तर, आफूहरू २००८ को सम्झौताको आधारमा वार्तालाई जारी राख्न तयार रहेको उनीहरूको भनाइ छ । '१० वर्षसम्म गरिएको वार्तापछि २००८ को जुलाईमा अभिलेखित सम्झौता सङ्कटमा परेको छ,’ मन्त्रीहरूद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।  ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स समूहका नेताहरूले चीनको सान्यामा बिहीवार शिखर बैठक गर्दै छन् । त्यसै क्रममा ती देशका वाणिज्य मन्त्रीहरूको बैठकले दोहा बैठकलाई जारी राख्नुपर्नेमा जोड दिएका छन् । २००८ मा झण्डै सम्झौतानजिक पुगेर पनि दोहा बैठक अनिर्णित रूपमा टुङ्गिएको थियो  ।

विकासशील देशहरूले आफ्ना बजारलाई अझै खुला गर्नुपर्ने विकसित देशहरूको मागका कारण दोहा बैठक अनिर्णित भएको थियो । ब्राजिलजस्ता उदीयमान अर्थतन्त्रहरूले आफ्ना बजार खुला गर्न राजनीतिक साहस देखाउनुपर्नेमा गत महीना पनि अमेरिकाले जोड दिएको थियो । तर, ब्राजिलले भने अमेरिकी गैरकृषि उत्पादनलाई आफ्नो बजारमा अझ सहज पहुँच दिन अस्वीकार गर्दै आएको छ । बुधवार भएको ब्रिक्सका व्यापारमन्त्रीहरूको बैठकले प्रारम्भिक सहमतिका आधारमा तयार गरिएको दोहा मस्यौदालाई पूर्णता दिनुपर्नेमा सहमति जनाएका हुन् ।                 रोयटर्स

भारतको सूचनाप्रविधि क्षेत्रको आम्दानीमा सुधार

चैत ३०, बैङ्गलोर (भारत) । भारतका तीन प्रमुख सूचनाप्रविधि कम्पनीको त्रैमासिक मुनाफामा सुदृढ वृद्धि हुने देखिएको छ । त्यसैगरी विश्वव्यापी अर्थतन्त्रमा सुधारका साथै समुद्रपारका ग्राहक बढेकाले २०१२ को मार्चमा सकिने वर्षमा दरिलो आम्दानी हुने देखिन्छ । तर, तलब वृद्धि र मुद्रादरको अस्थिरताले खुद नाफामा दबाब कायमै रहनेछ ।टाटा कन्सल्टेन्सी सर्भिसेज लिमिटेड, इन्फोसिस टेक्नोलोजिज लिमिटेड र व्रि्रो लिमिटेड भारतका तीन सबैभन्दा ठुला सफ्टवेयर निर्यातकर्ता कम्पनी हुन् । खासगरी अमेरिकी बजारमा सुधार आइरहेकाले गतवर्षको भन्दा यसवर्ष राम्रो आम्दानी हुने ग्लोब क्यापिटलका केके मित्तलले बताए ।त्यस क्षेत्रका कम्पनीले यस आर्थिक वर्षमा १० देखि १५ प्रतिशतसम्मले तलब बढाउन सक्ने विश्लेषकहरूको अनुमान छ । त्यसबाट नाफाको मार्जिनमा दबाब कायमै रहने उनीहरूले बताएका छन् । भारतको सूचनाप्रविधि कम्पनीका सबैभन्दा ठूलो बजार अमेरिका हो । उनीहरूको कुल आम्दानीको ५० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकाबाट आउँछ ।                रोयटर्स

तेलको उच्च मूल्यले माग घटने आशङ्का

चैत ३०, सिङ्गापुर (सिङ्गापुर) । इन्धनको बढदो मूल्यले मागमा कमी गराउने व्यापारीहरूको अनुमानबीच एशियामा बुधावारको तेलको मूल्य झण्डै १ सय ६ डलर प्रतिव्यारेल पुगेको छ । मेमा डेलिभरी हुने कच्चा तेलको मूल्य बुधवार दिउँसो २२ सेण्टले बढेर १ सय ६ दशमलव ४७ डलर प्रतिव्यारेल पुगेको छ । मङ्गलवार बजार बन्द हुँदा भने कच्चा तेलको मूल्य ३ प्रतिशतले घटेर १ सय ६ दशमलव २५ डलर प्रतिव्यारेलमा रहेको थियो । उता लण्डनमा भने मेमा डेलिभरी हुने ब्रेण्ट क्रुडको मूल्य ७५ सेण्टले बढेर प्रतिव्यारेल १ सय २१ दशमलव ६७ डलर रहेको छ ।गएको फेब्रअरीदेखि तेलको मूल्यमा ३३ प्रतिशतले वृद्धि भइसकेकोले त्यसले मागमा असर पुर्याउने सम्भावना व्यक्त गरिएको छ । अन्तरराष्ट्रिय उर्जा निकाय र ओपेकले तेलको उच्च मूल्यले खपतमा कमी आएको बताएका छन् । तर, त्यसले यसर्वर्षको माग वृद्धिको पुर्वानुमानलाई अहिल्यै परिवर्तन गर्न हतार हुने बारक्लेज क्यापीटलको प्रतिवेदनले भनेको छ ।                एपी/रासस

Admin 2011-04-14