शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

युआनलाई बलियो बनाउने प्रस्ताव वेनद्वारा पुनः अस्वीकार

फागुन ३०, बेइजिङ (चीन) । चीनका प्रधानमन्त्री वेन जिआबाओले बढ्दो मूल्यवद्धि नियन्त्रणका लागि युआनलाई छिटोछिटो बलियो बनाउन गरिएको आग्रहलाई सोमवार फेरि अस्वीकार गरेका छन् । त्यसले चिनियाँ कम्पनी र रोजगारमा पार्ने प्रभाव पहिले अध्ययन गरिनुपर्ने वेनको धारणा छ ।अमेरिकाको आर्थिक वृद्धिका लागि त्यहाँको केन्द्रीय बैङ्कले चालेको कदमबाट विश्वव्यापी रूपमा मूल्यवृद्धि भएको भन्ने चिनियाँ गुनासोलाई वेनले फेरि दोहोर्याएका छन् । तर, त्यसो भनिरहँदा वेनले फेड नामै भने किटेर भनेका थिएनन् ।

चीनमा फेब्रुअरी महीनाको उपभोक्ता मूल्यमा ४ दशमलव ९ प्रतिशतले मूल्यवृद्धि भएको छ । सोही अवधिमा राजनीतिक रूपले संवेदनशील मानिने खाद्यवस्तुको मूल्यमा ११ प्रतिशतले वृद्धि भएको छ । बैङ्कहरूको ऋण प्रक्रियामा देखिएको तीव्र वृद्धि पनि मूल्यवृद्धिका लागि आंशिक जिम्मेवार मानिएको छ । तर, सरकारले खाद्यवस्तुको आपूर्ति बढाउनुका साथै ऋण दिने कार्यमा समेत कडाइ गर्दा पनि मूल्यवृद्धि नियन्त्रण भइरहेको छैन ।बेइजिङले २००८ को विश्वव्यापी सङ्कटदेखि नै युआनको मूल्यवृद्धिलाई रोकेको छ । लाखौं व्यक्तिलाई रोजगारी दिइरहेका निर्यातकर्तालाई बाहिरी बजारमा प्रतिस्पर्धा गर्न सजिलो होस् भनेर बेइजिङले युआनलाई कमजोर नै राखेको हो । युआनलाई बलियो बनाएमा तेल र अन्य आयातवस्तुको मूल्य चिनियाँ मुद्रामा सस्तिने कतिपय विश्लेषकको धारणा छ । तर, युआनलाई बलियो बनाउँदा चिनियाँ व्यापार र रोजगार अवस्थामा नोक्सान पुग्न सक्ने बताउँदै क्रमिक रूपले मात्र बलियो बनाइनुपर्ने वेनको दाबी छ । एपी/रासस

चीनद्वारा विशेष क्षतिपूर्तिको माग

फागुन ३०, वेलिङटन (न्युजील्याण्ड) । न्युजील्याण्डले गत महीना भूकम्पबाट मृत्यु भएका चिनियाँ विद्यार्थीका अभिभावकलाई विशेष क्षतिपूर्ति दिनुपर्ने एक चिनियाँ अधिकारीको माग छ । चीनमा एक परिवारले एउटामात्र बच्चा जन्माउन पाउने प्रावधान भएकाले ती मृतक विद्यार्थीका अभिभावकलाई ठूलो क्षति पुगेको उनको तर्क छ । फेब्रुअरीमा न्युजील्याण्डको क्राइष्ट चर्च सिटीमा आएको भूकम्पमा १ सय ६६ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ । मृत्यु हुनेमध्ये सात जना चिनियाँ विद्यार्थी थिए भने थप २० जना चिनियाँ विद्यार्थी हराइरहेका छन् ।  पीडित अभिभावकले आफ्नो एकमात्र सन्तानका साथै भविष्यको हेरचाह गर्ने व्यक्तिसमेत गुमाएका चिनियाँ दूतावासका अधिकारी चेङ लीले सोमवार बताएका छन् । त्यसैले ती चिनियाँ अभिभावकलाई थप आर्थिक सहायता दिनुपर्ने चेङको भनाइ छ । त्यसबाट परिवारले सात्वना पाउनुका साथै न्युजील्याण्डले चिनियाँ अन्तरराष्ट्रिय नागरिकलाई महत्त्व दिएको पनि देखिने चेङको विचार छ । एपी/रासस

ओलम्पिकले लण्डनका होटल महँगिए

फागुन ३०, लण्डन (बेलायत) । आगामी वर्षहुन लागेको ओलम्पिक खेलका लागि लण्डनका होटलहरूले आफ्ना कोठाको मूल्य बढाउन थालिसकेका छन् । फाइनान्सल टाइम्सले सोमवार बताएअनुसार एउटा होटेलले त कोठाको दरमा पाँच गुणाले वृद्धि गरिसकेको छ । एउटा चारतारे होटलले सामान्य अवस्थामा २ सय पाउण्ड पर्ने कोठालाई १ हजार १ सय पाउण्ड लिएको छ ।कोठाको दर बढाउनुका साथै धेरै होटलहरूले कोठा बुकिङ गर्दा कडा शर्तहरू पनि राख्ने गरेका छन् । जस्तो कि खेल अवधिभरिमा कोठाको बुकिङ रद्द गर्नुपरेमा शतप्रतिशत जरीवाना लाग्नेछ । 'होटलहरू लोभबाट ग्रस्त भएका देखिन्छन्,’ पर्यटन संस्थासँग सम्बद्ध मारिओ बोडिनीले भनिन् । आगामी ओलम्पिक खेल २०१२ को जुलाई २७ देखि अगस्त १२ सम्म हुने भएको छ । एएफपी/रासस

भारत विश्वकै ठूलो हतियार आयातकर्ता

फागुन ३०, स्टकहोम (नर्वे) । भारत गत ५ वर्षदेखि निरन्तर विश्वमै सबैभन्दा धेरै हतियार आयात गर्ने देश भएको स्विडिश विद्वत परिषद् (सिप्री)ले सोमवार बताएको छ । दोस्रो स्थानमा दुई देश चीन र दक्षिण कोरिया तथा तेस्रो स्थानमा पाकिस्तान रहेका छन् । सबैभन्दा धेरै हतियार आयात गर्ने विश्वका पाँच देशमध्ये चारओटा एशियाली देश रहेका छन् । ग्रीस सबैभन्दा धेरै हतियार आयात गर्ने पाँचौं देश हो । हालैका वर्ष रूमा विश्वका प्रमुख हतियार निर्यातक देशहरूले लिबियालगायतका अरब देशहरूमा हतियार विक्रीका लागि प्रतिस्पर्धा गरेको बारे पनि स्रि्रीको प्रतिवेदनले खुलासा गरेको छ ।  २००६ देखि २०१० सम्म अन्तरराष्ट्रिय हातहतियार ओसारपसारमा भारततर्फो हिस्सा ९ प्रतिशत रहेको थियो । त्यसैगरी भारततर्फ आयात भएका हतियारमध्ये ८२ प्रतिशत रूसबाट आपूर्ति भएका छन् । अघिल्लो पाँचवर्ष को अवधिभन्दा भारतको हतियार निर्यात २१ प्रतिशतले बढेको छ । त्यसमध्येको ७१ प्रतिशत लडाकू विमान खरीदका लागि छन् ।भारतको हतियार खरीद कार्यक्रमलाई थुप्रै तत्त्वहरूले प्रभावित गरेको सिप्रीको हतियार ओसारपसार कार्यक्रमका सिएमोन बेजेम्यानले बताए । त्यसमध्ये पाकिस्तान र चीनसँगको प्रतिस्पर्धाका साथै आन्तरिक सुरक्षा चुनौतीले पनि भारतको हतियार खरीद बढेको उनले प्रतिवेदनमा लेखेका छन् । एएफपी/रासस 

Admin 2011-03-15