शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनको कोमाकले १०० विमानको अर्डर पायो

कात्तिक २९, झुहाई (चीन) । विश्वव्यापी स्तरमा बढ्दो विमानसेवा बजारमा अमेरिकाको बोइङ कम्पनी र यूरोपियन एरोनटिक डिफेन्स एण्ड स्पेस कम्पनीको सहायक कम्पनी एयरबसलाई चुनौती प्रस्तुत गर्दै चीनले आफ्नो देशमा उत्पादित व्यावसायिक यात्रुवाहक जेट विमान खरीदको पहिलो अर्डर प्राप्त गरेको घोषणा गरेको छ । कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना लि (कोमाक) ले बताएअनुसार उसले कम्पनीबाट एक सयवटा सी ९१९ प्लेनको अर्डर पाएको छ । यी विमानको अर्डर दिने हवाईसेवा कम्पनीमा एउटा चीनकै सीडीबी लिजिङ हो भने अर्को जेनरल इलेक्टि्रक कम्पनीको विमान भाडामा दिने सहायक कम्पनी जेकास हो ।

अन्य खरीदकर्तामा चीनका तीनवटा प्रमुख हवाईसेवा कम्पनीहरु- एयर चाइना लिमिटेड, चाइना इष्र्टन एयरलाइन्स कर्पोरेशन लिमिटेड र चाइना साउदर्न एयरलाइन कम्पनी लिमिटेड हुन् । साथै हाइनान एयरलाइन्स कम्पनीको मातृसंस्था एचएनए गु्रपले पनि विमान अर्डर गरेको छ ।१६८ सीट क्षमताको हुने किसिमले डिजाइन गरिएको चीनको पहिलो स्वदेश निर्मित व्यावसायिक हवाई जहाज सी ९१९ ले साँघुरो आकारमा संसारको सबैभन्दा लोकप्रिय बोइङ ७३७ र एयरबसको ए ३२० सँग प्रतिस्पर्धा गर्ने बताइएको छ । सरकारी स्वामित्व रहेको कोमाकले बोइङ र एयरबसमाथि रहेको चीनको निर्भरता घटाउन १५० यात्रुभन्दा बढी सीट क्षमता भएका ठूला यात्रुवाहक विमानको डिजाइन बनोट र निर्माण गरिरहेको छ । रोयर्टस
 

गुगलले मोबाइल वालेट ल्याउँदै

सन फ्रान्सिस्को । गुगलले मोबाइल वालेट ल्याउने भएको छ । यसबाट उपभोक्ताले फोनको स्क्रीनमा छोएर बिल भुक्तानी गर्न सक्नेछन् । कम्पनीले यसअघि नेक्सस वन स्मार्टफोन बजारमा ल्याएको थियो । नयाँ आउन लागेको गिङ्गरब्रेड सफ्टवेयरमार्फत वित्तीय कारोबार गर्न सकिने गुगलका कार्यकारी प्रमुख इरिक स्मिटले वेभ २ शिखर सम्मेलनमा सोमवार बताए ।  'यस फोनको माध्यमबाट व्यापारसम्बन्धी कामहरु गर्न सकिन्छ' उनले भने 'यसले क्रेडिटकार्डको पनि काम गर्छ ।' नयाँ आउने फोनमा आफ्ना व्यक्तिगत तथ्याङ्कहरु राख्न सकिने र स्क्रिनमा छोएको भरमा तथ्याङ्कहरु आफूले चाहेको ठाउँमा पठाउन सकिने सुविधा पनि रहेको छ । स्मिटले नयाँ आउन लागेको प्रडक्टले  दिने सुविधाका बारेमा जानकारी गराए पनि सो कुन फोन कम्पनीले बनाएको हो भन्ने बारेमा केही पनि बताएनन् । तीव्र गतिले वृद्धि भइरहेको स्मार्टफोनलाई सन् २०१० को जनवरीमा बजारमा गुगलले प्रवेश गराएको थियो । नेक्सस चर्चित ताइवानी इलेक्ट्रोनिक्स कम्पनी टीएचसीबाट बनाइएको थियो । यसअघि नेक्सस स्मार्टफोन अनलाइनबाट मात्र विक्री गर्दै आएको गुगलले अब भने बजारमा स्टोर्सबाट पनि विक्री शुरु गरेको छ । रासस/एफपी


फोर्ब्स कार्यकारी प्रमुखबाट राजीनामा

कात्तिक २९, लस एञ्जिलस (अमेरिका) । फोर्ब्स मिडियाको पे्रसिडेण्ट र प्रमुख कार्यकारी अधिकृतमा सञ्चारजगत्का पुराना हस्ती माइक पर्ेर्लिस नियुक्त भएका छन् । पेर्लिसले स्टिभ फोर्ब्स र उनका भाइ टिमबाट कार्यकारी दायित्व सम्हालेका हुन् । सन् १९९६ र २००० मा अमेरिकी राष्ट्रपति पदको लागि रिपब्लिकन पार्टीको मनोनयन प्राप्त गर्न असफल प्रयास गरेका स्टिभ फोर्ब्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत थिए भने टिम फोर्ब्स चाहिँ प्रमुख सञ्चालन अधिकृत थिए । सार्वजनिक रूपमा शेयर निष्कासन नगरिएको फोर्ब्स मिडियामा स्टिभ फोर्ब्स अध्यक्ष तथा प्रमुख सम्पादक भने रहिरहने छन् । फोर्ब्स पत्रिका सन् १९१७ मा बीसी फोर्ब्सले स्थापना गरेका थिए । यसको नेतृत्व उनैका वंशजहरुले नै गर्दै आएका छन् । पाक्षिक रूपमा प्रकाशित हुने फोर्ब्स पत्रिकाको नौ लाखभन्दा बढी प्रति विक्री हुन्छन् । र, यसको वेबसाइट प्रत्येक महीना १ करोड ८० लाख पटक हेरिन्छ । पर्ेर्लिसले छापा र विद्युतीय दुवैथरिको मिडियामा रहेको आफ्नो पृष्ठभूमिले फोर्ब्समा सफलता पाउन सहयोग पुग्ने बताए । टिम फोर्ब्स कम्पनीको बोर्ड सदस्यका साथै फोर्ब्स डिजिटलको अध्यक्ष रहिरहने छन्, तर पेर्लिसका अनुसार टिम अब प्रमुख सञ्चालन अधिकृत रहने छैनन् र उक्त पदमा अब कोही पनि रहने छैन । पत्रिका र वेबसाइटलगायत फोर्ब्स मिडियाले फोर्ब्सलाइफ र फोर्ब्सवुमन पत्रिका पनि प्रकाशन गर्छ । तथा रीयलक्लीयरपोलिटिक्स डट कम र रीयलक्लीयरस्पोर्ट्स डट कम भन्ने वेबसाइटहरु पनि सञ्चालन गर्दछ । रोयटर्स