शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सीबीआईद्वारा भोडाफोन र भारती एयरटेलमा छापा


मङ्सिर ३, मुम्बई (भारत) । भारतको केन्द्रीय अनुसन्धान आयोग सेण्ट्रल ब्युरो अफ इन्भेष्टिगेशन(सीबीआई)ले शनिवार भोडाफोनको भारतीय एकाइ भारती एयरटेलको कार्यालयमा छापा मारेको छ । भारत सरकारद्वारा २००१–०२ मा सेवाप्रदायकहरूलाई स्पेक्ट्रम वितरणबारे विस्तृत जानकारी खोज्ने सम्बन्धमा छापा मारिएको हो । हाल प्रतिपक्षमा रहेको भारतीय जनता पार्टीको सरकार रहेका बेला स्पेक्ट्रम वितरणमा गरिएको अनियमतिताबारे छानबिन गर्ने क्रममा छापा मारिएको सीबीआईकी प्रवक्ता धारिणी मिश्रले बताइन् । आफूहरूको कागजात सबै सरकारी कानून र नियमनअन्तर्गत रहेको तथा छानबिनको क्रममा भोडाफोन इण्डियाले अधिकारीहरूलाई पूर्णरूपले सघाइरहेको भोडाफोनले एक विज्ञप्तिमार्फत भनेको छ । सीबीआईले भोडाफोनको मुम्बई र नयाँ दिल्ली कार्यालय तथा भारती एयरटेलको गुडगावस्थित कार्यालयमा छापा मारेको हो ।