शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  


इण्डोनेशियाको कृषि उत्पादन २०११ मा बढ्ने अपेक्षा

पुस १५, जकार्ता (इण्डोनेशिया) । इण्डोनेशियाले आगामी वर्षा लागि सेतो चिनीको उत्पादन करीब ७० प्रतिशत तथा चामलको उत्पादन ४ दशमलव ३ प्रतिशतले बढ्ने अपेक्षा गरेको छ । यसै वर्षबाली राम्रो हुनुका साथै खेतीको समेत विस्तार भएकाले त्यस्तो अपेक्षा गरिएको कृषिमन्त्रीले बुधवार बताएका छन् । चाहिनेभन्दा धेरै वर्षा भएकाले यस वर्ष इण्डोनेशियाको प्रमुख कृषि उत्पादनहरूमा कमी आएको थियो । त्यसपछि आपूर्तिमा कमी हुन नदिन दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र इण्डोनेशियाले चामल तथा सेतो चिनी आयात गर्न बाध्य भएको थियो ।    यसवर्षको २३ लाख टनबाट बढाएर आगामी वर्ष३८ लाख ७० हजार टन चिनी उत्पादन गर्ने लक्ष्य रहेको कृषिमन्त्री सुस्वोनोले बताए । 'यस वर्षको पानीले उखुमा चिनीको मात्रालाई निकै घटाइदिनाले चिनी उत्पादनमा कमी आएको छ । तर, सन् २०१४ सम्ममा चिनीमा आत्मनिर्भर हुन हामी कडा परिश्रम गर्नेछौं’, सुस्वोनोले भने ।

दक्षिणपूर्वी एशियामा इण्डोनेशिया चिनीको सबैभन्दा ठूलो खपतकर्ता पनि हो । सन् १९३० को दशकमा इण्डोनेशिया क्युबापछि संसारकै दोस्रो सबैभन्दा ठूलो चिनी उत्पादकसमेत थियो । तर, चिनी मिलहरू पुरानो हुनुका साथै सस्तो आयात तथा न्यून उत्पादनजस्ता समस्याले गर्दा इण्डोनेशियाको चिनी उत्पादन गर्ने क्षमता घट्दै गएको थियो । आगामी वर्षइण्डोनेशियाली सरकारले चिनी उत्पादन बढाउन १ खर्ब ३ अर्ब इण्डोनेशियाली रुपैयाँ (१ करोड १४ लाख डलर) खर्च गर्नेछ । यस वर्षका लागि त्यस्तो रकम मात्र १५ अर्ब २० करोड रुपैयाँ रहेको बाली रोपाईं विभागका महानिर्देशक गमल नसिरले बताए । त्यसैगरी धान खेती गर्ने क्षेत्रमा भएको विस्तारका साथै उच्च बाली दिने बीउको प्रयोगबाट २०११ मा धानको उत्पादन लगभग ६ करोड ८८ लाख टन पुर्‍याइनेछ । सो परिमाण यस वर्षको उत्पादन ६ करोड ५९ लाख ८० हजार टनभन्दा ४ दशमलव ३ प्रतिशतले बढी हुने कृषि मन्त्रीले बताए । तर, उत्पादन बढेपछि आयात परिमाण घट्ने वा नघट्नेबारे मन्त्रीले केही पनि बताएनन् ।  

इण्डोनेशियाको राज्य नियन्त्रित आपूर्ति संस्था बुलोगले २०११ को फेब्रुअरी महीनासम्ममा थाइल्याण्ड तथा भियतनामबाट १३ लाख ३० हजार टन चामल आयात गर्ने निर्णय गरेको छ । मकैबालीको उत्पादन यस वर्षो १ करोड ७८ लाख ४० हजार टनबाट बढेर आगामी वर्ष२ करोड २० लाख टन पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी भटमासको उत्पादन ९ लाख ५ हजार २० टनबाट ११ दशमलव ५९ प्रतिशतले बढेर १० लाख १० हजार टन पुग्ने अपेक्षा गरिएको मन्त्री सुस्वोनोले बताए । रोयटर्स

अमेरिकी हुलाक सेवाको मूल्य नतोकिएको टिकट

पुस १५, वासिङ्टन (अमेरिका) । हुलाक सेवावापत लाग्ने टिकटदर परिवर्तन हुँदा आइपर्ने झञ्झटबाट हुलाकप्रमुख सिन स्विलिङ दिक्क भएका छन् । उनी पनि हुलाक सेवा प्रयोग गर्ने कतिपय उनका ग्राहकझैं सधैंभरिलाई काम लाग्ने टिकट बनोस् भन्ने चाहन्छन् । आउँदो जनवरीदेखि अमेरिकामा नयाँ किसिमको हुलाक टिकट निष्काशन हुने भएको छ । सो हुलाक टिकटमा त्यसको मूल्य तोकिएको हुनेछैन । प्रत्येक एक आउन्स (२८ दशमलव ३५ ग्राम) तौलसम्मको चिठीपत्रका लागि त्यस्तो टिकट जहिले पनि प्रयोग गर्न मिल्नेछ । डोमेष्टिक फष्ट क्लास मेल अर्थात् देशभित्र पठाइने सामान्य हलुका चिठीपत्र, सन्देश, पोष्टकार्ड आदिमा उक्त टिकट प्रयोग गर्न सकिन्छ । हाल हुलाक सेवाका लागि ४४ सेण्टको टिकट टाँस्नुपर्छ । नयाँ टिकटमा मूल्यको ठाउँमा 'सधैंभरिका लागि’ (फरएभर) लेखिएको हुनेछ ।

हुलाक सेवा प्रयोग गर्ने ग्राहकका लागि सेवादर बढ्दा हुने झञ्झटबाट बचाउन त्यस्तो व्यवस्था गर्न लागिएको हो । हुलाक सेवाले गएको मङ्गलवार २०११ का लागि फष्ट क्लास टिकटको अनावरण गरेको छ । सबै टिकटहरूमा मूल्यको ठाउँमा प्रचलित ४४ सेण्ट लेखिनुका साटो 'फरएभर’ लेखिएको छ । प्रत्येकपटक सेवादर परिवर्तन हुँदा नयाँ टिकट छाप्नु नपर्ने भएकाले हुलाक सेवाको खर्चमा पनि बचत हुने विश्वास गरिएको छ । मूल्य नतोकिएको र सधैंभरिका लागि मान्य हुने टिकट पहिलोपटक २००७ मा निष्काशन गरिएको थियो । हाल त्यस्तो टिकट प्रचलित हुलाक सेवादरमा किन्न पाइन्छ । इण्टरनेटको बढ्दो प्रयोगका साथै आर्थिक मन्दीका कारण अमेरिकी हुलाक सेवामार्फत हुने चिठीपत्रको परिमाण २००९ को भन्दा २०१० मा ३ दशमलव ५ प्रतिशतले घटेको छ । हालका वर्षहरूमा अमेरिकी हुलाक सेवाले लगभग १ लाख कर्मचारी कटौती गरिसकेको भए तापनि अझै पनि वार्षिक अर्बौं डलरको घाटामा रहेको छ ।  एपी/रासस


भारतका नवधनाढय दान दिन अनिच्छुक

पुस १५, नयाँ दिल्ली (भारत) ।  भारतीय उद्यमी अजिम प्रेमजीले ग्रामीण शिक्षाका लागि २ अर्ब डलर अनुदान दिन लागेको यसै महीनाको शुरूमा गरेको घोषणाले भारतीय स्थापित एवम् नयाँ धनाढयहरूको प्रवृत्तिमाथि नराम्रो प्रकाश पारेको छ । खानेतेल उत्पादन गर्ने आफ्नो पारिवारिक व्यवसायलाई विप्रो नामको भारतकै एक विशाल सफ्टवेयर उद्योगमा रूपान्तरण गरेका प्रेमजीले दिएको दान कुनै पनि व्यक्तिले दिएको हालसम्मकै सबैभन्दा ठूलो दान हो ।  सय धनाढय भारतीयको कुल सम्पत्ति भारतको कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत हुन आउँछ । प्रेमजीले गरेको दान अन्य भारतीय धनाढयका लागि चुनौती भएको छ । अमेरिकाजस्ता विकसित देशहरूमा धनी व्यक्तिहरूले सामाजिक कार्यका लागि चन्दा दिनु सामान्य कुरा जस्तै छ । तर, भारत र चीनजस्ता विकासशील देशहरूमा भने त्यस्तो चन्दा दिने कार्य अझै स्थापित भइसकेको छैन । भारत विश्वकै दोस्रो सबैभन्दा तीव्र वृद्धि भइरहेको प्रमुख अर्थतन्त्र हो । यस वर्ष८ दशमलव ५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको भारतीय अर्थतन्त्रले सन् २०१० मा १७ जना नयाँ अर्बपतिहरूलाई जन्माएको छ । फोर्ब्स पत्रिकाका अनुसार अब भारतीय अर्बपतिहरूको सङ्ख्या ६९ पुगेको छ । फोर्ब्सको संसारकै सबैभन्दा धनाढय पाँच जना व्यक्तिको सूचीमा दुइ जना भारतीय अर्बपति लक्ष्मी मित्तल तथा मुकेश अम्बानी छन् ।

'के भारतका खासगरी धनी व्यक्तिहरूले चन्दा दिनु आवश्यक छ ? के उनीहरूले ठूलो रकमको चन्दा दिन सक्छन् ? यी दुवै प्रश्नमा 'हो अवश्य सक्छन्’ भन्ने उत्तर आउँछ’, शेठले भने । तर, व्यक्तिको धनमा तीव्र वृद्धि भर्खरै मात्र हुन थालेकाले मानवतावादी कार्यले गति लिन नसकेको शेठको विचार छ । 'अभावै अभावको हाम्रो इतिहास छ । त्यसैले मानिसहरूमा भविष्यमा पैसाको अभाव हुने छैन भन्ने विश्वास पलाउन केही समय लाग्नेछ । त्यसपछि मात्रै मानिसहरूले आफूले भर्खरै कमाएको सम्पत्ति बाँड्न तयार हुनेछन्’, शेठले भने । त्यसका साथै भारतमा परोपकार सञ्जाल व्यावसायिक रूपले सञ्चालन भएको विश्वास नभएकाले आफूले दिएको रकम दुरुपयोग हुने डरले धनाढयहरू दान दिन अनिच्छुक देखिएका शेठले बताए । एएफपी/रासस