शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिकामा रोजगार वृद्धिदर रोकियो
भदौ १७, वाशिङटन  (अमेरिका) । सन् २०११ को  अगष्टमा अमेरिकामा रोजगार वृद्धिदर रोकिएको छ । अमेरिकी श्रम मन्त्रालयद्वारा शुक्रवार जारी गैरकृषिक्षेत्रको  रोजगारीसम्बन्धी मासिक प्रतिवेदनमा सन् २०११ को ७ महीनामा पहिलोपटक रोजगार वृद्धिदर रोकिएको बताइएको छ । अमेरिकामा बजेट घाटा कम गर्ने विषयमा देखिएको राजनीतिक गति अवरोध,अमेरिकी  क्रेडिट रेटिङ घट्नु र यूरोजोनको गहिरिँदै गएको ऋणसङ्कटका कारण उत्पन्न अनिश्चितताको वातावरणका कारण गत अगष्टमा शेयर बजारहरूका ठूलो 'सेल-अफ' देखिएको थियो । प्रतिवेदनमा  उक्त 'सेल-अफ'का कारण लगानीकर्ता र उपभोक्ताहरूको आत्मविश्वासमा गम्भीर असर परेको बताइएको छ ।

आर्थिक परिदृश्यमा देखिएका अनिश्चितता र अन्योलले गर्दा सुनको मूल्यमा तीव्र वृद्धि भएको र अमेरिकी ट्रेजरीको मूल्य घटेको पनि प्रतिवेदनमा उल्लेख छ । गत अगष्टमा अमेरिकी दूरसञ्चार कम्पनी भेरिजोन वायरलेसमा भएको हडताल रोजगारी वृद्धिदर घटाउने अर्को तत्वका रूपमा रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन सार्वजनिक भएपछि विश्लेषकहरूले आर्थिक मन्दीको अर्को क्रम शुरू हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । एजेन्सी

अगस्टमा भारतको म्यानुफ्याक्चरिङ २९ महीनाकै न्यून
भदौ १७ । भारतमा म्यानुफ्याक्चरिङ क्षेत्रको उत्पादन  अगष्टमा २९ महीनाकै न्यून हुन पुगेको छ । लगातारको ब्याजदर वृद्धि र निर्यातको अर्डरमा आएको कमीका कारण औद्योगिक उत्पादन घट्न पुगेको बताइएको छ । एचएसबीसीको इण्डिया म्यानुफ्याक्चरिङ पीएमआई वा पर्चेजिङ म्यानेजस इण्डेक्स लगातार ४ महीनासम्म ओर्लेर ५२ दशमलव ६ पुगेको छ ।

उक्त सूचकाङ्क यसअघि विश्वव्यापी वित्तीय सङ्कटका बेला अप्रिल २००९ मा  ५३ दशमलव २ पुगेको थियो । सूचकाङ्क ५० भन्दा माथि रहेमा त्यसले अर्थतन्त्रको विस्तार र ५० भन्दा मुनि रहेमा सङ्कुचन जनाउँछ । एएफपी/रासस

वेबसाइट असुरक्षित
भदौ १७, आम्सर्टडम (नेदरल्याण्ड) । सरकारी  वेबसाइटहरूमा ह्याकिङ आक्रमण भएकाले तिनको सुरक्षारे कुनै  ग्यारेण्टी दिन नसक्ने नेदरल्याण्ड सरकारले बताएको छ । आन्तरिक मन्त्रालयले सरकारी वेबसाइटमा भ्रमण नै नगर्न त भनेन तर प्रयोगकर्ताले आफ्ना वेब ब्राउजरले दिएको चेतावनीमा ध्यान दिन सचेत गराएको छ ।

डच सरकारले वेबसाइटको  सुरक्षा कायम राख्न जिम्मेवारी दिएको एउटा निजी कम्पनी डिजीनोटारले ह्याक गरिएकोबारे जुलाईमा स्वीकार गरेको थियो । गूगलको क्रोमजस्ता ब्राउजरले डिजिनोटार प्रयोगकर्तालाई अचेल सुरक्षा चेतावनी दिन थालेका छन् । एपी/रासस

नाडाल, मुर्रे,रोडिक र जोभ्नारेभा विजयी
भदौ १७, न्यूयोर्क (अमेरिका) । वर्षको अन्तिम ग्राण्डस्लाम,  'यूएस ओपन'का शुक्रवार भएका खेलहरूमा राफेल नाडाल, एण्डी रोडिक, एण्डी मुर्रे र भेरा जो भ्नारेभा विजयी भएका छन् । ओ  पनकै शुक्रवार भएको स्पर्धामा महिला टेनिस वरियतामा चौथो स्थानमा रहेकी मारिया शारापो भा भने पराजित भएकी छन् ।  शुक्रवार भएको खेलमा पुरुष टे निस विश्व नं २ स्पेनी खेलाडी राफेल नाडालले फ्रान्सका निको लास म्याहुटविरुद्ध सहज विजय हात पारेका थिए । खेल चलिरहँदा ६-२ र ६-२ को अग्रता लिएका नाडाल, म्याहुटले पेटमा लागेको चोटका कारण खेल परित्याग गरे पछि विजयी बनेका थिए ।

शुक्रवारै भएको अर्को स्पर्धामा टेनिस वरियतामा चौथो स्थानमा रहेका अमेरिकी एर्ण्र्डी मुर्रेले नेदरल्याण्ड्सका रोविन हासीविरुद्ध शानदार जित हासिल गरेका थिए । खेल अवधिभरी दर्शकहरूको अत्यन्त राम्रो साथ पाएका मुर्रेले हासीलाई ६-७, २-६, ६-२, ६-० र ६-४ को सेटमा पराजित गरे का थिए । उनको विजयमा उनका प्रशंसकहरूले स्टेडियममा ठूलो हर्सोलास गरेका थिए । विजयी भएपछि हषिर्त मुद्रामा आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै मुर्रेले आफू प्रशंसकहरूको अपेक्षामा सँधै खरो उत्रिने बताएका थिए । मुर्रे आइतवार अन्तिम सोह्रका लागि स्पेनका फेलिसियानो लो पेजविरुद्ध भिड्दैछन् । त्यसैगरी अर्का अमेरिकी एण्डी रोडिकले पनि विजय हासिल गरेका छन् ।
 
 शुक्रवार, विगत ४ वर्षयताकै सबै भन्दा उत्कृष्ट प्रदर्शन गरेका रो डिकले टेनिसमा नयाँ आएका १८ वर्षीय अमेरिकी खेलाडी ज्याक सकलाई ६-३, ६-३ र ६-४ को सो झो सेटमा पराजित गरेका थिए । यसैगरी, महिलातर्फको स्पर्धामा महिला टेनिस वरियतामा विश्व नं २ रसियाकी भेरा जो भ्नारेभाले स्पेनकी एनाबेला मे दिना गारिगुएसलाई ६-४ र ७-५ को सेटमा हराइन् । शुक्रवारको दिन भने विश्व नं ३ रसियाकी मारिया शारापोभालाई भने दु:खद रहयो । विश्व महिला टेनिसमा २६औ स्थानमा रहेकी फ्लाभिया पेनेट्टासँग ६-३, ३-६ र ६-४ को हार बेहोरेपछि शारापोभा यूएस ओपनबाट बाहिरिएकी छन् । एपी/रासस

जोखिमपूर्ण  घरजग्गा कारोबार गर्ने  बैङ्कहरूमाथि मुद्दा
भदौ १७, न्यूयोर्क (अमेरिका) । अमेरिकाको एक नियामक संस्थाले जोखिमपूर्ण घरजग्गाको कारोबार गरेको आरोपमा १७ ओटा ठूला बैङ्क तथा वित्तीय संस्थाहरूमाथि मुद्दा दायर गरेको छ । अमेरिकामा घरजग्गाको कारोबार हेर्ने 'फेडरल हाउजिङ फाइनान्स एजेन्सी'ले सन् २००८ को घरजग्गा सङ्कटताका  कमसल घरजग्गा धितो (सबप्राइम बण्ड) लिएर २ सय अर्ब अमेरिकी डलरको नोक्सान गरेको आरोपमा ती संस्थामाथि उक्त मुद्दा दायर गरेको  हो । एजेन्सीले दायर गरेको मुद्दामा बैङक अफ अमेरिका (बीओए), मेरिल लिञ्च, बार्कलेज , सिटीग्रूप , गोल्डम्यान स्याक्स, जेपी मोर्गन चेज, रोयल बैङ्क  अफ स्कटल्याण्डलगायतलाई घरजग्गा धितो सुरक्षण लिनुभन्दा अघि मापदण्ड पूरा नगरेको अभियोग लगाइएको छ । दायर गरिएको मुद्दामा ती संस्थाले लिएका सुरक्षणहरूको कहिले पनि विक्री नगर्नु र त्यसको मुख्य कारण मापदण्ड पूरा नगरिएका कमसल धितो भएको बताइएको छ । सन् २००८ मा टाट पल्टिएका प्रमुख अमेरिकी घरजग्गा कम्पनीहरू 'फेनी मे' र 'फ्रेडी म्याक'लाई हाल सञ्चालन गरिरहेको  एजेन्सीले अप्रत्याशित रूपमा उठाएको उक्त कदमले ती बैङ्क र वित्तीय संस्थाहरूको शेयरमूल्य घटेका छन् । बैङ्क अफ अमेरिकाका प्रवक्ताले 'फेनी मे' र 'फ्रेडी म्याक'लाई उन्मुक्ति दिएर दायर गरिएको उक्त मुद्दा पूर्वाग्रही भएको बताएका छन् । एजेन्सी

Admin 2011-09-04