शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पूर्वी एशियाको आर्थिक वृद्धि सुस्त

मङ्सिर २१, हङ्कङ् (चीन) । अमेरिकी अर्थतन्त्रमा सुधार प्रक्रिया सुदृढ हुन नसक्दा पुर्वी एशियाको बृद्धिदरमा पनि सुस्ती आउने सम्भावना देखिएको एशियाली विकास बैंकले मंगलवार बताएको छ । सो क्षेत्रका देशहरुबीच विनिमय दरमा आपसी सहयोग बढाएमा त्यसले समग्र क्षेत्रलाईनै सुरक्षा पुर्‍याउने बैंकले बताएको छ ।अमेरिकी अर्थतन्त्रको कमजोरीले तथा आर्थिक उत्प्रेरणा कार्यक्रम समाप्त हुँदै गएकोले पूर्वी एशियाको बृद्धिदर कमजोर हुने देखिएको छ । बैंकको एशिया इकोनोमिक इन्डिकेटरमा प्रकाशित तथ्याङ्क अनुसार पुर्वी एशियामा यस बर्ष८ दशमलव ८ प्रतिशतमा रहेको बृद्धिदर सन् २०११ मा घटेर ७ दशमलव ३ प्रतिशतमा झर्ने सम्भावना छ ।

विश्वव्यापी आर्थिक सङ्कटबाट पार पाएपनि पुर्वी एशियाको आर्थिक भविष्य अझै अत्यन्त अनिश्चित रहेको बताउँदै महामन्दीले पुर्‍याएको व्यापक आर्थिक क्षतिमा सुधार हुन लामो समय लाग्ने चेतावनी बैकले दिएको छ । साथै बेरोजगारीदर बढन जाने तथा धेरै बर्षसम्म कायम रहने सम्भावना बैंकले उल्लेख गरेको छ ।आर्थिक सङ्कटको बेला पूँजीगत लगानीमा गिरावट आएको र अझै पनि सङ्कट पूर्व अवस्थाको जस्तो बृद्धि नदेखिएकोले उत्पादकत्वको बृद्धिमा पनि असर पर्न सक्ने बैंकले बताएको छ । पश्चिमा देशहरुबाट माग घटिरहँदा विकल्पको रुपमा यस क्षेत्रका मुलुकबीच आपसी व्यापार बढाउन आवश्यक देखाउँदै त्यस क्षेत्रमा भियतनाम बाहेक अन्य देशहरुको मुद्राको मूल्य २०१० मा बढिरहेकोले त्यसरी आपसी व्यापार बढाउन कठिन छ बैंकका क्षेत्रीय आर्थिक एकिकरण कार्यालयका प्रमुख इवान अजिसले भने । 'सबैभन्दा खराब सम्भाव्य अवस्था भनेको मुद्रा युद्ध एवम् व्यापार युद्ध पनि हुनसक्छ, यद्यपि त्यति खराब अवस्थाको सम्भावना भने म देख्दिन्,’ हङ्कङमा भएको एक पत्रकार सम्मेलनमा अजिसले बताए । तर विनिमय दर बारे आपसी सहयोग नभएको खण्डमा आशा गरे अनुरुपको अन्तरक्षेत्रीय व्यापार भने नहुने अजिसले बताए ।  एएफपी रासस

ईयुव्दारा आयरल्याण्डको ऋण अनुमोदन

पूरा आकारमा हेर्नुहोस्मङ्सिर २१, ब्रसेल्स (बेल्जियम) । ईयुका वित्तमन्त्रीहरुले आयरल्याण्डलाई दिइने भनिएको ८५ अर्ब युरो (एक खर्ब १४ अर्ब डलर) को राहत प्याकेजलाई मंगलवार औपचारिकता प्रदान गरेका छन् । खर्चहरुमा व्यापक नियन्त्रण गरिएको एउटा बजेटमा आयरल्याण्डको संसदभित्र मतदान हुनु केही घण्टा अघि उक्त निर्णय आएको छ ।  ईयुका अनुसार, २७ युरोपेली राष्ट्रका मन्त्रीहरुले आयरल्याण्डलाई दिइने आर्थिक सहयोग सम्बन्धी निर्णयका साथै उक्त सहायताको बदलामा आयरल्याण्डले पालना गर्नुपर्ने शर्तहरु समेत पारित गरेका छन् ।

मंगलवारकै दिन आयरल्याण्डका प्रधानमन्त्री ब्रायन लेनिहानले २०११ को लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ जसमा कर बढाएर तथा खर्च घटाएर जम्मा ६ अर्ब युरो (८ अर्ब डलर) उठाउने लक्ष राखेको छ । सहायता दिदा बजेट पारित गर्नुपर्ने शर्त नराखिएको तर त्यस्तो हुनु स्वभाविक रुपले महत्वपूर्ण रहेको एक ईयु स्रोतले एएफपीलाई बतायो ।   मंगलवार बिहान आयरल्याण्डको संसद अगाडि एकजना प्रदर्शनकारीले एउटा क्रेन तेर्स्याएका थिए । विपक्षी राजनीतिज्ञहरुले आयरल्याण्डको सार्वभौमसत्ता ब्रसेल्स र वासिङ्गटनलाई बेचेको आरोप प्रधानमन्त्री ब्रायन कोवेनमाथि लगाएका छन् । आयरल्याण्डको बैंकिङ्ग प्रणालीमै पूर्ण सुधार गर्ने, बृद्धि प्रवद्धनात्मक सुधार गर्ने तथा २०१५ सम्म आयरल्याण्डको सरकारी घाटालाई कुल गार्हस्थ उत्पादनको ३ प्रतिशतभन्दा मुनि झार्ने सन्दर्भमा उक्त प्रयासहरुलाई हेरिएको एउटा विज्ञप्तिमा भनिएको छ । एएफपी/रासस

भारतमा श्रमजीवीहरूको वृद्धिको परिणाम

मङ्सिर २१, नयाँ दिल्ली (भारत) । भारतमा काम गर्ने उमेर समूहको जनसङ्ख्या बढनाले एकातिर आर्थिक बृद्धिमा सहयोगी हुनसक्छ भने अर्कोतिर सामजिक अशान्ति पनि बढन सक्ने खतरा छ । आगामी दुइ दशकमा भारतमा काम गर्ने उमेर समूहको जनसङ्ख्या २४ करोडले बढन जानेछ, जुन बेलायतको कुल जनसङ्ख्या भन्दा चार गुना बढी हुन आउँछ ।  तर शिक्षाको उचित प्रवन्ध हुन नसकेको खण्डमा त्यस्तो जनसाङ्ख्यिक फाइदा सजिलै जनसाङ्ख्यिक अभिशापमा परिणत हुनसक्छ, अन्तरराष्ट्रिय लगानीकर्ताहरुको एक सम्मेलनलाई हालै नयाँ दिल्लीमा सम्वोधन गर्दै एशियन डेभलपमेन्ट बैंकका प्रवन्ध निर्देशक रजत नागले चेतावनी दिए ।

व्दन्द्धको बीउ अहिलेनै देख्न सकिन्छ, जहाँ सरकारी तथ्याङ्क अनुसार नै पनि ८० करोड मानिसहरुले दिनको भा. रु. २० भन्दा कम आम्दानीमा गुजारा गर्नुपर्छ । त्यसका साथै देशको आर्थिक उन्नतिबाट ओझेल रहेको विपन्न क्षेत्रहरुमा माओवादी ब्रि्रोह बढीरहेको तथ्यले पनि उक्त कुराको पुष्टि हुनआउँछ ।   'महाशक्तिराष्ट्रहरुका सपना खाली पेटहरुले पूरा गर्न सक्दैनन् । आफ्ना सबै नागरिकलाई समुन्नत जीवनयापन गर्न चाहिने आम्दानीको प्रत्याभूति गर्न भारतले अझै धेरै गर्नुपर्ने देखिन्छ’, बजाज अटोका अध्यक्ष राहुल बजाजले सोही सम्मेलनमा भने । अत्यन्त आशावादी हुने हो भने भारतको बढदो युवा जनसङ्ख्यासँगै आम्दानी, बचत, उत्पादन तथा आर्थिक बृद्धि बढने देखिन्छ । तर आर्थिक प्राप्तिहरु अझै समावेशीपूर्ण भएनन् वा रोजगारी मार्फत जीवन स्तर बढाउन सकिएन भने सामाजिक सद्भाव नराम्रोसँग खल्बलिन सक्ने बताइएको छ । एएफपी

चीनमा खडेरीले हिउँदे गहुँ प्रभावित  

मङ्सिर २०, बेइजिङ् (चीन) । गहुँ उत्पादन हुने चीनको उत्तरी खाद्यान्न भण्डार क्षेत्रमा १७ प्रतिशत खडेरीको चपेटामा परेको र विद्यमान सुखा मौसम आगामी वसन्त ऋतुसम्मनै रहने पूर्वानुमान गरिएको चीन सरकारले बताएको छ । तर सिचाई तथा मौसम परिवर्तनले उत्पादन प्रभावित हुने हुँदा आउँदो मे महिनामा कति गहुँ भित्र्याइन्छ भनेर अहिले नै पूर्वानुमान गर्नु हतार भएको विश्लेषकहरुले बताएका छन् ।  

चीनको बाढी नियन्त्रण तथा खडेरी न्युनीकरण मुख्यालयले सप्ताहान्तमा जनाए अनुसार, यस बर्षदेशको मध्यवर्ती भूभागका यलो नदी तथा हुआइह नदी क्षेत्रमा सामान्य भन्दा उच्च तापक्रम रहनुका साथै वर्षामा पनि कमी आएको थियो । त्यसरी भएको खडेरीबाट बाली लगाइएको लगभग ३८ लाख ७० हजार हेक्टर क्षेत्र प्रभावित भएको थियो ।  रोयटर्सले गरेको गणना अनुसार, त्यसको अर्थ चीनको १७ प्रतिशत हिउँदे गहुँबाली रोपाईं क्षेत्र प्रभावित भएको छ, जुन कृषि मन्त्रालयका अनुसार २ करोड २६ लाख ७० हजार हेक्टर हुनआउँछ । कुल खडेरीग्रस्त क्षेत्रमध्येको ४ लाख १८ हजार हेक्टरमा खडेरीले नराम्रो असर गरेको छ भने २० हजार हेक्टर क्षेत्रको बाली ओइलाएको मुख्यालयले आफ्नो वेबसाइटमा प्र्रकाशित एक रिपोर्टमा भनेको छ ।   

विश्वको सबैभन्दा ठुलो गहुँ उत्पादक राष्ट्र चीनले विगत दुइ बर्षदेखि गहुँको आयात बढाउँदै लगेको छ । यद्यपि गहुँ आयात बढनुको मुख्य कारण गहुँको मूल्यमा विश्वभरिनै आएको गिरावट भएको बताइन्छ किनभने पर्याप्त भण्डारण हुँदाहुँदै पनि गहुँ आयातमा बृद्धि भएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार, यसैबर्षको शुरुमा दक्षिणपश्चिमी प्रान्तहरुमा आएको कडा खडेरीले गुआन्ग्जी, गुइजोउ, तथा युनान क्षेत्रहरुमा हुने अन्नको उत्पादनमा २० लाख टनले कमी आएको थियो ।  तर त्यसपछि पनि देशको कुल अन्न उत्पादनमा गतबर्षभन्दा २ दशमलव ९ प्रतिशतले बृद्धि भएर ५४ करोड ६४ लाख टनको किर्तिमान बनेको ब्युरोले गत हप्ता बताएको छ ।   रोयटर्स