चिनीले महँगी बढायो : एफएओ
असार २२, रोम (इटाली) । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन(एफएओ)का अनुसार, चिनीको बढ्दो मूल्यले जुनमा विश्वव्यापी रूपमै खाद्यवस्तुको भाउ चर्काएको छ । केही समयका लागि मूल्यमा स्थिरता देखिए तापनि जुनमा भने उसको खाद्य परिसूचक १ प्रतिशतले बढेको एफएओले बिहीवार सार्वजनिक गरेको छ । तैपनि हालसम्मकै उच्च हुन पुगेको फेब्रुअरीको अवस्थामा भन्दा खाद्यवस्तु परिसूचक अझै पनि ४ प्रतिशतमुनि नै छ । सुधारिएको मौसम र रूसद्वारा उसले गहुँ निर्यातमाथि लगाउँदै आएको प्रतिबन्ध हटाएपछि अवस्थामा सुधार आएको एफएओले भनेको छ । तर, घट्दो सञ्चितिका साथै उत्पादनमा हलुका मात्रको वृद्धिले आउँदा वर्षहरूमा मूल्य अझै अस्थिर नै रहने विश्लेषकले चेतावनी दिएका छन् । एपी/रासस
Admin 2011-07-08