शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आईएमएफ प्रमुख छनोटको आधार योग्यता: लिप्स्की

जेठ २६, बेइजिङ (चीन) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का कार्यवाहक प्रमुख जोन लिप्स्कीले नयाँ प्रमुखको छनोट योग्यताका आधारमा गरिनेमा आफू विश्वस्त रहेको बताएका छन् । फ्रान्सकी विदेशमन्त्री क्रिष्टिन लागार्दले चिनियाँ नेताहरूसँगको वार्ता सकारात्मक रहेको बताउँदै गर्दा लिप्स्कीको यस्तो विचार आएको छ ।छनोट प्रक्रिया सबैका लागि खुला, पारदर्शी र योग्यतामा आधारित हुनुपर्ने लिप्स्कीले पत्रकार सम्मेलनमा बताए । चिनियाँ अर्थतन्त्रका बारेमा आईएमएफको वार्षिक नीति वार्ताका लागि हाल लिप्स्की बेइजिङमा छन् । समर्थनको खोजीमा भारतपछि चीन आएकी लागार्दले भने कोष प्रमुखमा चीनको दाबीलाई पनि आफूले समर्थन गर्ने बिहीवार बताएकी छन् ।

लिप्स्कीले पनि प्रतिभाशाली, अनुभवी, उर्जाशील, र प्रभावकारी व्यक्ति नेतृत्वमा आउनेमा आफू अत्यन्त विश्वस्त रहेको बताए ।चीनको अर्थतन्त्र यस वर्ष र आगामी वर्षझण्डै ९ दशमलव ५ प्रतिशतले वृद्धि हुने कोषको पूर्वानुमानमा लिप्स्कीले दोहोर्याएका छन् । तर, ठूलो मात्राको कर्जा र वासलतबाहिरका कर्जामा वृद्धिका घटनाले चीनमा पनि वित्तीय जोखिम रहेको तर्फलिप्स्कीले सचेत गराएका छन् । त्यसैगरी निर्यातमा आधारित चिनियाँ अर्थतन्त्रको पुन:संरचना तथा बलियो र अझै लचिलो युआन विश्व अर्थतन्त्रको स्थायित्व र वृद्धिका लागि आवश्यक रहने लिप्स्कीले जोड दिए । युआनको अझ बढी खुला विनिमयले उक्त मुद्रालाई कोषको स्पेशल ड्रइङ राइट्स बास्केटमा समावेश गर्न झनै सजिलो पर्ने लिप्स्कीको सुझाव छ । एएफपी/रासस   

भारतमा कारको विक्रीदर दुई वर्षयताकै न्यून

जेठ २६, मुम्बई (भारत) । भारतमा कारको विक्री मे महीनामा दुई वर्षयताकै सुस्त हुनपुगेको बिहीवार प्रकाशित तथ्याङ्कले देखाएको छ । यात्रुवाहक कारको विक्री मे महीनामा ७ प्रतिशतले मात्र बढेको सोसाइटी अफ अटोमोबिल म्यानुफयाक्चरसले बताएको छ । कारसँगै अन्य गाडीको विक्रीदर पनि घटेको छ । गाडी तथा तेलको मूल्य बढ्नुका साथै गाडी खरीदमा दिइने कर्जा पनि महँगिएकाले विक्रीदर घटेको हो ।एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा मार्चसम्मको वर्षमा २४ प्रतिशत र अप्रिलसम्मको वर्षमा १३ प्रतिशतले कारको विक्री बढेको थियो । भारतका प्रमुख गाडी निर्माताहरू मारूती सुजुकी इण्डिया, टाटा मोर्टस र महिन्द्रा एण्ड महिन्द्राले तिनका गाडीको मूल्य यस वर्षऔसत १ देखि २ प्रतिशतले बढाएका छन् ।          एएफपी/रासस

नोकियाका प्रविधि प्रमुखद्वारा राजीनामा

जेठ २६, हेल्सिन्की (फिनल्याण्ड) । नोकियाका प्रविधि विभाग प्रमुख रिच ग्रीनले हालै कम्पनीको एउटा नयाँ रणनीतिबारेको विवादका कारण बिदामा बसेका छन् । बिदामा बसे पनि ग्रीनले पदत्याग नै गर्ने मनस्थिति बनाएको फिनल्याण्डको प्रमुख समाचारपत्र हेल्सिङगीन सानोम्याटले बिहीवार बताएको छ । ग्रीन अब नोकियामा नफर्किने कुरा दुई स्वतन्त्र स्रोतलाई उद्धृत गर्दै समाचारपत्रले लेखेको छ ।नोकिया अझै पनि विश्वकै अग्रणी मोबाइल फोन निर्माता कम्पनी हो । नोकियाले पनि व्यक्तिगत कारण देखाएर ग्रीनले बिदा लिएको पुष्टि गरेको छ । तर, उनी फर्किने वा नफर्किनेबारे भने स्पष्ट गरेको छैन ।

नोकियाले उसको मिगो अपरेटिङ सिष्टमलाई हटाउनेबारेको एक निर्णयमा ग्रीन असहमत थिए । कम्पनीका प्रमुख कार्यकारी स्टिफेन एलोपले फेब्रुअरीमा एउटा बृहत् पुन:संरचनाको घोषणा गरेका थिए । त्यसअन्तर्गत नोकियाको स्मार्टफोनको अपरेटिङ सिष्टममा सिम्बिआन प्रणाली हटाएर माइक्रोसफ्ट फोन राख्ने निर्णयभएको थियो । त्यसका साथै मीगोलाई पनि एउटा छुट्टै इञ्जिनीयरिङ परियोजनामा सारिनेछ । एएफपी/रासस

Admin 2011-06-10