अमेरिका-चीन व्यापार विवादमा 'ड्राइवाल’
पुस २६, बेइजिङ (चीन) । अमेरिकाको उपभोग्य सामग्री सुरक्षा आयोगका एक उच्च अधिकारीले त्रुटिपूर्ण 'ड्राइवाल'वापत अमेरिकी घरमालिकहरूलाई क्षतिपूर्ति दिनु चिनियाँ उत्पादक कम्पनीहरूलाई मनाउन उक्त निकाय असफल रहेको सोमवार बताएका छन् । अमेरिकी उपभोक्तालाई घरमा प्रयोग हुने असुरक्षित उत्पादन हुनबाट जोगाउनु उक्त निकायको जिम्मेवारीअन्तर्गत पर्दछ । घरको भित्ता तथा सिलिङ निर्माण गर्न ड्राइवाल वा प्लाष्टरबोर्ड प्रयोग गरिन्छ । ड्राइवाल आपूर्ति गर्ने १३ ओटा चिनियाँ कम्पनीले गुणस्तरहीन उत्पादन आपूर्ति गरेको भनेर ४ हजार अमेरिकी घरमालिकले उजुरी दिएका थिए । ती चिनियाँ ड्राइवालको प्रयोगबाट घर दुरगन्धित भएको तथा एयरकण्डिशनजस्ता उपकरणले काम नगरेको भन्ने अमेरिकी घरमालिकहरूको आरोप छ ।
अमेरिकाको दक्षिणी भागमा २००५ मा आएको समुद्री आँधी काटि्रनाले क्षति पुर्याएका घरहरूको पुनर्निर्माण गर्न चीनबाट ती ड्राइवालहरूको आयात गरिएको थियो । त्यस विवादबाट अमेरिका र चीनबीचको पहिलेदेखि नै तनावग्रस्त व्यापार सम्बन्ध झनै खराब हुने देखिएको छ । आयोगकी अध्यक्ष इनेज टेनेबमले आप्म्ना चिनियाँ समकक्षीसँग सोमवार हुने वार्तामा ड्राइवालको मुद्दा फेरि उठाउने बताएकी छन् । टेनेबमका अनुसार केही चिनियाँ ड्राइवाल नमूना जाँचबाट ती ड्राइवालले आयोगको मापदण्डभन्दा बढी मात्रामा हाइड्रोजन सल्फाइड ग्यास उर्त्र्सजन गरेको पाइएको छ । चिनियाँ राष्ट्रपति हु जिन्ताओको अमेरिका भ्रमणभन्दा एक हप्ताअघि टेनेबमले चीनको भ्रमण गरेकी छिन् । उत्पादन सुरक्षाजस्ता विवादबाट व्यापार सम्बन्धमा आएको तनावबारे छलफल गर्नु जिन्ताओको अमेरिका भ्रमणको प्रमुख विषय हुने सम्भावना छ । रोयटर्स
अमेरिकी ऋणपत्र घटाउन चिनियाँ केन्द्रीय बैङ्करको आग्रह
पुस २६, बेइजिङ (चीन) । चीनले उसको विदेशी मुद्रा सञ्चिति कोषमा विविधीकरण गर्नुपर्ने चिनियाँ केन्द्रीय बैङ्कका एक अधिकारीले सोमवार प्रकाशित आफ्नो टिप्पणीमा भनेका छन् । अमेरिकी सरकारद्वारा जारी ऋणपत्रको खरीदबाट आर्इपर्न सक्ने जोखिम न्यूनीकरण गर्न त्यसो गर्नुपर्ने पिपल्स बैङ्क अफ चाइनाका उपनिर्देशक चु नुओजिनको विचार छ ।चीनले आफ्नो विदेशी मुद्राको सञ्चितिलाई 'रिसोर्सेस र 'इक्विरी'तर्फप्रवाह गर्नुपर्ने चुको धारणा छ । विश्लेषकका अनुसार सेप्टेम्बरको अन्त्यमा हालसम्मकै उच्च २ खर्ब ६५ अर्ब डलरमा पुगेको चिनियाँ विदेशी सञ्चित मुद्राकोषको दुइ तिहाइ हिस्सा डलरले ओगटेको छ । यद्यपि सञ्चित कोषमा कुन मुद्रा कति मात्रामा छ भन्ने कुरा चीन सरकारले गोप्य नै राख्ने गरेको छ । चुले पूँजी नियन्त्रणलाई खुकुलो गरेर चिनियाँ कम्पनीहरूलाई विदेशी मुद्रा अझै बढी सञ्चित गर्ने अधिकार प्रदान गर्न पनि सरकारलाई आह्वान गरेका छन् । त्यसबाट विदेशी मुद्राको सरकारी सञ्चित कोषमा द्रुत गतिले आधिकारिक मुद्रा भण्डारण हुने प्रक्रिया केही सुस्तिने चुको विचार छ । सञ्चित कोषमा हुने सुस्त गतिको वृद्धिले केन्द्रीय बैङ्कलाई मौद्रिक नीति तर्जुमा गर्दा आइपर्ने कठिनाइको सामना गर्न सजिलो हुने चुले बताए । रोयटर्स्
सुडानमा आयात घटाउने प्रयास
पुस २६, खार्तुम (सुडान) । सुडानले फर्निचर, जनावर तथा खाद्यपदार्थलगायत धेरै किसिमका वस्तुको आयातमा आइतवारदेखि प्रतिबन्ध लगाएको छ । व्यापार घाटा तथा विदेशी मुद्राको सञ्चितिमा कमी आइरहेकै बेला तेल उत्पादन हुने दक्षिणीक्षेत्र स्वतन्त्र हुने सम्भावनापछि खार्तुमले त्यस्तो प्रतिबन्ध लगाएको हो । सरकारले गरेको अत्यधिक खर्च, बढ्दो ऋण तथा कृषि र मुख्य उद्योगप्रति गरिएको हेलचेक्रयाइँका कारण सुडानको आर्थिक सङ्कट गहिरिएको विश्लेषकहरूले आरोप लगाएका छन् । फलस्वरूप मुद्रास्फीति बढ्दै छ भने सुडानी मुद्रा पाउण्ड झनै कमजोर भएको छ । गत हप्ता खार्तुमले सबै किसिमका अनुदान हटाइने भन्दै पेट्रोलियम पदार्थ तथा चिनीमा दिँदैआएको अनुदान हटाएको थियो । सुडानले प्रतिदिन लगभग ५ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दैआएको छ, तर त्यसमध्ये धेरैजसो दक्षिणी क्षेत्रबाट आउँछ । स्वतन्त्रताका लागि दशकौंदेखि युद्धरत दक्षिणी सुडानमा आइतवारदेखि स्वतन्त्रताका लागि मतदान शुरू भएको छ । खार्तुम सरकारले विश्वव्यापी वित्तीय सङ्कट तथा दक्षिणबारेको जनमत सङ्ग्रहअघि भएको स्वतन्त्रता सट्टेबाजीले समस्या सृजना गरेको भन्दै आएको छ । तर, विगतका खर्चिलो नीतिको हाल जनताले मूल्य चुकाउनु परेको भन्ने विश्लेषकहरूको धारणा छ । रोयटर्स
स्कटल्याण्ड र चीनबीच फोहोरमैला ऊर्जा सम्झौता
पुस २६, लण्डन (बेलायत) । स्कटल्याण्ड र चीनले १ करोड डलरको नवीकरणीय ऊर्जा प्रविधिको अधिकारसम्बन्धी सम्झौतामा आइतवार हस्ताक्षर गरेका छन् । चिनियाँ उपप्रधानमन्त्री ली छियाङले बेलायतको राजकीय भ्रमण शुरू गरेका बेला त्यस्तो सम्झौता भएको स्कटल्याण्डको सरकारले बताएको छ । स्कटल्याण्डमा विकास गरिएको घरेलु फोहोरमैलाबाट ऊर्जा निकाल्ने प्रविधि चीनको एउटा प्रशोधन केन्द्रमा प्रयोग गर्ने अनुमति उक्त सम्झौताले प्रदान गर्नेछ । चीन र स्कटल्याण्डको संयुक्त लगानी कम्पनी साङ्र्घाई हुआनुआन बोइलर एण्ड भेसल कम्पनीकोच्रान तथा स्कटल्याण्डस्थित डब्लूर्टर्ूइ इञ्जिनीयरिङबीच उक्त सम्झौता भएको स्कटल्याण्डका प्रथम मन्त्री एलेक्स साल्मोण्डले बताए । ती कम्पनीहरूले फोहोरमैलालाई वाष्फीकरण गरेर त्यसबाट विद्युत् ऊर्जा निकाल्छन् । सम्झौताअनुसार डब्लूर्टर्ूइले आगामी १० वर्षम्म प्रतिवर्षलगभग ६ करोड डलरबराबरको व्यावसाय साङ्र्घाई हुआनुआलाई उपलब्ध गराउनेछ । रोयटर्स
भियतनामले चामलको भाउ बढायो
पुस २६, हनोई (भियतनाम) । भियतनामले उसको निर्यात कोटिको चामलको न्यूनतम मूल्य सोमवार बढाएको छ । पहिलो त्रैमासमा चामल खरीद गर्ने योजनामा रहेको फिलिपिन्ससँगको वार्ताअघि भियतनामले यस्तो वृद्धि गरेको हो । इण्डोनेशियाले पनि जनवरीदेखि मार्चसम्ममा आपूर्ति हुने गरी कम्तीमा १ लाख ७० हजार टन थाई चामल खरीद गर्ने योजना बनाएको छ । फिलिपिन्स विश्वकै सबैभन्दा धेरै चामल आयात गर्ने देश हो । उसले एशियाको दोस्रो ठूलो चामल निर्यातकर्ता भियतनामसँग सन् २०१३ सम्म चामल खरीद गर्ने सम्झौता गरेको छ । त्यसैगरी सबैभन्दा ठूलो चामल निर्यातक थाइल्याण्ड तथा क्याम्बोडियासँग पनि चामल खरीद गर्न सक्ने उसले बताएको छ ।
'हामीसँग चामलको ठूलो भण्डारण रहेकाले दोस्रो त्रैमाससम्म पर्खन पनि सक्थ्यौं । तर, दोस्रो त्रैमासमा चामलको भाउ घट्छ नै भन्ने निश्चित छैन,’ अहिले नै चामल खरीद गर्नुको कारणबारे फिलिपिन्सको राष्ट्रिय खाद्य प्राधिकरणका प्रशासक एञ्जेलिटो बनायोले भने । भियतनाम खाद्य सङ्गठनले २५ प्रतिशत कनिका (ब्रोकन राइस) को न्यूनतम मूल्यमा १ प्रतिशतले वृद्धि गर्दै प्रतिटन ४ सय ९५ डलर पुर्याएको छ । सङ्गठनले डिसेम्बरमा पनि चामलको न्यूनतम मूल्यमा १४ प्रतिशतले वृद्धि गरेको थियो । रोयटर्स
टयुनिशियाको प्रदर्शनमा १४ को मृत्यु
पुस २६, टयुनिश (टयुनिशिया) । टयुनिशियामा सप्ताहान्तमा भएको दङ्गामा १४ जनाको मृत्यु भएको त्यहाँको आन्तरिक मन्त्रालयले सोमवार बताएको छ । बेरोजगारी तथा अन्य सामाजिक समस्याको विरोधमा डिसेम्बर १७ देखि शुरू भएको हिंसा उक्त उत्तर अफृकाअ अप्रिम्की देशका थुप्रै शहरमा फैलिएको छ । विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेका एक २६ वर्षिय वषर्ीय युवकले आफ्नै शरीरमा आगो लगाएर जलेपछि उक्त हिंसा शुरू भएको थियो । अनुमतिविना व्यापार गरेको आरोपमा उनको फलफूल तथा तरकारी प्रहरीले जफत गरेपछि ती युवकले आफ्नै शरीरमा आगो लगाएका थिए । ती युवकको पछि मृत्यु भएको थियो । त्यस दुःखद घटनाबाट उद्वेलित भएका शिक्षित तथा बेरोजगार युवाहरूले देशभरि प्रदर्शन गरेका हुन् । एपीरासस
मोजाम्बिकले भारतलाई थप कोइलाखानी नदिने
पुस २६, मापुटो (मोजाम्बिक) । मोजाम्बिकले भारत सरकारको थप पाँचओटा कोइलाखानीसम्बन्धी सम्झौताको आग्रहलाई अस्वीकार गरेको छ । भारतले पहिले हाल पाएकै दुइओटा कोइलाखानीका ब्लकलाई विकसित गर्नुपर्ने मोजाम्बिकका खनिजपदार्थ उपमन्त्री अब्दुल रजाकले बताए । भारतीय कोइलामन्त्री श्रीप्रकाश जयसवालसँगको वार्तापछि रजाकले यस्तो धारणा व्यक्त गरेका हुन् । जयसवाल कोल इण्डिया लिमिटेड (सीआईएल) का अधिकारीहरूसँग आइतवार मोजाम्बिक आइपुगेका थिए । उनले मोजाम्बिकसँग त्यस देशमा थप उत्खनन गर्ने अधिकार प्राप्त गर्न चाहेका थिए । अप्रिम्की देश मोजाम्बिक अझै उत्खनन नगरिएको विश्वको सबैभन्दा ठूलो खनिजस्रोत भएको देशमध्ये एक हो । गत महिना कोइलाखानी उत्खनन गर्ने भारतको सरकारी कम्पनी सीआईएललाई मोजाम्बिकले उसको मोआटाइज क्षेत्रमा दुइओटा ब्लक उत्खनन गर्ने अधिकार दिएको थियो । ती दुइ ब्लकमा सीआईएलले आगामी ५ वर्षा ४० करोड डलर लगानी गर्ने तथा ३ हजार कामदारलाई रोजगार दिने उक्त कम्पनीका अधिकारीहरूले आइतवार बताएका छन् । सीआईएलले आगामी दशकमा त्यस क्षेत्रबाट १ करोड टन कोइला आयात गर्ने योजना रहेको छ । रोयटर्स
प्रदर्शनपछि ढाका शेयरबजार बन्द
पुस २६, ढाका (बङ्गलादेश) । बङ्गलादेशमा हजारौं लगानीकर्ताको प्रदर्शनपछि मुख्य शेयरबजारको कारोबार सोमवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले लाठीचार्जसमेत गरेको प्रहरी अधिकृत मोहम्मद सोहीदुल्लाहले बताए । त्यसपछि पनि प्रदर्शन जारी नै रहेको थियो । प्रदर्शनकारीले गाडीहरूमा तोडफोड गर्ने, टायर बाल्ने तथा सरकारविरोधी नारा लगाउने काम गरेका थिए । एक जना प्रदर्शनकारी मुकुल अहमदले गएको तीन महीनामा ३ हजार डलर गुमाएको बताए । ४ वर्षसम्म सरकारी जागीर खाँदा बचत गरेको ७ हजार ५ सय डलर शेयरबजारमा लगानी गरेको पनि उनले बताए । सोमवार बेलुकासम्म प्रदर्शन सकिइसकेको र शेयरबजार क्षेत्र सामान्य अवस्थामा फर्किसकेको छ । तैपनि ढाका तथा चटगाउँका शेयर बजारहरू अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको सरकारी वेबसाइटमा जारी एक सूचनामा भनिएको छ । ढाका एक्सचेञ्जको परिसूचकाङ्क आइतवार ७ दशमलव ८ प्रतिशतले तथा सोमवार बिहान ९ प्रतिशतले ओर्लेपछि बजारलाई थप ओर्लिन नदिन बन्द गरिएको हो । एपीरासस