शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कात्तिक ३, अमेरिका (न्यूयोर्क) । मार्भल इण्टरटेनमेण्टले आफ्नो 'हल्क' ट्रेडमार्क जोगाउन प्रतिरक्षात्मक कदम चालेको छ । उसले अमेरिकाको ओहियोस्थित एक विद्युतीय सामग्री निर्माता कम्पनी, एयरबेस इण्डष्ट्रिजलाई लक्षित गर्दै यस्तो कदम चालेको हो । एयरबेसले 'हल्क'को ब्राण्डमा औद्योगिक तथा घरेलु सामग्रीहरू उत्पादन गरिरहेको छ । उसले यस ब्राण्डको बजारीकरणका लागि 'शक्तिको प्रवाह' भन्ने टयागलाइनसमेत बनाइसकेको छ । मार्भलले यसप्रति रोष व्यक्त गरेको छ ।एयरबेसअर्न्तर्गतको एक कम्पनीले गतवर्ष 'हल्क' ट्रेडमार्क दर्ता गराएको थियो । विगतका वर्षहरूमा अन्य कम्पनीहरूले पनि अमेरिकाको प्याटेण्ट एण्ड ट्रेडमार्क अफिसमा 'हल्क' ट्रेडमार्क दर्ता गरेका थिए । जसमा 'हल्क' तालाको निर्माता एक सुरक्षा कम्पनी, उद्योगहरूमा ग्रिज सफा गर्ने 'हल्क' डिटरजेण्टको उत्पादक आदि रहेका छन् । यसबाहेक विभिन्न कुस्तीबाज तथा रियालिटी टेलिभिजन कार्यक्रमका कलाकारहरूले पनि 'हल्क' नामको प्रयोग गरिरहेका छन् ।

सन् २००९ अक्टोबरमा ट्रेडमार्क अफिसका एक जना निरीक्षकले एयरबेसलाई यो नाम प्रयोग गर्ने अनुमति प्रदान गरेका थिए । मार्भलले त्यसको विरोध गरेको थियो । अहिले एयरबेसले आफ्नो 'हल्क एयर कम्प्रेसर'को विक्री थालेपछि मार्भलले ओहियो जिल्ला अदालतमा मुद्दा हालेको छ । मार्भलले एयरबेसलाई आफ्नो 'हल्क'को हरियो रङ हुबहु चोरी गरेको आरोप लगाएको छ । उसले एयरबेसको 'हल्क' लोगोसमेत आफ्नो जस्तै भएको बताएको छ । 'लोगो र रङ हाम्रो 'हल्क'सँग यति धेरै मिल्छ कि यसले उपभोक्ताहरूमा ती विद्युतीय सामानहरूको विक्रीका लागि मार्भलले अनुमति वा लाइसेन्स दिएको भन्ने भ्रम पर्ने पक्का छ', कम्पनीले भनेको छ । मार्भलले प्रतिवादीले प्रयोग गरेका 'हल्क' ट्रेडमार्कको खारेजी तथा प्रतिबन्ध चाहेको छ । मार्भल वाल्ट डिस्ने अन्तर्गतको एक कम्पनी हो । मार्भलले 'हल्क'को नाममा सफल तथा बहुचर्चित चलचित्रको शृङ्खला निर्माण गरिसकेको छ । रोयर्टस
 

चीनले 'दुर्लभ खनिज’ निर्यात रोक्यो

कात्तिक ३, अमेरिका (वाशिङ्टन) । चीनले केही खेप दुर्लभ खनिजहरू 'रेयर अर्थ्स’ अमेरिका निर्यात हुनबाट रोकेको छ । यी खनिजहरू अमेरिकी औद्योगिक उत्पादनका लागि महत्वपूर्ण छन् । चीनले अमेरिकाले गरेको एक खोजप्रति क्रुद्ध भएर यस्तो कदम चालेको र यो रणनीति यसअघि जापानविरुद्ध प्रयोग गरिसकेको द न्युयोर्क टाइम्स अखबारले लेखेको छ । उद्योग सम्बद्ध अधिकारीहरूलाई उद्धृत गर्दै अखबारले भनेको छ- चीनले गत साता यी खनिज पानीजहाजमा राखिनबाट कुनै होहल्ला नगरीकन रोकेको छ । चीनले हरित प्रविधिलाई दिएको भनिएको एउटा अनुदानमाथि अमेरिकाले छानविन शुरू गरेको प्रतिवाद स्वरूप यसो गरिएको हो ।

'चिनियाँ प्रतिबन्ध जापानबाहेकका देशमा फैलिँदै छ', एक नाम उल्लेख नगरिएका अधिकारीलाई उद्धृत गर्दै अखबारले लेखेको छ । आइपड र हाइब्रि कार उत्पादन गर्ने उच्च प्रविधियुक्त प्रमुख जापानी र अमेरिकी कम्पनीहरूले दुर्लभ खनिज भनिने १७ वटा तइभ्वको समूहका खनिजहरू प्रयोग गर्दछन् । यस्ता दुर्लभ खनिजको ९५ प्रतिशत बजार चीनले ओगटेको छ । जापानी उद्योगहरूले भनेका छन्, बेइजिङले गत महिना जापानविरुद्ध यस्तै कदम चालेको थियो । एक चिनियाँ माछा मार्ने जहाजका क्याप्टेनलाई दुवै देशबीचको विवादित समुद्री क्षेत्रमा जापानले समातेपछि यसो गरिएको थियो । जापानले ती क्याप्टेनहरूलाई मुक्त गर्यो । तर, केही पुरातनपन्थी सांसदहरूले जापानी प्रधानमन्त्री नाओतो कानलाई चीनलाई हौस्याएको आरोप लगाएपछि विवाद उत्पन्न भएको हो ।

दुर्लभ खनिजको यो विवादले विश्वका प्रमुख अर्थतन्त्रहरूलाई यसको आपूर्तिका लागी चीनमा मात्रै निर्भर नहुन आग्रह गर्न थालेका छन् । बेइजिङले आफ्नो आर्थिक हैसियतलाई राजनीतिक प्रयोजनमा उपयोग गर्ने क्रम बढ्ने त्रासका कारण यस्तो आग्रह भएको हो । गत शुक्रवार अमेरिकाले हरित ऊर्जाका लागि चिनले दिएको भनिएको अर्बौँ डलरबराबरको गैरकानुनी अनुदानमाथि छानविन गर्ने घोषणा गरेको थियो । द्रुत गतिले विकास भएको हरित ऊर्जामा पनि अधिपत्य जमाउन चीनले यस्तो अनुदान दिएको अनुमान छ ।

अमेरिकाका स्टील कारखाना सम्बद्ध मजदूर सङ्गठनहरूले व्यापार अधिकारीहरूलाई यसबारे अनुसन्धान गर्न आवेदन गरेपछि यो छानविन थालिएको थियो । यस्तो अनुदान विश्व व्यापार सङ्गठनका प्रावधानहरू विपरीत भएको र त्यसले अमेरिकी रोजगारीका अवसरलाई कटौती गर्ने ती सङ्गठनहरूको आरोप छ । चीनले यी आरोपको खण्डन गरेको छ र अमेरिकाले पनि यस्ता कम्पनीलाई अनुदान दिएको भन्ने जवाफ फर्काएको छ । चीनले दुर्लभ खनिजको निर्यात रोक्ने आफ्नो नीति नभएको र सम्बन्धित कम्पनीहरू आफैले त्यसो गरेको प्रतिक्रया दिएको छ । एएफपी


पाँच लाख कर्मचारी कटौती योजना

कात्तिक ३, बेलायत (लण्डन) । बेलायतले आगामी चार वर्षभित्र ४ लाख ९० हजार सरकारी कर्मचारी कटौती गर्ने जानकारी त्यहाँको सरकारले बुधवार दिएको छ । र्सार्वजनिक खर्चमा १ खर्ब २५ अर्ब पाउण्ड कटौती गर्ने योजना कार्यान्यन गर्ने सन्दर्भमा ती कर्मचारी हटाइन लागेका हुन् । कन्जर्भेटिभ पार्टीका अर्थमन्त्री जर्ज अस्वोर्नले यो घोषणा गर्नेबित्तिकै अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको भाउ हल्का बढेको थियो । यो घोषणाले अर्थमन्त्री अस्वोर्नले गत असारमा प्रस्तुत गरेको वजेटमा उल्लेख भएको खर्च घटाउने कार्य योजनालाई कार्यान्वयनतर्फ लैजानेछ । उनले यो घोषणा गर्दै गर्दा एक पाउण्डको भाउ १ दशमलव ५७१८ वाट १ दशमलव ५७४५ पुगेको थियो ।

कर्मचारी कटौतीको यो योजनाप्रति अर्थविद्हरूको मत विभाजित छ । केहीले यसलाई आवश्यक कदम ठानेका छन् भने केहीले यस्तो कटौतीले बेलायतलाई पुनः आर्थिक मन्दीतर्फधकेल्ने तर्क गरेका छन् । तर आर्थिक वृद्धि ढिलो दरमा हुने र बैङ्क अफ इङल्याण्डले आफ्नो मौद्रिक नीतिलाई आउँदो लामो समयसम्म अति खुकुलो राख्नुपर्ने कुरामा भने सबै सहमत छन् । बेलायतमा बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ११ प्रतिशत छ । यो जी-७ समूहमा सबैभन्दा धेरै हो । यसलाई ५ वर्षभित्रमा २ प्रतिशतमा झार्ने योजना छ ।
रोयटर्स

'चीनले ज्यालादर बढाउनुपर्छ'
कात्तिक ३, मेक्सिको (तिथुना) । संसारका सबभन्दा धनी व्यक्तिल