शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''नेपालमा सूचनाप्रविधिको प्रयोग भर्खर शुरू भएको छ'' -  विभोर अग्रवाल
पूरा आकारमा हेर्नुहोस्निर्देशक, आईटी ट्रेड रिभोलुशन प्रालि


 

नेपालमा माश स्टोरेजका सामग्रीको बजार कस्तो छ ?

नेपालमा सूचनाप्रविधका उपकरणहरू अत्यधिक मात्रामा आइरहेका छन् । माश स्टोरेज डिभाइस पनि यसैअन्तरगत पर्दछ । यसमा थुप्रै ब्राण्ड छन् । नेपाली बजारमा भने चीन, ताइवान, जापानलगायतका देशमा उत्पादन हुने ब्राण्डका सामग्री पाइन्छन् । अहिले ब्राण्डेडभन्दा पनि चोरीका सामानहरू धेरै आउने गरेका छन् । साना सामान भएकाले चोरी गरेर ल्याउन पनि सजिलो हुन्छ । यसले गर्दा सरकारको राजस्वमा धेरै घाटा भएको छ । भन्सार छलेर आएका सामानले ग्राहकहरूले सक्कली सामान सजिलै नपाउने अवस्था छ । कतिपय अवस्थामा निर्यात गर्नेहरूले नै बदमासी पनि गरेका हुन्छन् । कहिलेकाहीँ ब्रि्रेका सामानहरू पनि प्याक गरेर पठाउने गरेको पाइएको छ । यी समस्या हुँदाहुँदै पनि बजार भने निरन्तर बढिरहेको छ ।

यसले ग्राहकलाई के समस्या पर्न सक्छ ?

सिलप्याक सामान नआउँदा एक त सक्कली सामान पाउन सक्दैनन् । अर्कोतर्फ कम्पनीले २ वर्षको वारेण्टी दिएको भए पनि यहाँ २/३ महीनाको मात्र वारेण्टी दिने गरिएको छ । ग्राहकले बिल नपाउने अवस्था हुन्छ । त्यस्तै खुल्ला अवस्थामा ल्याइएका सामान खोलिएका पनि हुन सक्छन् । सक्कली सामान निकालेर कम गुणस्तरका सामान पनि प्रयोग गर्न सक्छन् ।

ठगिनबाट जोगिन ग्राहकले सामान खरीद गर्दा कुनकुन विषयमा ध्यान दिनुपर्छ ?

ग्राहकले सिलप्याक सामान मात्र खरीद गर्नुपर्छ । अर्कोतर्फ करबीजक लिएर मात्र सामान खरीद गर्नुपर्छ । यसो भएमा कमसल सामान पर्ने सम्भावना कम हुन्छ ।

नेपालमा माश स्टोरेजका सामग्रीहरूको कुल व्यापार कतिको छ ?

नेपालमा करीब ९० प्रतिशत सामान वैकल्पिक बाटो भएर आउने हुनाले यसको कुनै अनुमान गर्न सकिँदैन । वैधानिक बाटोबाट आउने हो भने भन्सार कार्यालयमा त्यसको तथ्याङ्क हुन्छ, त्यही आधारमा कति कारोबार हुन्छ, भन्न सकिन्छ । मेरो अनुमानमा वार्षिक १५ मिलियन डलरबराबरका माश स्टोरेज डिभाइसहरू आयात भएको हुनुपर्छ ।

यति धेरै सामान वैकल्पिक बाटो भएर आउनुको कारण के हो ?

खुल्ला सीमानाको कारणले पनि यसमा काम गरेको छ । अर्कोतर्फ यी तिर्नुपर्छ यही कारणले नै धेरै सामान भन्सार छलेर आउने गरेका छन् । अर्कोतर्फयस्ता सामानहरूको आकार सानो हुन्छ । सजिलै लुकाएर ल्याउन सकिन्छ ।

सरकारी निकायको कमजारीले यस्तो समस्या बढेको हो ?

नेपालमा यति धेरै खुल्ला सीमाना छन् । यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन । तर, सरकारले यस्ता सामानमा लाग्ने करलाई घटाइदिने हो भने अहिले जति पनि सामान भन्सार छलेर आउने गरेका छन्, ती सबै भन्सारबाट नै आउँछन् । चोरीको बाटो भएर ल्याएका सामान यहाँ बेच्दा आउने नाफा नै नहुने अवस्थाको सिर्जना गर्ने हो भने उनीहरूले चोरीको बाटो रोज्दैनन् । यसको एक मात्र विकल्प भनेको भन्सार घटाउनु हो । मैले सरकारले केही पाउनुपर्दैन भनेको होइन । अहिले लिँदै आएको भ्याटलाई पूर्ण रूपमा घटाएर पाँच प्रतिशत करलाई केही बढाए मात्र पुग्छ । यति भएमा कसैले पनि नेपालमा सामान भियभयाउनका लागि वैकल्पिक बाटो रोज्दैनन् । यो सामान भनेको एउटा सामानमा थोरै नाफा भए पनि अत्यधिक विक्री हुने सामान हो । पाँच प्रतिशत सामानमा मात्र कर छल्यो भने पनि लाखौँ नाफा हुन्छ । यस्तो अवस्थामा हामी पूर्ण रूपमा कर तिरेर सामान ल्याउनेहरूले बजारमा सामान बेच्न नै नसक्ने अवस्था छ ।

नेपालमा माश स्टोरेज डिभाइसको बजारको भविष्य कस्तो देख्नुभएको छ ?

यसको भविष्य सरकारको नीतिमा भर पर्छ । कम्प्युटर, इमेल, इण्टरनेटआदिको प्रयोग गर्ने मानिसहरूको सङ्ख्या दिनदिनै बढिरहेको छ । साथै, माश स्टोरेज डिभाइसको प्रयोग गर्ने मानिसको सङ्ख्या पनि बढ्छ नै । नेपालमा अहिले सञ्चार प्रविधिमा त्यति धेरै विकास भइसकेजस्तो लाग्दैन । विकास हुँदै छ । यो विकाससँगै बजार अवश्य बढ्छ ।

भर्बेटमको माश स्टोरेज डिभाइस कहाँको ब्राण्ड हो ?

यो मित्सुबिसीको ब्राण्ड हो । यसका फ्याक्ट्री मलेसिया, जापान र ताइवानमा छन् । यहाँ आउने सामान फरकफरक ठाउँमा बनेर आउँछन् । तर, गुणस्तरमा भने जहाँ बनेको भए पनि सबैमा एकरूपता छ । यसमा २ वर्षको वारेण्टी हुन्छ । यो समयमा ग्राहकको कारण नभई सामान बिगे्रको सामानहरूमा १३ प्रतिशत भ्याट लाग्छ र पाँच प्रतिशत भन्सार तिर्नु पर्छ । पाइएमा उक्त सामानको सट्टामा अर्को दिने गरेकेका छौँ ।