गाउसम्म दन्तचिकित्सक पु¥याउने व्यवस्था गरिनुपर्छ
यो वर्ष ६ ओटा संस्था थपिएका छन् । विराटनगर, धरान, भैरहवा र वीरगञ्जमा एक÷एकओटा कलेज स्थापना भएका छन् । चितवनमा दुईओटा र बाँकी काठमाडौंमा छन् । यी सबै अस्पतालले डेण्टल चिकित्सक उत्पादन गर्छन् ।
बुद्धिमान श्रेष्ठ
महासचिव,
प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज एशोसिएशन
ओरलकेयरलाई कसरी सहज बनाउन सकिन्छ ?
सबैभन्दा पहिले फ्लोराइडयुक्त मञ्जनबाट नियमित ब्रश गर्नुपर्छ । सम्भव भएसम्म गुलिया खानेकुरा (विशेष गरी मिठाइ) खानु हुँदैन । सम्भव नभएमा खाना खाने समयको बीचमा खानु पर्छ । खाना खाइसकेपछि मुखलाई राम्रोसँग कुल्ला गर्नुपर्ने हुन्छ । दुईओटा दाँतका बीचमा रहेको फोहरलाई सफा गर्न डेण्टल फ्लसको प्रयोग गर्दा राम्रो हुन्छ । त्यस्तै ‘इटरडेण्टल एड’को प्रयोग पनि गर्न सकिन्छ । प्रत्येक मानिसले ६ महीनाको अवधिमा चिकित्सकबाट दाँतको परीक्षण गराइरहनु पर्छ । मुखमा स–साना खटिराहरू आउँदा बेवास्ता नगरी सम्बन्धित चिकित्सकसँग परीक्षणका लागि जानुपर्छ । हामीले नङ, कलमको बिर्को टोक्ने, सुर्ती र पानपराग खानु हुँदैन । सामान्यतया ओरलकेयर भन्नाले मुख तथा दन्त स्वास्थ्यको हेरचाहलाई बुझ्नु पर्छ । ओरलकेयरअन्तर्गत ‘ओरल क्याभिटी’ पर्ने गर्छ । ओरल क्याभिटी भनेको मुखभित्रका अङ्गहरू हुन् । यसअन्तर्गत दाँत, गिजा, गिजालाई सपोर्ट गर्ने तन्तुहरू, जिब्रो र तालुलगायत पर्ने गर्छन् ।
ओरलकेयर अध्ययन गराउने संस्थाहरू खुल्ने क्रम निरन्तर बढ्दै जानुको मुख्य कारण के हो ?
अहिले ११ ओटा डेण्टल कलेज स्थापना भइसकेका छन् । नेपालमा अघिल्लो वर्षसम्म पाँचओटा संस्था मात्र रहेका थिए । यो वर्ष ६ ओटा संस्था थपिएका छन् । विराटनगर, धरान, भैरहवा र वीरगञ्जमा एक÷एकओटा कलेज स्थापना भएका छन् । चितवनमा दुईओटा र बाँकी काठमाडौंमा छन् । यी सबै अस्पतालले डेण्टल चिकित्सक उत्पादन गर्छन् । त्यस्तै पाँचओटा डेण्टल ‘हाइजिन’ कलेज पनि स्थापना भएका छन् । त्यसमध्ये पोखरामा एउटा र बाँकी सबै काठमाडौंमा नै छन् । हालसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्तचिकित्सकको सङ्ख्या १ हजार पुगिसकेको छ । पछिल्लो समय अन्तरराष्ट्रिय स्तरमा डेण्टल चिकित्सको माग बढिरहेको छ । अष्ट्रेलियामा सन् २००७ देखि सबैभन्दा बढी आम्दानी गर्ने पेशाको सूचीमा पर्छ । तर, नेपालमा डेण्टल केयरसम्बन्धी जनशक्तिको अझै अभाव छ । अहिले अध्ययन गराउने संस्थाहरू खुल्ने क्रमलाई हेर्दा केही वर्षभित्रमै जनशक्तिको अभाव पूर्ति हुने देखिन्छ । पहिलेका वर्षको तुलनामा आकर्षण पनि बढ्दै गएको देखिन्छ । यसलाई विस्तार गर्न सरकारी अस्पतालमा डेण्टल चिकित्सकको दरबन्दी राख्नु आवश्यक छ । हालसम्म शहरमा बसोबास गर्ने मानिसले मात्र डेण्टल सेवा उपभोग गरिरहेका छन् । गाउँमा भएका मानिसले जीवनभर डेण्टल सेवा उपयोग गर्न पाएका छैनन् । सरकारले गाउँगाउँसम्म डेण्टल चिकित्सक पु¥याउने व्यवस्था गरेमा धेरै नेपाली लाभान्वित हुने थिए । यस्तो व्यवस्था भएको खण्डमा हाम्रो नारा ‘८० वर्षको उमेरसम्म २० ओटा दाँत राख्नुस्’लाई पूरा गर्न सकिन्थ्यो ।
तुलनात्मक रूपमा केही महगो मानिने यो उपचार पद्धतिलाई कहिलेसम्म सर्वसाधारणको पहुचमा पुर्याउन सकिएला ?
यसलाई विश्वमै चौथो महँगो उपचार मानिन्छ । विगत १४ वर्षयता उपचार पद्धतिमा धेरै परिवर्तन आइसकेको छ । ओरलकेयर गर्ने मानिसको सङ्ख्या निरन्तर बढिरहेको छ । यसलाई सकारात्मक रूपमा लिनु पर्छ । यति हुँदाहुँदै पनि हाम्रो उपस्थिति शहरी क्षेत्र र जिल्ला सदरमुकाममा सीमित छ ।
ओरलकेयरको व्यावसायिक अवस्था कस्तो छ ?
ओरलकेयरका क्षेत्रमा हालसम्म ३ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । तथ्याङ्कलाई आधार मान्दा सम्भावना भएर नै नयाँ लगानी आइरहेको हो । विश्वमै महँगो उपचार पद्धति भए पनि सबैलाई ओरलकेयरको आवश्यकता रहेको छ । नेपालमा सबै मानिसमा नियमित ओरलकेयरको पर्याप्त ज्ञान छैन । त्यसकारण उपचार गर्ने बानीको विकास हुन नसकेको हो । अहिले नेपालमा ६ सय जना डेण्टिष्ट तथा ३ सय जना हाइजेनिष्ट कार्यरत छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार पनि सबैभन्दा बढी समस्या मुखमा देखिएको छ । त्यसैले यसको उपचारबाट कोही पनि टाढा रहन सक्दैन ।