शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पर्यटनमा सबै लगानी निजीक्षेत्रको छ

अर्जुनप्रसाद शर्मा
अध्यक्ष, नेपाल एशोसियशन अफ टूर
एण्ड ट्राभल्स एजेट (नाट्टा)

ट्राभल एजेन्सीलाई सर्वसाधारणले कसरी बुझ्ने?
ट्राभल एजेन्सी भनेको भ्रमण कार्यक्रम बनाइदिने एउटा व्यवस्थापक हो। पहिले पर्यटकहरू एक ठाउबाट अर्को ठाउमा जानका लागि समूह बनाइन्थ्यो। अहिले यसमा पनि सङ्गठित हुने परम्पराको शुरुआत भएको छ। छुट्टीको समयमा घुम्न जाने जुन प्रणालीको विकास भयो, त्यसलाई व्यवस्थापन गर्न ट्राभल एजेन्सीको आवश्यकता महसूस भयो।

नेपालमा पर्यटनको अवस्था चाहिँ कस्तो छ?
जनसङ्ख्याको वृद्धिसँगै यात्रा गर्ने मानिसको सङ्ख्या पनि बढ्दै जाने हो। पर्यटन भनेको प्रकृतिको उपहारसँग सम्बन्धित हुन्छ। नेपालको सन्दर्भमा पुर्खाहरूले दिएको प्रडक्टलाई नै हामीले बजार प्रवर्द्धन गरिरहेका छौँ। गएको ४०/५० वर्षमा हामीले नयाप्रडक्ट दिन सकिरहेका छैनौँ।

नयाप्रडक्ट दिन के समस्या छ?

हाम्रो देशमा आर्थिक अवस्था त्यति राम्रो छैन। नयाँ गन्तव्य र उत्पादन हुदाहुदै पनि सरकारले पूर्वाधारको विकास गर्न नसकेकाले उचित मात्रामा पर्यटक भियभयाउन सकेका छैनौँ। दुई वर्षअघि सम्म घुम्नै पर्ने विश्वका १० वटा देशको सूचीमा नेपाल थियो, अहिले ६ वटा देशभित्र परेको छ। विश्वका यति धेरै मानिसले नेपालको भ्रमण गर्न चाहदाचाहदै पनि भ्रमण गर्न सकिरहेका छैनन्।

सरकारलाई मात्रै दोष दिनुहुन्छ, व्यवसायीहरूले चाहिँ केही गर्नहुन्न?

पर्यटन व्यवसाय निजी क्षेत्रले नेतृत्व गरेको उद्योग हो। यसमा सरकारको कुनै आक्रामक भूमिका छैन। नेपालमा पर्यटन भियभयाएको निजी क्षेत्रले हो। यसमा सबै लगानी निजी क्षेत्रको छ। सरकारले त आफैँले बनाएको नीतिलाई लागू गरिदेओस् भन्ने व्यवसायीहरूको माग छ। समय– समयमा आवश्यक सहयोग गरोस् भन्ने हो। हामीले संसारभरि खोजेर ल्याएका पर्यटकलाई राम्रोसँग घुमाउन सकिने वातावरण बनोस्। निजी क्षेत्रको लगानी नभएको भए यो उद्योगले यति ठूलो रूप लिन सक्दैनथ्यो। सरकारले के गरिदियो भने पर्यटन व्यवसायको विकास हुनसक्छ? अहिलेसम्म व्यक्तिगत तवरले नै अन्तरराष्ट्रिय स्तरमा मार्केटिङ गरिरहेका छौँ। नेपाल पर्यटन बोर्ड आएपछि सार्वजनिक– निजी साझेदारीमा काम भएको छ। यतिले मात्रै हाम्रा प्रडक्ट बिक्दैनन्। सबैभन्दा पहिले त योजना आयोग र सरकारमा बसेका अधिकारीलाई पर्यटन व्यवसायका बारेमा बुझाउनुपर्ने देखिन्छ।

ट्राभल र टूर्स व्यवसायीका लागि नाट्टाले केकस्ता मुद्दा उठाउदै आएको छ?
नाट्टा पर्यटन व्यवसायीमा सबैभन्दा जेठो सङ्गठित संस्था हो। हाम्रो संस्था सन् १९६६ मा स्थापना भएको हो। नेपालमा ट्राभल व्यवसायलाई आजको अवस्थामा ल्याउन चार दशक बिताइसकेको यस संस्थाको ठूलो भूमिका छ। हाम्रा सदस्यहरू राष्ट्रियस्तरको बजार व्यवस्थापनमा गएका छन्। नीति/नियम बनाउन सरकारलाई आवश्यक सल्लाह र सुझाव दिइरहेका छन्। अहिले नयापिँढीको यस क्षेत्रमा ठूलो आकर्षण छ। हाम्रो सदस्य सङ्ख्या पनि ८०–९० प्रतिशतले बढेको छ। यहाँ राम्रो भविष्य देखेर नै उनीहरू आकर्षित भएका हुन्।
 
पर्यटनका विषयमा सरकारलाई सल्लाह– सुझाव दिने, विभिन्न अन्तरक्रिया गर्ने, नीति/नियम बनाउन सरकारलाई सहयोय गर्ने हाम्रो मुख्य काम हो। अन्तरराष्ट्रिय स्तरमा गएर मार्केटिङ गर्ने, आफ्ना सदस्यहरूलाई प्लेटफर्मको व्यवस्था मिलाइदिने र सदस्य ट्राभल एजेन्सीको हकहितका लागि आवाज उठाउने काम यसले गर्दै आएको छ। अहिले हामीसँग ५ सयभन्दा बढी सदस्य छन्।ट्राभल एजेन्सीको वास्तविक अवस्था कस्तो छ?संसारमा जेजस्तो भए पनि नेपालमा योव्यवसाय निरन्तर बढिरहेको छ। नेपालमापर्यटन बजारको ठूलो सम्भावना भए पनिपूरा गर्न सकिरहेका छैनौँ। व्यक्तिगत क्षमतार सरकारी क्षेत्रबाट गरिने कार्यमा धेरैफरक पर्छ। सरकार अन्तरराष्ट्रिय बजारप्रवर्द्धनमा आक्रामक रूपले नलागेसम्म लयहासिल गर्न सकिँदैन। अहिलेकै अवस्थामापनि वृद्धि चाहिँ भइरहेको छ। अन्य देशमायसको बजार जुन रूपमा बढेको छ, यहाँत्यसअनुसार हुन सकेको छैन।

यो व्यवसायले नेपालमा कति मानिसलाई रोजगारी दिएको छ?
एकजना पयर्टक नेपाल आउदा९ जना मान्छेले प्रत्यक्ष रोजगारीपाउछन्। यही अनुपातलाई हेर्दा पनिवार्षिक ९० लाख मानिसले रोजागारीपाउन सक्छन्। सरकारले राष्ट्रियध्वजावाहक नेपाल वायुसेवा निगमलाईनिकै अप्ठ्यारो ठाउमा लगेर राखिदिएकोछ। यसले गर्दा हामीले वार्षिक जतिरेमिट्यान्स भियभयाउछौँ, त्यति नै मात्रामानेपालमा सञ्चालित विदेशी एयरलाइन्सलेरकम लैजाने गरेका छन्।

ट्राभल व्यवसायीका समस्या के हुन्?
जुनसुकै व्यवसायमा पनि समस्या त भई नै हाल्छन्। विगतका वर्षमानिकै अन्योल हुँदा पनि हामी पर्यटन व्यवसायी निराश भएनौँ। पहिलेको जस्तो निराश नै हुनुपर्ने अवस्था छैन। सरकारले नीति/नियम बनाउने र कार्यान्वयन गर्नुपर्ने हो। तर, उसले समयमा काम नगरिदिनाले समस्या आएको हो। सरकारले समयमा  निर्णय गरिँदिदैन। हामीसँग यातायातको पनि समस्या छ। पुराना गाडीहरू चलाइरहनुपरेको छ। हाम्रा विभिन्न माग पनि सरकारले पेण्डिङमा नै राखिदिएको छ।

पर्यटन वर्ष सन् २०११ को लय भेट्टाउन सकिन्छ?
हामीले पर्यटन वर्षमा १० लाख पर्यटन भियभयाउने लय लिएका छौँ। यो लय नेपालजस्तो देशका लागि धेरै ठूलो होइन। हाम्रा ३–४ वटा माग सरकारले सम्बोधन गर्न सक्नुपर्छ। राष्ट्रिय ध्वजावाहकलाई जहाज खरीद गरिदिनुपर्छ। जुनसुकै देशको पर्यटन विकासका लागि त्यहाको राष्ट्रिय ध्वजावाहकको  भूमिका महइभ्वपूर्ण रहन्छ।नेपाल एयरलाइन्सलाई सरकारले बिरामी बनाएर राखेको छ। यो उद्योग आफैँमा रेडिमेड छ। यसलाई राम्रोसँग चल्न दिए मात्रै ठूलो  फड्को मार्छ। म नेपालका सबै उद्योगपतिलाई पर्यटन व्यवसायमा लगानी गर्न ढिला नगर्नुस् भन्न चाहन्छु।

व्यवसायीहरू नै एकजूट देखिँदैनन् नि?
ट्राभल भनेको धेरै ठूलो क्षेत्र हो।यहाभित्र विभिन्न उपक्षेत्र रहन्छन्। यीमध्ये कुन क्षेत्रलाई बढी प्राथमिकता दिने भन्ने हो। एकअर्कामा प्रतिस्पर्धाभन्दा पनि सहयोगका लागि नै यस्ता विभिन्न संस्था खुलेका हुन्।

पर्यटन वर्षलाई ट्राभल व्यवसायीले कसरी लिएका छन्?
अन्तररास्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्ने यो ठूलो अवसर हो। पर्यटन वर्ष घोषणागर्दैमा मान्छे आउने र नगर्दैमा नआउनेहोइन। पर्यटन वर्ष ट्राभल व्यवसायीको मात्रै होइन, सबै नेपालीको हो। विभिन्न समयमा विवादित भएर अलग भएका मानिसलाई पनि एउटै टेबलमा ल्याउन पर्यटन वर्षले सहयोग गरेको छ।

ट्राभल व्यवसायको भविष्य कस्तो रहला?

ट्राभल भनेको एक किसिमले व्यवस्थापन हो। यो व्यवसाय निरन्तर बढिरहेको छ। देशको आर्थिक भविष्यलाई चम्काउने पर्यटन व्यवसाय नै हो। समग्ररूपमा  यसको भविष्य निकै उज्ज्वल छ।