शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''विदेशमा नेपाली उत्पादनको माग छ'' -बावुकाजी श्रेष्ठ
पूर्वअध्यक्ष, नेपाल कपडा तथा सिलाइ  व्यवसायी
सङ्घ (सञ्चालक, श्रेष्ठ टेलरिङ सेण्टर)


नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घले के गर्दै छ ?

नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ देशभरीका व्यवसायीहरुको छाता सङ्गठन हो । यो सङ्घ अस्तित्वमा आएको करिव एक दशक पुग्न लागेको छ । शुरुमा १ सय ५० जति मात्रै व्यवसायी यसका सदस्य थिए । हामीले १६ वटा जिल्लामा शाखा गठन गरिसकेका छौं । सङ्घ अहिले नेपाल उद्योग बाणिज्य महासङ्घमा आवद्ध हुन दर्ता प्रक्रियामा छ ।



जेन्ट्स् वियरलाई कसरी बुझ्न सकिन्छ ?

जेन्ट्स् वियरमा केटा मान्छेलाई चाहीने सबै कपडाका सामग्रीलाई बुझनु पर्छ । यस मध्ये हामीले सुट र सर्ट पाइण्टको कपडा बनाउने हो ।  विशेषगरी जेन्ट्स् वियरमा सर्ट पाइण्ट, ज्याकेट, स्वेटर, जुत्ता मोजा लगायतका सामग्रीहरु पर्छन् ।

यहाँहरुले केकस्ता प्रडक्ट उत्पादन गर्नु हुन्छ ?

नेपाली व्यवसायीले मुख्य रुपमा सर्ट पाइण्ट र कोटहरु उत्पादन गर्छन् । बाँकी केही कपडा विदेशबाट पनि आयात भइरहेका छन् । विदेशबाट आउने कपडामा ७० प्रतिशत चीनबाट आउँछन् । अहिले काठमाडौमा मात्रै ५ सयको हाराहरीमा व्यवसायी छन् । हाम्रो ब्यवसायमा सामान्यत २ ओटा मेशिन राख्दा ५/७ लाख रुपैयाँ लगानी गर्नु पर्छ । हाम्रो अनुमानमा यस व्यवसायमा ३ अर्ब बढीको लगानी छ ।  यसमा १ अर्ब रुपैयाँ भन्दा बढीको जेन्ट्स् वियरका सामानको विक्री-वितरण हुने गर्छ ।

यस व्यवसायमा आकर्षण बढदै गएको हो ?

आकर्षण नबढेको भए लगानी विस्तार हुने थिएन ।  लगानी पनि बढी रहेको पाउँछौं । पहिले टेलरिङ व्यवसाय दलितमा मात्रै सिमित थियो । अहिले यसले व्यवसायिकता पाएको छ । यत्रो तयारी पोशाक आयात हुँदा-हुँदै पनि हाम्रो व्यवसाय फष्टाइ नै रहेको छ

स्वदेशी ब्राण्डले विदेशी बाण्डसँग कत्तिको प्रतिष्पर्धा गर्न सकेका छन् ?

सिलाइमा रेडिमेडसँग दाज्न मिल्दैन । रेडिमेड र यहीँ सिलाउनेमा धेरै फरक हुन्छ । हामीले ग्राहकलाई चित्त बुझाएर पठाउनु पर्छ । तर, रेडिमेडमा त्यस्तो हुँदैन । त्यसमा मन परे किन्ने नपरे नकिन्ने हो । हाम्रो बजार छुट्टै छ । अहिलेकै अवस्थामा पनि राम्रो प्रतिष्पर्धा गर्न सकिन्छ । रेडिमेड कपडाहरु नेपालीको साइजमा नआइ अन्तरराष्ट्रिय साइजमा आउँछ ।  अन्तरराष्ट्रिय साइज भनेको युरोप, अमेरिका, अफ्रिकाको साइजमा आउने हो । त्यस्तो पोसाक नेपालको लागि कमै मात्र ठिक हुन्छ । नेपाली साइजको लागि त हामीले नै पोशाक आपूर्ती गर्ने हो ।  हाम्रो व्यवसायमा वार्षिक २० प्रतिशत भन्दा बढीले लगानी बढीरहेको छ । वार्षिक रुपमा व्यापार पनि बढीरहेको छ । जेन्ट्स् वियरमा विदेशी ब्राण्ड नै बढी विक्री हुने गरेको पाइन्छ । नेपाली ब्राण्डमा श्रेष्ठ टेलरिङ सबै भन्दा अघि छ । श्रेष्ठ टेलरिङको पछी-पछी अरु ब्राण्ड पनि आइरहेका छन् ।

यस व्यवसायको भविष्य के देख्नु हुन्छ ?

समय अनुसार परिवर्तन हुँदै गएमा सफलता पाउन सकिन्छ । अन्यथा सङ्कटमा परिन्छ । किनकी, अहिले बजारमा बहुराष्ट्रिय कम्पनीहरु पनि आइरहेका छन् । नेपालमा डब्लुटीओ (वर्ल्ड ट्रेड अर्गनाइजेशन)को नियम पनि आइसकेको छ । हामी व्यवसायीहरुले पहिलेकै जस्तो सेवा सञ्चालन गरेर पुग्दैन । पुरानो र नयाँ मोडललाई मिलाउदा मात्रै व्यवसायले निरन्तरता पाउन सक्छ ।

नेपाली प्रडक्ट कत्तिको गुणस्तरीय मानिन्छ ?

राम्रोसँग गरेको खण्डमा कुनै पनि विदेशी ब्राण्डसँग प्रतिष्पर्धा गर्न सक्छ । श्रेष्ठ टेलरिङ नेपालकै पहिलो आइएसओ मान्यता प्राप्त टेलरिङ संस्था हो । अरुले गुणस्तर प्रमाण पत्र लिन सकेका छैनन् । टेलरिङ व्यवसायमा गुणस्तर प्रमाण पत्र लिने श्रेष्ठ टेलरीङ नै एक मात्र संस्था हो । अन्यले पनि लिने प्रयास गरी रहेका छन् । यसले पनि नेपाली प्रडक्ट गुणस्तरीयता तिर लम्केको संकेत गर्छ । हामी पनि अन्तरराष्ट्रिय स्तरको गुणस्तर र प्रक्रियामा पोशाक उत्पादन गछौं ।

नेपाली प्रडक्ट अर्न्तराष्ट्रिय बजारमा निर्यात भएका छन् ?

अर्न्तराष्ट्रिय बजारमा माग छ । तर निर्यात गर्न सकेका छैनौं । सूर्य नेपाल बाहेक अन्यले निर्यात गर्न सकेका छैनन् । तर, सूर्य नेपाल टेलरिङ सेवा होइन, गार्मेन्ट फ्याक्ट्री हो । वेलायत, अमेरीका, क्यानडा, डेनमार्कका मान्छे आएर हाम्रा प्रडक्टको माग गरी रहेका छन् । हामीले उनीहरुको माग पुरा गर्न सकेका छैनौं । नेपालमा मजदुर पाउनै गाह्रो भइसकेको छ । कालिगढ तथा मजुदुरको समस्याले पनि निर्यात गर्न सकेका छैनौ । अहिले नया“ कालिगढ उत्पादन हुन सकिरहेको छैन ।

व्यवसायीहरुबीच अस्वस्थ प्रतिष्पर्धा बढदै गएको हो ?

ब्यवसायीहरुका बीच प्रतिष्पर्धा हुनु पर्छ । तर त्यो गुणस्तरीयताको आधारमा हुनु पर्छ । गुणस्तरहिन सामानमा प्रतिष्पर्धा हुँदा नै व्यवसायीहरु पलायन हुन थालेका हुन् । अहिले व्यवासायीहरुले पनि गुणस्तरलाई प्राथमिकता दिदै गएको पाइन्छ । गुणस्तरहिन सामान विस्तारै हराउँदै गएका छन् । समय अनुसार हामी पवरिवर्तन हुन सक्नु पर्छ । अहिलेकै अवस्थामा नयाँ व्यवसायीले ठाउँ अनुसार उच्च स्तरको टेलरीङ हाउस सञ्चालन गर्न २/३ करोड रुपैयाँ लगानी गर्नु पर्छ ।  हामीले वार्षिक २/३ करोड रुपैयाँको कारोवार गर्र्छौं ।  अहिले श्रेष्ठ टेलरिङको मात्रै ३ वटा आउटलेट छन् ।