शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''विद्युत् समस्या समाधान हुनासाथ माग दोब्बर हुन्छ'' ? कृपानन्द झा
बिक्री महाप्रब्रबन्धक
सीजी इलेक्ट्रोनिक्स प्रालि

अहिले एयर कण्डिसर (एसी)को व्यवसाय कस्तो छ
?

राम्रै छ । नेपालमा यसको बजार बढ्दो छ । विद्युत् आपूर्ति निश्चित भएमा यसको बजार बढ्ने पनि निश्चित छ । उच्च वर्गले मात्र प्रयोग गर्ने धारणा भए पनि हालको अवस्थामा मध्यम वर्गका ग्राहकहरू पनि बढिरहेका छन् । हामीले पनि करीब एक दशकदेखि मध्यम वर्गीय ग्राहकहरूलालाई नै बढी बिक्री गरिरहेका छौँ ।

पहिले र अहिलेको बजारमा कस्तो भिन्न्ाता पाउनुभएको छ ?

एक दशकअघि नेपालमा पनि एसी बिक्री हुन्छ र भन्थे, कम्पनीहरू । तर, अहिले समय फेरिएको छ । नेपालमा एसी बिक्री गर्ने कम्पनीहरू धेरै आइसकेका छन् । त्यस्तै त्यतिबेला एसीको बजार काठमाडौँ उपत्यका र केही सीमित शहरी क्षेत्र मात्र थियो । अहिले एसीको बजार देशको अधिकांश स्थानमा छ । पहिला शानका रूपमा प्रयोग हुने एसी आजकल आवश्यकताका रूपमा प्रयोग हुन थालेको छ । पहिला एसी बिक्री गर्ने कम्पनी पनि थोरै थिए । मूल्यमा उनीहरूको नै नियन्त्रण हुने गर्दथ्यो । अहिले भने बजारमा प्रतिस्पर्धा छ । एसी मात्र नभएर विभिन्न विशेषताहरू पनि त्यसमा रहेको हुनुपर्छ । अहिले ग्राहकलाई छनौटको सुविधा पनि धेरै छ ।

त्यतिबेला र अहिलेका ग्राहकमा पनि परिवर्तन आएको हो ?

समय र प्रविधिमा आएको परिवर्तनसँगै ग्राहकको रुचिमा पनि परिवर्तन आइरहेको छ । पहिलाका ग्राहकहरूलाई सामान मात्र पाए पुग्थ्यो । उनीहरू त्यसको मूल्य तथा विशेषता बारे पनि ख्याल गर्दैन थिए । तर, अहिलेका ग्राहक धेरै बाठा छन् । उनीहरूले आफूलाई चाहिने सामानका बारेमा पूर्ण जानकारी राखेका हुन्छन् । अहिलेका ग्राहक सस्तो मूल्यमा सम्पूर्ण सुविधा होस् भन्ने चाहन्छन् । गुणस्तरीय सामानका साथै नयाँ प्रविधि पनि त्यसैमा होस् भन्ने चाहन्छन् । अहिलेका ग्राहकको चित्त बुझाउन साह्रै नै गाह्रो छ । तर, हामी सधै उनीहरूलाई आत्मसन्तुष्टी प्रदान गर्न नै लागिपरेका छौँ । पहिला नेपाली उत्पादन भन्ने बित्तिकै गुणस्तरमा शङ्का गर्दथे । तर, अहिले गुणस्तरीय चाहनेले पनि नेपाली ब्राण्ड खोज्ने गरेका छन् ।

बजारमा एसी बिक्री गर्ने कम्पनीका बीच प्रतिस्पर्धा कस्तो छ ?

बजारमा बिक्री गर्नु भनेको युद्ध गर्नु जस्तै भएको छ । बजारमा स्थापना हुनका लागि पनि अन्य कम्पनीभन्दा अगाडि बढ्नै पर्ने हुन्छ । यहँ कुनै पनि बेला कुनै पनि कम्पनीले बाजी मार्न सक्छन् । मौकामा फाइदा लिन नसक्ने कम्पनी बजारमा टिक्न सक्दैन । हामीले बिक्री गर्ने एलजी र सीजीको एसीले पनि त्यसै अनुरूप प्रतिस्पर्धा गरिरहेको छ । उच्च वर्गका लागि एलजी र मध्यम वर्गका लागि सीजीले प्रतिस्पर्धा गर्छ । प्रतिस्पर्धा धेरै नै गाह्रो छ । यस्तो प्रतिस्पर्धा गरेर नै हामी अगाडि बढिरहेका छौँ । अहिले बजारमा सबै उत्पादनका क्षेत्रमा प्रतिस्पर्धा त छ नै । यसले गर्दा ग्राहकलाई सुविधा भइरहेको छ । तर, ब्राण्डेड एसीको बजारमा प्रतिस्पर्धा चाहिँ स्वस्थ्य नै छ । कुनै पनि कम्पनीले आफ्नो नीति नियमभन्दा तल गएर काम गरेको जस्तो लाग्दैन ।

बजारमा नन ब्राण्डेड एसीहरू पनि धेरै आएका छन् भनिन्छ, यसले कस्तो असर पुर्‍याएको छ ?

त्यो त आएका छन्, भारतसँगको खुला बोर्डरको कारण केही व्यवसायीहरूले मौशमी व्यापार गर्ने गर्दछन् । केहीले चीनबाट पनि सस्ता सामान आयात गर्ने गरेका छन् । तर, त्यस्ता व्यवसायीले बिक्रीपछिको सुविधा प्रदान गर्न सक्दैनन् । त्यसले गर्दा सामान बिग्रिएपछि मर्मत गर्नको लागि समस्या पैदा हुने गरेको छ । हाम्रो प्रतिस्पर्धा त्यस्ता व्यवसायीहरूसँग हुँदैन । हाम्रा ग्राहक नै छुट्टै वर्गका छन् ।

नेपालमा एसी व्यवसायको भविष्य कस्तो छ ?

म त सारै राम्रो देख्छु । नेपालीहरू धेरैले घरमा एसी राख्ने क्षमता राख्छन् । नेपालमा विद्युत्को समस्या समाधान हुनासाथ एसीको माग दोब्बर हुन्छ । अहिले एसी प्रयोग गर्न चाहे पनि त्यसको उपभोग गर्न पनि बत्तिले दिँदैन । त्यसमा पनि नेपालमा आधुनिक व्यावसायिक भवनको निर्माण पनि व्यापक भएको छ ।

एसीको व्यवसाय गर्न कति पुजी चाहिन्छ ?

यो शुद्ध आयातमा आधारित व्यवसाय हो । लगानी कति गर्ने भन्ने चाहीँ उसले कति सामान आयात गर्न सक्छ भन्नेमा भर पर्छ । यस्तो व्यवसायमा लगानीभन्दा पनि व्यवस्थापनको आवश्यकता पर्छ । व्यवसायको बजार अनुशार जति पनि लगानी उपयुक्त हुन सक्छ । करोडौँ नै लगानी गर्नुपर्छ भन्ने छैन ।

सीजीले बेच्ने एसीमा कस्तो विषेशता रहेको छ ?

अहिले सीजीले नेपाली ब्राण्ड सीजी र कोरियन ब्राण्ड एलजीको एसी नेपालमा बिक्री गरिरहेको छ । दुवै ब्राण्डमा एक वर्षको वारेन्टी सुविधा पदान गरिएको छ । स्वचालित सुविधा, आवाज नआउने, वायु प्रदूषण हुन नदिने लगायतका सुविधा उपलब्ध छन् ।

एसी खरीद गर्न चाहने ग्राहकले के कुरामा ध्यान दिनुपर्छ ?

सबैभन्दा पहिला त आफ्नो क्षमता र चाहना बमोजिमको एसीको छनौट गर्नुपर्छ । छनौट गर्दा सकेसम्म ब्राण्डेड सामान नै गर्नुपर्छ । ब्राण्डेड सामान किन्दा बिक्रीपछिको सुविधा र्'मर्मत' तथा 'वारेन्टी' सुबिधा पनि उपलब्ध गराइएका हुन्छन् । आफूले खरीद गर्ने कम्पनीको बारेमा पूर्ण जानकारी राख्नुपर्छ । मेशिन सञ्चालन गर्ने तरिका बारे पनि पूर्ण जानकारी राख्नुपर्छ ।