शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''हरेक वर्षव्यवसायीहरू बढेका छन्'' ?

खुमबहादुर सुवेदी
निर्देशक
युनिक एडभेञ्चर इण्टरनेशल प्रालि

एडभेञ्चर गियरको प्रयोग पर्वतारोहणका लागि मात्र हो कि यसभन्दा फरक ठाउँमा पनि गर्न सकिन्छ
?

यी समग्रीको प्रयोग पर्वतारोहीका लागि बढी प्रयोग हुन्छ । अग्ला पहाडपर्वतमा चढ्दा यस्ता सामग्रीको प्रयोग गर्नुपर्दछ । यसमा आमादब्लम, पुमोरी, सगरमाथा, मनास्लु, धौलागिरीलगायतका हिमालमा बढी यस्ता समानहरूको प्रयोग हुन्छ भने मेगा पिक, आइल्याण्ड पिक, सोलुलगायतका चुचुराहरू चढ्नका लागि पनि यस्ता एडभेञ्चर गियरहरूको प्रयोग गर्नुपर्दछ । एडभेञ्चर गियर पनि थुप्रै प्रकारका हुन्छन् । पर्वतारोहणका लागि उसले थुप्रै किसिमको तयारी गर्नुपर्दछ । ट्रेकिङ बुट र विभिन्न प्रकारका डारीहरू प्रयोग गरिन्छ । यसले पहाडको उच्च्तम बिन्दुमा जानका लागि सहयोग गर्दछ । यसका साथै पर्वतारोहणका लागि आइसक्रु, रकपीट, स्नोबारलगायतका सामानको प्रयोग गरिन्छ । यसका अलावा जङ्गल सफारीलगायतका ठाउँमा जाँदा पनि यस्ता सामानहरूको प्रयोग गर्न सकिन्छ ।

अहिले प्रयोग भइरहेका एडभेञ्चर गियरहरूको नेपालमा उत्पादनको सम्भावना छ कि छैन ?

नेपाल साहसिक क्रियाकलापका लागि प्रमुख स्थलका रूपमा परिचित छ । यहाँ ती क्रियाकलापमा प्रयोग हुने सामग्रीहरूको उत्पादन गर्ने प्रविधिको विकास भएको छैन । यसका लागि धेरै ठूलो लगानी गर्नुपर्ने हुन्छ । नेपालमा यसका लागि अहिलेसम्म प्रयास गरिएको छैन र अनुसन्धान पनि भएको छैन । नेपालमा पर्वतारोहणका लागि धेरै विदेशीहरू आउँछन । उनीहरूले विदेशबाट नै पर्वतारोहणका लागि चाहिने समानहरू ल्याएका हुन्छन् । नेपालीले यस्ता सामानहरूको प्रयोग तुलनात्मक रूपमा कम हुने भएको हुनाले पनि यसको उत्पादनको प्रयास नगरिएको हुनसक्छ । नेपालका उत्पादनलाई विश्वभर पुर्‍याउन सक्नुपर्दछ । यसका लागि 'नेटवर्किङ' विकास भइनसकेका कारणले पनि उत्पादन हुन नसकेको हुनसक्छ । यसमा हाम्रो काम गर्ने दक्षता र उत्पादन गर्ने क्षमता नभएका कारणले पनि हामी सबै विदेशी उत्पादनमा नै निर्भर हुनुपर्ने अवस्था आएको हो ।

कसैले पर्वतारोहण गर्न चाह्यो भने उसले यस्ता सामग्रीहरू कसरी प्राप्त गर्न सक्छ ?

यसका लागि दुई किसिमबाट सामानहरू प्राप्त गर्न सकिन्छ । नयाँ सामान नै प्रयोग गर्ने हो भने काठमाडौमा नै किन्न पाइन्छ । पुराना सामानको प्रयोग गरे पनि हुन्छ भन्ने लागेमा यस्ता सामानहरू भाडामा पनि लिन पाइन्छ । भाडामा लिँदा एउटा सामानको एक दिनको २० रूपैयाँदेखि २ सयसम्म पर्दछ । यस्ता सामग्री बजारमा पाइन्छन् । नयाँ किन्दा भने यसको गुणस्तरअनुसार मूल्य निर्धारण हुन्छ । करीब ६ हजार मिटर उचाइको हिमाल चढ्दा एक जनाले कम्तीमा पनि ७/८ सय डलरसम्मको सामान किन्नुपर्ने हुन्छ । यसभन्दा माथिको उचाइमा जाने हो भने ३ देखि ५ हजार डलरसम्मको सामान किन्नुपर्दछ ।

नेपालमा भएको एडभेञ्चर गियरको बजारलाई तपाईँ व्यवसायी भएका नाताले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

नेपालमा हरेक वर्षट्रेकिङका लागि चाहिने सामानको बिक्री गर्ने पसलहरू खुलिरहेका छन् । यसले बजार राम्रो भएर नै उनीहरू एडभेञ्चर गियरको व्यापारतर्फआकषिर्त भएको हुन् भन्ने प्रमाणित हुन्छ । मेरो अनुमानमा ठमेलमा मात्र करिब १ सयको सङ्ख्यामा यस्ता पसलहरू खुलिसकेका छन् । पर्वतारोहणमा जाने पर्यटकहरूको सङ्ख्या पनि बढिरहेको छ । नेपालमा एडभेञ्चर गियरको अर्बौको बजार छ ।

पर्यटन वर्षपनि नजिकै आइरहेको छ, अहिले यस्ता साहसिक क्रियाकलापप्रति मानिसको आकर्षा कस्तो छ ?

अहिले एडभेञ्चरप्रति मानिसहरूको आकर्षण निरन्तर बढिरहेको छ । यसमा हामीले गुणस्तर कायम राख्न भने सकेका छैनौँ । हरेक होटल, ट्रान्सपोर्ट, एयरलाइन्स कम्पनीहरूले आफ्नो फाइदा धेरै राखेका छन् । तर, अस्वस्थ प्रतिपर्स्धाका कारणले गर्दा जति मात्रामा उनीहरूले फाइदा लिनुपर्ने हो, त्यो लिन सकेका छैनन् ।

यसका लागि के गर्नुपर्छ त ?

यसका लागि सरकारले एउटा निर्देशन जारी गर्नुपर्दछ । यसमा गुणस्तर कायम गर्न सरकरले निजीक्षेत्रसँग यसको विषयमा छलफल गर्नुपर्दछ । हामीले जस्तोसुकै पर्यटकलाई स्वागत गर्ने कि नगर्ने भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने अवस्था छ ।

नेपालमा ट्रेकिङ व्यवसायका लागि कति लगानी भएको छ ?

हामीले व्यावसायिक हिसाब राखेका हुदैनौँ । करीब ७ सय व्यवसायी ट्रेकिङ एजेन्सी एशोशिएसनमा आबद्ध भएका छन् । यसैगरी ट्राभलमा पनि कैयौँ साथीहरू लागेका छन् । ट्रेकिङ कम्पनी बढ्नुको अर्थ यसको आम्दानीको स्रोत पनि बढेको हो ।

यो व्यवसायको भविष्य कस्तो देख्नुभएको छ ?

यसको भविष्य पहिलाको तुलनामा अहिले खस्केको अवस्था छ । पहिले सम्मानित पेशाको रूपमा लिइन्थ्यो । तर, अहिले हामी व्यवसयी हौँ भनेर सम्मानित महशुस पनि गर्न पाइएको छैन । यो व्यवसायमा आवश्यक नीतिनियम पनि लागु हुन सकेको छैन । राज्यका लागि हामीले के गर्दै छौँ र राज्यले हामीलाई के दिँदै छ भन्ने विषयमा नै स्पष्ट हुन सकेका छैनौँ । यसमा सरकारको सहयोग एकदमै कम छ । यसले व्यवसाय सञ्चालन गर्नका लागि नै समस्या भएको छ ।

साहासिक क्रियाकलापमा प्रयोग हुने सामान खरिद गर्दा केके कुरामा ध्यान दिनुपर्दछ ?

विदेशबाट ल्याइएका सबै सामान गुणस्तरीय हुन्छन् भन्ने नेपालीहरूको धारणा छ । कतिपय कम्पनीहरूले विदेशबाट सामान मगाएर यहीँ पनि तयारी सामान बनाइरहेका हुन्छन् । यसमा गुणस्तर कायम गर्न सकिएको छैन । सामान किन्दा जहिले पनि ग्यारेण्टी भएको सामान मात्र किन्नुपर्दछ । ग्यारेण्टी भएको सामान किन्दा ती सामान छिट्टै बिग्रेमा यसको क्षतिपूर्ति पाउन सकिन्छ । यसमा प्रयोग गरेको कच्चा पदार्थ कस्तो खालको हो भन्नेमा विषेश ध्यान दिनुपर्ने हुन्छ ।