''युरो गार्डको बजार ५५ प्रतिशत छ'' - अतिक सल्मानी
व्यवस्थापक, प्रसिद इलेक्ट्रोनिक्स प्रालि
नेपालमा युरोका फोर्ब्सले उत्पादन गरेका पानी प्रशोधन गर्ने मेसिनको बिक्री कस्तो छ ?
युरोका फोर्ब्स भारतको नै ठूलो बहुराष्ट्रिय कम्पनी हो । यसका सामान नेपालमा आउन थालेको करीब १९ वर्षभयो । तर, हामीले आधिकारिक रूपमा भने ५ वर्षदेखि युरोका फोर्ब्सले उत्पादन गरेका पानी प्रशोधन गर्ने मेसिनहरू उपलब्ध गराउँदै आएका छौँ । नेपालमा अहिले प्रयोग भइरहेको पानी प्रशोधन गर्ने सबै मेसिनलाई मानिसले युरो गार्ड नै भनेर चिन्ने गरेका छन् । तर, ती सबै युरो गार्ड होइनन् । हामी घरघरमा गएर सामानको बिक्री गरिरहेका छौँ । नेपालमा अहिले भारतको स्थानीय ब्राण्ड पनि उपलब्ध भइरहेको छ । चीनबाट पनि यस्ता सामानहरू आइरहेका नै छन् ।
बजारमा उपलब्ध भएका पानी प्रशोधन गर्ने मेसिनमध्ये कुन उत्कृष्ट हो भन्ने कसरी थाहा पाउन सकिन्छ ?
एक त विश्वासको कुरा हुन्छ । अर्को गुणस्तर कायम गर्ने कुरा पनि हुन्छ । जुन सामान ग्राहकले किन्दै छ, त्यो कम्पनीको ब्राण्ड के हो भन्ने कुरामा ध्यान दिनुपर्छ । कम्पनीले कहाँ उत्पादन गरिरहेको छ । उक्त कम्पनीको पृष्ठभूमि कस्तो हो भन्ने कुरमा पनि ध्यान दिनुपर्दछ । ती सामानले गुणस्तरको प्रमाणपत्र पाएका छन्/छैनन्, प्रयोगशालामा परीक्षण भएको छ/छैन भन्ने विषयमा विशेष ध्यान दिनुपर्दछ । सामान किनिसकेपछि त्यसबाट छानिएको पानी ल्याबमा लगेर परीक्षण गराउनु पर्दछ । ल्याबको नतिजाले पानी पिउन योग्य छ कि छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । यस्तो परीक्षण निरन्तर गराउनु पर्दछ ।
अरू उत्पादनभन्दा युरो गार्डमा के भिन्नता छ ?
यसमा खाना योग्य सामानहरूको मात्र प्रयोग गरेको हुन्छ । यसका साथै यसले गुणस्तरमा पनि ध्यान दिएको हुन्छ । फोर्ब्स कम्पनीले उत्पादन गरेका पानी प्रशोधन गर्ने मेसिनहरू विश्वका ५० देशमा गइरहेका छन् । नेपालमा आउने र अन्य देशमा जाने सामानको गुणस्तर एउटै हुन्छ । यसको निर्माण गर्दा शरीरलाई हानी गर्ने सामानको प्रयोग भएको छ कि छैन भन्ने कुरामा विशेष ध्यान दिएको हुन्छ ।
युरो गार्डमा अरू मेसिनले भन्दा राम्रोसँग पानी छान्ने त्यस्तो के प्रविधि हुन्छ ?
पानीलाई दूषित बनाउने मुख्य तीनवटा तत्व हुन्छन् । भौतिक पदार्थ, रसायनिक पदार्थ र किटाणुहरू युरो गार्डले यी सबै तइभ्वलाई तीन चरणमा छुट्टाछुट्टै छान्ने काम गर्दछ । यसरी छानिएर आएको पानी पिउन योग्य छ/छैन भनेर परीक्षण गर्नका लागि इलेक्ट्रोनिक मनिटरिङ सिस्टम (इएमएस)को प्रयोग भएको हुन्छ । यसले पानी शतप्रतिशत शुद्ध छ भने बाहिर पठाउँछ । छैन भने पठाउँदैन । यस्तो सुविधा अरु कम्पनीको पानी प्रशोधन गर्ने मेसिनमा छैन । हामी यो ग्यारेण्टीका साथ भन्न सक्छौँ । पानी प्रशोधन गर्ने चार प्रणाली छन् । जसमा यूभी सिस्टम, यूएफ सिस्टम, एनएफ सिस्टम र आरओ सिस्टम रहेका छन् । नेपालमा पाइने अरु पानी प्रशोधन गर्ने मेसिनहरूमा एउटा प्रणाली मात्र छ, हाम्रोमा यी सबै छन् ।
तपाईंहरूका यति धेरै प्रविधि भएका पानी प्रशोधन गर्ने मेसिन छन्, कुन ग्राहकलाई कुन प्रविधि उपयुक्त हुन्छ भनेर कसरी छुट्टयाउनुहुन्छ ?
जसले घरमा युरो गार्ड राख्न चाहेको हो, हामी उसको घरमा गएर पानीको परीक्षण गर्छौँ उक्त पानी कुन गुणस्तरको छ । पानीमा रसायनिक पदार्थको मिश्रण कस्तो छ भन्ने पत्ता लगाएपछि यो पदार्थ घटाउनका लागि यो प्रविधिको मेसिनको प्रयोग गर्दा राम्रो हुन्छ भन्ने सुझाव दिन्छाँै । त्यहीअनुसारको मेसिन राखिदिन्छौँ ।
नेपालमा युरो गार्डको बजार कति प्रतिशत छ ?
नेपालमा प्रयोग भएका पानी प्रशोधन गर्ने सामानहरूमा युरो गार्डको बजार करीब ५५ प्रतिशत छ । धेरै मानिसले पानी प्रशोधनका लागि युरो गार्ड नै रुचाउने गरेका छन् ।
तपाईंहरूका ग्राहकका लागि सामान बिक्रीपछिका सुविधा केके छन् ?
नेपालमा १९ वर्षदेखि सबैको मुखमा युरो गार्ड नै झुण्डिनुको कारण हाम्रो बिक्रीपछिको राम्रो सुविधा भएका करणले गर्दा हो । हामीले काठमाडौँमा मात्रै ४० जना तालीम प्राप्त प्राविधिकहरू राखेका छौँ । उनीहरू प्रत्येक ३/३ महिनामा ग्राहकको घरमा गएका हुन्छन् । यसका लागि ग्राहकले बोलाउनु पर्दैन । यसबीचमा आएको समस्याको सामाधानका लागि पनि हामी सधैँ तयार रहेका हुन्छौँ ।
तपाईंहरूसँग कति मूल्यदेखि कति मूल्यसम्मका सामान उपलब्ध छन् ?
अहिले घरायसी प्रयोगका लागि ४ हजार देखिका सामान छन् । व्यावसायिक प्रयोजनका लागि ५ लाख ५० हजारसम्मका पानी प्रशोधन गर्ने मेसिन बजारमा उपलब्ध छन् ।