शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''हाम्रो विक्री बढेको छ'' - धिरज लुइटेल
विक्री प्रबन्धक
एआईटी इण्टरनेशनल

यहाँहरू पनि फोर स्ट्रोक स्कूटरको विक्रीमा जानुभयो नि ?

अहिले हामीले फोर स्ट्रोकका स्कूटर मात्र विक्रीवितरण गर्छौँ | शुरूमा त टू स्ट्रोक स्कूटर मात्रै थियो । नेपालमा सबैभन्दा पहिले टू स्ट्रोकका स्कूटर भियभयाउने हामी नै हौं । नेपालमा स्कूटरलाई पहिलो पटक भियभयाउने पनि हामी नै हौं । टू स्ट्रोकका स्कूटरलाई सरकारले बन्द गर्ने निर्णय लिएपछि फोर स्ट्रोकका स्कूटरतिर गएका हौं । फोर स्ट्रोकका स्कूटर आउन थालेको ५ वर्षमात्र भयो । हामीले स्कूटरको विक्रीवितरण गर्न थालेको पनि १४ वर्षभइसक्यो । टीभीएस ब्राण्डका स्कूटरका लागि नेपालको आधिकारिक विक्रेता एआईटी इण्टरनेशनल हो । यो चौधरी समूहअन्तर्गतको सस्था हो ।

टू स्ट्रोक र फोर स्ट्रोकबीच के भिन्नता छ ?

टू र फोर स्ट्रोक स्कूटरमा प्रयोग हुने इञ्जिनको एउटा किसिम मात्रै हो । टू स्ट्रोकमा पेट्रोल जाने र पेट्रोल बलेर बाहिर आउने एकएक वटा भल्ब हुन्छन् । फोर स्ट्रोकमा चाहिँ चार वटा भल्ब हुन्छन् । चार वटा भल्ब भएकालाई फोर स्ट्रोक र दुइ वटा भल्ब भएकोलाई टू स्ट्रोक भनिन्छ । टू स्ट्रोकमा बढी धुवाँ फाल्ने र प्रदूषणका हिसाबले पनि समस्या छ । यही समस्याले पनि फोर स्ट्रोक आएजस्तो लाग्छ ।

टीभीएसले कति मोडलका स्कूटर उपलब्ध गराएको छ ?

शुरूमा ७५ सीसीको मात्र स्कूटर आउँथ्यो । पछि स्कूटी पेप्ट प्लस भनेर ९० सीसीको स्कूटर बजारमा ल्याएका हौँ । अहिले हामीसँग दुइ मोडलका स्कूटर उपलब्ध छन् । एउटा स्कूटी पेप्ट प्लस अर्को स्कूटी स्ट्रिक भन्ने छ । स्ट्रिकचाहिँ विगत डेढ वर्षदेखि विक्रीवितरण गरिरहेका छौं । यो पनि ९० सीसीको हो । यो स्कूटर लुक्स र प्रविधिमा केही भिन्न छ ।

यहाँहरूले विक्रीवितरण गर्ने स्कूटरप्रति कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

आर्थिक वर्ष२०६६/६७ मा मात्र टीभीएस ब्राण्डका १ हजार ८ सय स्कूटर विक्रीवितरण भएका छन् । स्कूटी पेप्ट प्लस मात्र हुँदा वार्षिक १२/१३ सय थान विक्रीवितरण हुन्थे । स्ट्रिक आएको डेढ वर्षमात्र भयो । यस वर्षदुवै मोडल गरेर २ हजार ४ सय थान स्कूटर विक्री गर्ने लक्ष्य लिएका छौं । नयाँ मोडल थपेपछि हाम्रो विक्री बढेको छ । गत वर्षको विक्री दरलाई आधार मान्ने हो भने हाम्रो विक्री १३ प्रतिशतले बढेको छ । अहिले स्कूटी पेप्ट प्लस १ लाख २६ हजार ४ सय र स्ट्रिकको १ लाख ३५ हजार ९ सय रूपैयाँ छ ।

विक्रीपछिको सेवा के आधारमा उपलब्ध गराउनुहुन्छ ?

२५ प्रतिशत नगद भुक्तान गरेर ३ वर्षो पहिलो किस्ताबन्दीमा हामीले बैङ्किङ सुविधा उपलब्ध गराइरहेका छौं । २० हजार किलोमिटर वा २ वर्षको वारेण्टी दिएका छौं । ६ महीनामा तीन पटक फ्री सर्भिसिङको सुविधा उपलब्ध गराएका छौं । बढी विक्री भएको हुनाले टीभीएसका स्पेयर पार्ट्स बजारमा पनि उपलब्ध छन् । हाम्रा प्रत्येक सोरूममा स्पेयर पार्ट्स उपलब्ध छन् । वाग्मती अञ्चलमा मात्र १९ वटा सोरूम छन् । नेपालभर ३४ वटा सोरूम सञ्चालनमा छन् । हामी कम्पनीको आधिकारिक विक्रेता भएकाले स्पेयर  पार्ट्स बाहिरबाट खरीद गर्न मिल्दैन । हाम्रा सबै स्पेयर पार्ट्स सम्बन्धित कम्पनीबाटै आउने हुन् । टीभीएस स्कूटर भारतको तामिलनाडूमा उत्पादन हुन्छ ।

टीभीएस र सुजुकीमा अझै पनि द्विविधा छ नि ?

शुरूमा टीभीएस र सुजुकी एउटै कम्पनी थियो । उत्पादन पनि टीभीएस सुजुकी भनेर आउने गर्थे । तर, गएको ५/६ वर्षदेखि यी दुवै छुट्टाछुट्टै अस्तित्वमा आएका छन् । अहिले सुजुकी र टीभीएसका छुट्टाछुट्टै प्लाण्ट छन् । टीभीएस स्कूटर कम्पनी छुट्टिएपछिको आफ्नै उत्पादन हो ।

अरू ब्राण्डका स्कूटरभन्दा टीभीएसको विशिष्टता के हो ?

यो महिला वर्गका लागि लक्षित गरेर बनाएको स्कूटर हो । हुलुका भएकाले ह्याण्डल गर्न सजिलो छ । यसको फरक विशेषताचाहिँ टायर हो । यसमा कहिल्यै पञ्चर नहुने टायर प्रयोग गरिएको छ । अर्को कुरा, हामीले विक्री गरिरहेको ९० सीसीको स्कूटर अरूसँग छैन ।

स्कूटरको मूल्य केलाई आधार मानेर निर्धारण गर्नुहुन्छ ?

सम्बन्धित कम्पनीले हामीलाई एउटा मूल्यसूची दिएको हुन्छ । त्यसमा भ्याट, राजस्व जोडेर हामीले मूल्यनिर्धारण गर्ने हो । स्कूटरको विक्री बढाउनकै लागि हरेक वर्ष विभिन्न स्किम ल्याइरहेका हुन्छौँ । गत वर्ष'उमन्स एण्ड ह्वील्स स्कीम' ल्याएका थियौँ । यो सिक्न चाहने महिलाहरूका लागि स्कूटर सिकाइने, लाइसेन्स लिइदिने र त्यसपछि मात्र स्कूटर खरीदे गर्ने व्यवस्था गरेका थियौँ । ट्राफिक ज्ञानदेखि लिएर लाइसेन्स निकालिदिने सम्मका सबै काम गरेका छौँ ।

नेपाली महिलामा स्कूटरप्रतिको मोह बढ्दै गएको हो ?

हो, अहिले प्रवेशिका परीक्षा उत्तीर्ण गनेबित्तिकै स्कूटर खरीद गर्नु किशोरीहरूको फेशन नै बनेको छ । विद्यार्थीदेखि गृहिणीसम्म स्कूटरमा आकर्षित भएको पाइन्छ । अहिले दुई पाङ्ग्रे सवारीसाधनमा ७० प्रतिशत मोटरसाइकलको बजार छ । बाँकी ३० प्रतिशत स्कूटरको छ । सरकारले महिला चालकलाई प्रोत्साहन गरेर भन्सार छूटलगायत सहयोग गरेमा स्कूटरको बजार बढ्न सक्छ । अहिले स्कूटरको बजार दुइ किसिमले बढिरहेको छ । यसमा एउटा सजिलो किस्ताबन्दी र अर्को महिलाहरूले फेशनको रूपमा लिएका छन् । सरकारले महिलाका लागि केही सहुलियत दिएमा आउने वर्षमा स्कूटरको विक्री दोब्बर हुन्छ ।

कुन उमेरसमूहका महिलाले स्कूटर बढी प्रयोग गर्छन् ?

करीब ८० प्रतिशत स्कूटर कीशोरीहरूले प्रयोग गर्छन् । बाँकी २० प्रतिशत मात्र जागिर गर्ने र गृहिणीले प्रयोग गरेको पाइन्छ ।