''नेपालमा करोडौंको लगानी भएको छ'' ?
आयुर्वेदाचार्य बालकृष्णजी महाराज
नेपालमा अहिले तपाइका के के कार्यक्रम छन ?
विराटनगरमा एउटा योग शिविर आयोजना गरिएको छ । मूख्यत त्यसैको लागि नेपाल आएका हौ । त्यहा योग प्रशिक्षकहरुको भेला पनि आयोजना गरिएको छ । उनीहरुलाई योग आयुर्वेदको बारेमा थप जानकारी कार्यक्रम छ । विराटनगरमा एउटा योग पिठको स्थापना गर्दै छौ । यसको लागि भूमी पुजनको कार्यक्रम छ । यसको लागि स्वामी रामदेव पनि यहा आउदै हुनुहुन्छ ।
विराटनगरसँगै लहान र जनकपुरमा पनि पिठको स्थापना गर्दै हुनुहुन्छ, यसका लागि कति लगानी गर्ने योजना बनाउनु भएको छ ?
केही जग्गा दानमा पाएको हो । केही किनेको हो । स्थानिय मानिसहरुको पनि त्यस ठाउमा पतञ्जली योगको केही हुनुपर्छ भन्ने अभिरुचि छ । यो बहुत खुसीको कुरा हो कुनै पनि काम गर्न खोज्दा स्थानिय मानिसहरुको राम्रो सहयोग पाइने गरेको छ । यो जनताको लागि हो यहा जति लगानी हुन्छ त्यो सबै नेपालको सम्पती हो । स्वामीजीको पनि पहिलेदेखि यही सङकल्प र आदेश छ । हामी त्यही अनुसार काम गरिरहेका छौ । यहा जति पनि जङगल छन, जडिबुटी छन पानी छ त्यो सवै राष्ट्रको उन्नतीको लागि नै होस भन्ने हाम्रो चाहना रहदै आएको छ ।
यी बन्ने पिठहरुमा कोही व्यवसायिक मानिसहरुको लागानी छ कि छैन ?
यसमा कुनै व्यवसायिको लगानी छैन । पतञ्जलीमा कसैले व्यवसाय गरेको छैन । यसमा भएको लगानी सवै नेपालमा नै खर्च भएको छ । भारतबाट आएको औषधिको आम्दानी पनि नेपालमा नै खर्च गरका छौ । यसका कुनै व्यवसायिले काम गरेको छैन ।
त्यसो हो भने तपाइहरुले आफ्नो तर्फबाट यसमा कति लगानी गर्नु भएको छ ?
यसको सहि तथ्याङ्क त अहिले भन्न सक्दिन । करोडौ रुपैयाको लगानी भएको छ । करोडौ रुपैया बराबरको जग्गा पाएका छौ । यसमा हाम्रो योजना भनेको पतञ्जली औषधि ग्रामको स्थापना गरेर यहाको गाउका मानिसहरुको जीवन स्तर माथि उठाउनु हो ।
नेपालमा र अरु थुप्रै देशमा योग शिविरहरुको आयोजना गर्नु भयो, अरु देशमा भन्दा नेपालमा के भिन्नता पाउनु भएको छ ?
नेपालमा सस्कृति, वैदिक परम्परा, मूल्य र आदर्श धेरै छ । योग आदर्श र वैदिक परम्परा नजिक रहेको हुन्छ । यहा र्समर्पन पनि बढी छ । यो समर्पन, विश्वास र श्रद्धाको सदुपयोग गरेर नेपालको विकासको लागि काम गर्न हामीलाई सहयोग मिलेको छ ।
नेपालमा आयुर्वेदिक ग्राम उद्योग पनि खोल्ने योजनामा हुनुहुन्छ, यसको प्रक्रिया कहा पुग्यो ?
आयुर्वेदिक ग्राम उद्योग खोल्ने हाम्रो योजना हो । यसमा लागि नेपालमा परम्परागत रुपमा हुदै आएको कृषि पशुपालन, फूलखेती आदीको लागि तालिमको अभाव छ । यसलाई व्यवस्थित गरेर नेपालीहरुको समृद्धीलाई बढाउने योजनामा हामी छौ । आयुर्वेदिकग्राम उद्योगले पनि यसलाई थप सहयोग गर्छ भन्ने हामीलाई लागेको छ ।
यस पतञ्जली योग पिठको नै लगानी हुन्छ कि अरु कसैको हुन्छ ?
पतञ्जली योग पिठको नै लगानी हुन्छ । यसका लागि हामी अहृवान गर्दै छौ । कोही दान गर्ने दाताहरुले दिए भने सजिलो हुन्छ । यो सामूहिकताको एउटा कार्य हो । समूहमा नै यो काम गर्न सकिन्छ ।
नेपालमा यस्ता उद्योगको स्थापना भए पनि योग प्रशिक्षक वा पतञ्जली योग पिठका मानिसहरु मात्र यसमा सहभागि हुन्छन कि सामान्य जनताले पनि फाइदा पाउछन ?
हाम्रो जति पनि गतिविधि छन त्यसको फाइदा लिने नै सामान्य जनताले हो । शिक्षकहरुको सहयोगमा नै आम जनतामा जाने हो । यी उद्योगको पनि फाइदा लिने सामान्य जनताले नै हो ।