शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Dec 14, 2011
  

अन्तरवार्ता
यो वर्ष ८ सय थान वाशिङ मेशिन विक्री गर्ने लक्ष्य छ

 

 

दीपेश न्यौपाने
महाप्रबन्धक, अर्विट इण्टरनेशनल
(बेको ब्राण्डको आधिकारिक विक्रेता)


प्रतिस्पर्धा हरेक व्यवसायमा हुने गर्छ । वाशिङ मेशिनलगायत होम अपलायन्समा प्रतिस्पर्धा हुनु स्वाभाविक पनि हो । तर, यो व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धा छैन ।


वाशिङ मेशिनको बजार काठमाडौं उपत्यकामा केन्द्रित हुनाको कारण के हो ?

काठमाडौं उपत्यकाबाहेक पोखरा, चितवन, विराटनगर र धरानलगायत प्रमुख शहरमा पनि वाशिङ मेशिनको खपत उत्साहप्रद छ । तर, कुल खपतको ७५ प्रतिशत काठमाडौं उपत्यकामा रहेको छ । वाशिङ मेशिनलाई विलासी वस्तुको सूचीमा राखिएको छ । होम अपलायन्सका वस्तुभन्दा महँगो भएका कारण विलासी वस्तुको सूचीमा राखिएको हुन सक्छ । वाशिङ मेशिनका पनि विविध मोडल र प्रकार छन् ।

तपाइर्हंरूल चालित वाशिङ मेशिनको विक्रीलाई बढी प्राथमिकता दिनुभएको हो ?

हामीले बेको ब्राण्डका पूर्णस्वचालित वाशिङ मेशिनलाई मात्र प्राथमिकता दिएका छैनौं । बेकोका सबै मोडलका वाशिङ मेशिन उपलब्ध गराएका छौं । बेकोका अर्धस्वचालित र पूर्णस्वचालितमा फ्रण्टलोडिङ मोडलमात्र रहेको छ । फ्रण्टलोडिङमा सबैभन्दा धेरै बेको ब्राण्डको वाशिङ मेशिन विक्री भइरहेका छन् । अहिलेसम्म बेकोका फ्रण्टलोडिङ प्रविधिका वाशिङ मेशिन ४ सय थान विक्री भइसकेको तथ्याङ्क छ । सबै गरेर ७ सय थान वाशिङ मेशिन विक्री भइसकेका छन् । चालू वर्षमा फ्रण्टलोडिङ मोडलमा ५ सय थान विक्री गर्ने लक्ष्य राखेका छौं । सबै गरी ८ सय थान विक्री गर्ने लक्ष्य छ । बेको ब्राण्डका वाशिङ मेशिनको मुख्य बजार काठमाडौं उपत्यका हो । टपलोडिङको तुलनामा फ्रण्टलोडिङ महँगो हुने भएका कारण प्रयोग सीमित हुने गरेको हो । काठमाडौं उपत्यकामा बेको ब्राण्डको पूर्णस्वचालितअन्तर्गत फ्रण्टलोडिङ र अर्धस्वचालित वाशिङ मेशिनमा २५ प्रतिशत बजार हिस्सा रहेको छ । हामीले काठमाडौं उपत्यकाबाहिर पनि बेकोका वाशिङ मेशिन विक्री बढाउने योजना बनाइरहेका छौं ।

बेको ब्राण्डका वाशिङ मेशिनको मुख्य विशेषता के हो ?

बेको टर्किस ब्राण्डको वाशिङ मेशिन हो । बेलायतमा बेको ब्राण्ड सबैभन्दा लोकप्रिय छ । हामीले नेपालमा बेको ब्राण्डका वाशिङ मेशिन ल्याएको २ वर्ष भयो । त्यस्तै काठमाडौं उपत्यकामा पानी खपतका आधारमा अर्धस्वचालित प्रविधिका वाशिङ मेशिन विक्री हुने गरेको छ । तर, बेकोका पूर्णस्वचालित वाशिङ मेशिनले समेत पानी कम खपत गर्छन् । तुलनात्मक रूपमा बेको ब्राण्डका वाशिङ मेशिनले ५० प्रतिशतसम्म पानी कम खपत गर्छन् । यसका वाशिङ मेशिनमा ४० प्रतिशत कम बिजुली खपत हुन्छ । त्यस्तै बेकोका वाशिङ मेशिन सञ्चालन हुँदा आवाज कम आउने गर्छ । यसको फ्रण्टलोडिङ वाशिङ मेशिन २५ वर्षसम्म चल्न सक्छ । शुरूमा खरीद गर्दा अलि महँगो भए पनि लामो समयसम्म टिकाउ हुन्छ । बेकोका वाशिङ मेशिन ५ दशमलव ५ केजीदेखि ९ केजीसम्मका छन् । नेपालमा ९ केजी क्षमताको वाशिङ मेशिन बेको ब्राण्डसँग मात्र छ । यो ब्राण्डका वाशिङ मेशिनमा सबैभन्दा छिटो (१४०० आरपीएम) रहेको छ । बेकोका वाशिङ मेशिनको मूल्य १३ हजारदेखि ६८ हजार रुपैयाँसम्म पर्छ ।

व्यवसायीहरूबीच अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै गएको भनिन्छ नि ?

प्रतिस्पर्धा हरेक व्यवसायमा हुने गर्छ । वाशिङ मेशिनलगायत होम अपलायन्समा प्रतिस्पर्धा हुनु स्वाभाविक पनि हो । तर, यो व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धा छैन । अहिले धेरै ब्राण्डले विभिन्न मोडलका वाशिङ मेशिन ल्याइरहेका छन् । सबै ब्राण्डका वाशिङ मेशिनका आफ्नै लक्षित ग्राहक छन् ।

‘बेको ब्राण्ड’का वाशिङ मेशिनको विक्रीपछिको सेवालाई कसरी प्रभावकारी बनाउनु भएको छ ?

हामीले विक्रीपछिको सेवाका लागि ‘टोल फ्री नम्बर’ सञ्चालन गरिरहेका छौं । काठमाडौं उपत्यकाभित्र २४ घण्टाभित्रमा सर्भिस पुर्‍याउने गर्छौं । काठमाडौं उपत्यकाबाहिर ४८ घण्टाभित्र सेवा पुर्‍याइरहेका छौं । वाशिङ मेशिन खरीदमा १ वर्षको वारेण्टी सुविधा छ । ग्राहकलाई वाशिङ मेशिन चलाउन सिकाउँछौं । उनीहरूलाई समस्या भएको खण्डमा घरमै गएर समाधान गरिदिन्छौं । त्यस्तै वाशिङ मेशिन खरीद गर्दा बस्ने ठाउँ र पानीको सुविधाका बारेमा विचार पुर्‍याउनु पर्छ । केही बढी ठाउँ चाहिने भएकाले डेरामा बस्नेहरूका लागि अलि समस्या हुन सक्छ । वाशिङ मेशिनको दीर्घकालीन प्रयोगका लागि सधैं एकै ठाउँमा राख्नुपर्छ ।