शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अब च्याङ्ग्रा फार्मिङमा जोड दिन्छौं

नेपालका हिमाली जिल्लामा प्रसस्त च्याङ्ग्रापालन गरिन्छ । ती ठाउँसम्म सडकको सुविधा पुग्न सकेको छैन । मनाङ र मुस्ताङका केही क्षेत्रबाट पश्मिना सङ्कलन भए पनि सबै हिमाली जिल्लाबाट भएको छैन । न त सरकारले सङ्कलन केन्द्र नै स्थापना गर्न सकेको छ ।


विजयकुमार दुगड
महासचिव, नेपाल पश्मिना उद्योग सङ्घ



विश्व बजारमा नेपालको परिचय दिलाउने वस्तुमध्ये पश्मिनाजन्य उत्पादन पनि एक हो । नेपालको पश्मिना उद्योगमा २५ हजारभन्दा बढी मानिस प्रत्यक्ष रूपमा संलग्न छन् । नेपाली पश्मिनाको उत्पादन तथा बजार प्रवद्र्धनका लागि २०५६ सालमा नेपाल पश्मिना उत्पादक सङ्घ स् थापना भएको थियो । सङ्घको स्थापना कालदेखि नै कार्यकारी सदस्य रहेका विजयकुमार दुगड हाल महासचिव पदमा कार्यरत छन् । दशकभन्दा लामो समय सङ्घमा आबद्ध रहेका दुगडसँग सङ्घको भावी योजना, नेपालमा पश्मिनाको प्रयोग र अन्तरराष्ट्रिय स्तरमा च्याङ्ग्रा पश्मिना ब्राण्डको प्रवद्र्धनजस्ता विषयमा केन्द्रित भई गरिएको कुराकानी :

अहिले पश्मिना उद्योगको अवस्था कस्तो छ ?

उद्योगको अवस्थालाई दुई भागमा वर्गीकरण गरेर हेर्न सकिन्छ । एक समय (सन् १९९९÷२०००)मा पश्मिनाको निर्यात उच्च विन्दुमा पुगेको थियो । त्यसबेला वार्षिक ६ अर्ब पैयाँसम्मका पश्मिनाजन्य उत्पादन निर्यात हुने गरेका थिए । अहिलेको निर्यातसँग त्यसबेलाको निर्यातलाई तुलना गर्ने हो भने उत्साहजनक छैन भन्न सकिन्छ । तर, विगत केही वर्षयता भइरहेको निर्यात वृद्धिलाई हेर्ने हो भने अहिलेको अवस्था सन्तोषजनक । अहिलेको निर्यातले पुनः पहिलाकै अवस्थामा फर्किंदै छां भन्ने प्रस्ट हुन्छ । यो उल्लेखनीय पक्ष हो । चालू आर्थिक वर्षको पहिलो ३ महीनाको तथ्याङ्क हेर्ने हो भने पनि निर्यात बढिरहेको देखाउँछ । साउनदेखि असोजसम्ममा ४८ करोड ३५ लाख पैयाँबराबरको पश्मिनाजन्य उत्पादन निर्यात भइसकेको छ । अहिले निर्यातको मुख्य मौसम हो । त्यसैले अर्धवार्षिक तथ्याङ्क आउँदा परिमाणमा निकै वृद्धि हुन्छ भन्ने लागेको छ । असोजसम्मको तथ्याङ्कलाई हेर्दा चालू आवमा २ अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुने अनुमान छ ।

त्यसो भए पश्मिनाको निर्यातले पुरानै बाटो पक्रिसकेको हो ?


हो । सन् २००० पछि यस क्षेत्रमा जुन निराशा थियो, त्यो विस्तारै हट्दै गएको छ । निर्यात बढ्नमा ट्रेडमार्कको पनि भूमिका छ । त्यसैले च्याङ्ग्रा पश्मिना ब्राण्डलाई विश्व बजारमा स्थापित गर्न आवश्यक छ । अन्तरराष्ट्रिय बजारमा नेपाली पश्मिनाको बिग्रिएको पहिचानलाई ट्रेडमार्कले पुनः स्थापित गर्दै आएको छ । यसले नक्कली पश्मिनाको व्यापारलाई रोक्ने काम गरिरहेको छ । अब खरीदकर्ताले पनि ट्रेडमार्क हेरेर सामान खरीद गर्न थालेका छन् । त्यसैले यसको प्रवद्र्धन गर्न जरुरी छ । सरकारले पनि हाम्रो यो अभियानमा सहयोग गर्ने वचन दिएको छ ।

उत्पादन बढ्दै जादा कच्चा पदार्थको आवश्यकता पनि बढ्दै जाने भयो । कच्चा पदार्थको अवस्था के छ ?

यो अर्को महइभ्वपूर्ण कुरा हो । हाल हामीले कच्चा पदार्थ तिब्बतबाट आयात गरिरहेका छां । शतप्रतिशत नै आयात नभए भए पनि आन्तरिक समस्याका कारण ठूलो परिमाणमा आयातित कच्चा पदार्थकै प्रयोग हुन्छ । नेपालका हिमाली जिल्ला, जहाँ प्रसस्त च्याङ्ग्रापालन गरिन्छ । ती ठाउँसम्म सडकको सुविधा पुग्न सकेको छैन । मनाङ र मुस्ताङका केही क्षेत्रबाट पश्मिना सङ्कलन भए पनि सबै हिमाली जिल्लाबाट भएको छैन । न त सरकारले सङ्कलन केन्द्र नै स्थापना गर्न सकेको छ । हिमाली क्षेत्रमा पर्ने जिल्लाको परम्परागत व्यापार पनि तिब्बतसँग हुन्छ । नेपाली बजारमा भन्दा तिब्बतमा नै उनीहरूको सहज पहुँच छ । एकातिर हामी कच्चा पदार्थ आयात गर्छौं, अर्कातिर नेपालकै उत्पादन कम मूल्यमा तिब्बतमा विक्री भइरहेको छ । तर, त्यही पश्मिना आयात गर्दा पाँच गुणा बढी मूल्य पर्छ । अर्को कुरा, नेपालमै सङ्कलन गरे पनि प्रशोधन केन्द्रको अभाव छ ।

नेपालमै सङ्कलन र प्रशोधन गर्नेबारे केही प्रयास भएका छैनन् ?

हामीले निकै अघिदेखि प्रयास गर्दै आएका छौं । पश्मिनाको सङ्कलन र प्रशोधन नेपालमै हुनु पर्छ भन्ने हाम्रो धारणा छ । देशमै सङ्कलन र प्रशोधन केन्द्र भएमा अन्तरराष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धी क्षमता बढ्ने थियो । सबैभन्दा ठूलो कुरा यसले लागत मूल्य घटाउँछ । नेपालमा कति पश्मिना उत्पादन हुन्छ र बाहिरबाट कतिको आयात गरिन्छ भन्नेबारेमा सरकारले पनि कुनै अध्ययन गरेको छैन । सन् २००८ मा गरिएको एक अध्ययनले मुस्ताङमा वार्षिक ४० मेट्रिक टन पश्मिना उत्पादन हुने गरेको देखाएको थियो । त्यहाँमात्र २ लाख च्याङ्ग्रा पालिएको देखिएको छ । त्यस्तै अन्य हिमाली जिल्लामा पनि पश्मिना उत्पादन हुने नै भयो । यसको आधारमा हेर्दा नेपालमा वार्षिक १ सयदेखि १ सय ५० मेट्रिक टनसम्म पश्मिना उत्पादन हुने देखिन्छ । जबकि नेपाललाई वार्षिक १ सय मेट्रिक टनमात्र कच्चा पदार्थको आवश्यकता छ । देशमै सङ्कलन भए उपयोग गरेर बाँकी रहेको पश्मिना अन्य देशमा महँगो मूल्यमा बेच्न सक्छौं । अर्को कुरा कतिपय च्याङ्ग्रापालकलाई पश्मिनाको मूल्य र महइभ्वबारे जानकारीसमेत छैन । उनीहरूले केवल मासुका लागि पाल्ने गरेको देखिन्छ । यसबाहेक व्यावसायिक रूपमा उन्नत जातको च्याङ्ग्रापालन पनि गर्न सक्छांै ।

नेपालीमा चाहि पश्मिना उत्पादनको प्रयोग कस्तो छ ?

पछिल्लो समय नेपालीले पनि पश्मिनाका उत्पादनलाई प्राथमिकता दिन थालेका छन् । पहिले डिजाइनमा पनि विविधता थिएन । जब निटिङको चलन आयो, त्यसपछि स्थानीय स्तरमा यसको विक्री बढेको छ । स्वेटर, कोट, क्याप, ब्राउजेज, मोजालयात उत्पादनमा विविधता आइसकेको छ । यसले गुणस्तरीय सामानको मूल्य बढ्नुका साथै नेपालमै ती सामान उपलब्ध छन् भन्ने सन्देश पनि दिएको छ । तर, अन्तरराष्ट्रिय बजार र चाहनाअनुसारको डिजाइन गर्न भने नेपालले सकिरहेको छैन । विदेशमा मौसमैपिच्छे फरक डिजाइनका उत्पादन बजारमा निस्कन्छ । तर, हामीले त्यसलाई पछ्याउन सकिरहेका छैनौं । यो अर्को महइभ्वपूर्ण कुरा हो । बजारलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाइराख्न दक्ष जनशक्ति आवश्यक पर्छ । हामी अन्तरराष्ट्रिय बजारमा चलिरहेको ट्रेण्डबारेमा त अवगत नै छौं । तर, त्योसँग प्रतिस्पर्धा गर्ने जनशक्ति भने तयारी अवस्थामा छैन । हाल हस्तकला महासङ्घले पनि डिजाइन केन्द्र खोलेको छ । उक्त केन्द्रमा हामीले पनि बेलाबेलामा तालीम गराउँदै आएका छौं । तर, त्यो पर्याप्त छैन । किनकि, विदेशीसँग हाम्रो डिजाइन म्याच गरिरहेको छैन । त्यसैले यसमा पनि हाम्रो ध्यान जानुपर्छ । तर, यस क्षेत्रको अर्का  उल्लेखनीय पक्ष भनेको अधिक महिलाको सहभागिता हो ।

सङ्घको भावी योजना के छ ?

हामीले विगत २–३ वर्षदेखि च्याङ्ग्रा फार्मिङको सम्भावनाका बारेमा अध्ययन गरिरहेका छौं । मनाङ, मुस्ताङलगायत केही जिल्लामा गुणस्तर विभाग, नेपाल कृषि अनसन्धान केन्द्र (नार्क) र हाम्रा प्रतिनिधिको सहकार्यमा अध्ययन भइरहेको छ । हामीबीच दुई–तीनपटक छलफल पनि भइसकेको छ । यसका लागि हामीले सङ्घमै समितिसमेत बनाएका छांै । निकट भविष्यमै एउटा यस्तो योजना आउनेछ, जसले ठूलो परिमाणमा च्याङ्ग्रापालन शुरू गर्नेछ । त्यस्तै जुन जुन ठाउँमा पायक पर्छ, त्यस्ता स्थानमा पश्मिना सङ्कलन केन्द्र स्थापना हुनेछन् । हामी यस विषयलाई प्राथमिकतामा राख्न सरकारसँग पनि आग्रह गर्छौं । परीक्षण परियोजनाका रूपमा पश्मिनाका लागि उपयुक्त जातका च्याङ्ग्रापालन शुरू गर्नुपर्छ । हाल गुणस्तरीय पश्मिना प्रतिकेजी १४ हजार रुपैयाँमा विक्री हुने गरेको छ ।