शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 14, 2012
  

सानो लगानीलाई प्रोत्साहन गर्ने अवधारणा हो

इच्छाराज तामाङ,
अध्यक्ष,
सिभिल समूह


भर्खरै बुकिङ खुला भएको सिभिल ट्रेड सेण्टरका विषयमा सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङसँग आर्थिक अभियानले गरेको कुराकानी :

नयाँ अवधारणाको शपिङ सेण्टर बनाउने सोच कसरी आयो ?

अहिले काठमाडौं जनसङ्ख्याको हिसाबले पनि धेरै ठूलो भइसकेको छ । यति ठूलो शहरमा अहिले पनि परम्परागत पसलहरू राख्ने ठाउँको अभाव छ । सामान खरीद गर्नेलाई धेरै ठाउँ डुल्ने झन्झट हुन्छ । यसका अतिरिक्त ट्राफिक जाम पनि हुने गर्दछ । उपभोक्ताको किनमेल आरामदायी हुँदैन । त्यसैले धेरै ठाउँमा समानहरू खोज्दै हिँड्ने झन्झट हटाउन योजना ल्याइएको हो ।

सुविधाहरू के–के छन् ?

मलभित्र सिनेमा हल, थिएटर, गोष्ठी, रेष्टुराँ, पार्टीलगायतका लागि पर्याप्त ठाउँ आवश्यक पर्छ । बालबालिकाका लागि खेल्ने ठाउँ पनि चाहिन्छ । त्यो सम्पूर्ण सुविधा मलमा हुन्छ । मलमा एकैपटक ३ हजार जनाले सामान किन्न सक्छन् । एउटै महलभित्र सबै सामग्री पाउने सुविधा हुन्छ । यहाँ पार्किङको सुविधा हुन्छ । यसले उपभोक्ताको समयको बचत हुनुका साथै उसले मनोरञ्जन गर्ने अवसर पनि पाउँछन् । यो मलमा दुईओटा पार्किङ छन्, जसमा ४ सय गाडी र ५ सय जति मोटरसाइकल पर्किङ गर्न सकिन्छ । भुँइ तलादेखि चार तलासम्म पसल राख्न सकिने शपिङ युनिट छन् । पाँच तलादेखि सात तलासम्स अफिस युनिट राखेका छौं । त्यसपछि दुई तलासम्म हल, एक तलामा बच्चाका लागि खेल्ने ठाउँ, १ हजार जना अट्ने रुफटप रेष्टुराँ र ३ सय अटाउने रिभल्विङ रेष्टुराँ छन् ।

अन्य मलमा भन्दा यसमा फरक के छ ?

यो मल शहरको केन्द्रमा छ । युनाइटेड वल्र्ड ट्रेड सेण्टर, काठमाडौं मल र सिभिल मलभन्दा पनि अति उपयुक्त ठाउँमा छ । हामीले ‘हेली प्याड’सम्म राखेका छौ । भोलि कुनै पनि नयाँ पुस्ताका व्यापारीहरू हेलिकोप्टर लिएर बैठकमा सामेल हुन सक्दछन् । भोलिको पुस्तालाई हेरेर हामीले यो अवधारणा ल्याएका हौ ।

तपाईहरूको अवधारणामा नयाँ कुरा के छ ?

के गर्दा लगानीकर्ताको पैसा सुरक्षित हुन्छ ? लगानी सुरक्षाका साथसाथै प्रतिफल कसरी दिन सकिन्छ ? यी कुराहरूलाई ख्याल गर्दै २ वर्षको अनुसन्धानपछि हामीले यस्तो अवधारणा ल्याएका हौ । यस मलमा सक्नेले आफै किनेर पनि पसल चलाउन सक्छ । हामीले ५ वर्षपछि भाडा फिर्ताको सुनिश्चितता दिएका छौ । त्यो भन्दा राम्रो मूल्यमा भाडा लगाउन पनि सकिन्छ ।

स्वामित्व हस्तान्तरणको कुरा पनि छ नि ?

मलमा स्वामित्व पाउने व्यवस्था यसअघि कसैले ल्याएको थिएन । हामीले सानो लगानीलाई प्रोत्साहन दिन यस्तो अवधारणा ल्याएका हौ । यो उनीहरूका लागि लगानीको ठूलो अवसर हो । त्यसैले हामीले एक युगमा एकपटक मात्र यो अवसर आउँछ भनेका हौ ।

‘सुनमा सुगन्ध’ भनेको के हो ?

पहिला जो आउँछ उनीहरूलाई सुनको सिक्का र १ सय ५१ जना मध्येबाट एक जनालाई ल्याण्डरोभर गाडी पाउने अवसर छ । जसले किनेको छ, त्यसले सुनजस्तै अमूल्य वस्तु पाएको हुनाले सुनमा सुगन्ध भनेका हौ ।