शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

शेयर गतिविधि


नयाँ शेयर:
कम्पनी : युनिक फाइनान्स
प्रकार: हकप्रद
अनुपात: १ बराबर १
सङ्ख्या: १० लाख कित्ता
निष्कासन खुला मिति: असोज ९
निष्कासन बन्द मिति (म्याद थप): कात्तिक २८
विक्री प्रबन्धक: नबिल इन्भेष्टमेण्ट बैङ्क

 

साधारणसभा:
मेट्रो डेभलपमेण्ट बैङ्कको दोस्रो वार्षिक साधारणसभा,
कात्तिक १९,बिहान ८ः३० बजे, होटल फेवा प्रिन्स प्रालि, पोखरा ।

नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडको २५ औं वार्षिक साधरणसभा, कार्तिक २५, बिहान १०ः०० बजे,
अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौं

 

प्रस्ताव:
२५ प्रतिशत नगद लाभांश र ४ शेयर बरावरको १ बोनस शोयर जारी गर्ने प्रस्ताव साधरणसभामा लाने
भएको छ ।

सनराईज होम्स वेलफेयर सोसाईटीको सातौं साधरणसभा, कार्तिक १९, बिहान १०ः०० बजे,
सनरनईज होम्स, प्राङ्गण बालकुमारी, ललितपुर

लुम्बिनी बैङ्क लिमिटेडको चौधौं वार्षिक साधरणसभा, मङ्सिर २, बिहान १०ः०० बजे, उद्योग
वाणिज्य सङ्घ, नारायणगढ, चितवन

 

विशेष प्रस्ताव:
१० प्रतिशत बोनश शेयर दिने प्रस्ताव साधरणसभामा लाने भएको छ ।

 

मर्जरसम्बन्धी:
पशुपति विकास बैङ्क र लर्डबुद्ध फाइनान्स लिमिटेड एकसापसमा मर्जरमा जान लागेकाले दुवैको कारोवार असोज ३० देखि रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।अल्पिक एभरेष्ट फाइनान्स र बुटवल फाइनान्स एकआपसमा मर्जरमा जान लागेकाले दुवैका कारोबार असोज २६ देखि रोक्का गरिएको नेप्सेले जानकारी दिएको छ ।

 

नाम परिवर्तन:

एसएन पावर होल्डिङ नेपाल प्रालिको नाम परिवर्तन भई तामाकोशी थ्री हाइड्रो प्रालि भएको छ ।

 

बोनस÷नगद लाभांश÷प्रमाणपत्र वितरण:

आईसीएफसी फाइनान्सको असोज १५ मा बसेको ११०औं सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय
गरेको छ ।

शिखर फाइनान्सको असोज १३ मा बसेको सञ्चालक समितिको बैठकले ३ लाख ७५ हजार कित्ता बोनस शेयर र रू.१९ लाख ७३ हजार ६ सय ८४ दशमलव २१ रुपैयाँ नगद लाभांश राष्ट्र बैङ्कले स्विकृत गरेको छ ।

मुक्तिनाथ विकास बैङ्कको सञ्चालक समितिले आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय
गरेको छ ।

मितेरी डेभलपमेण्ट बैङ्कको असोज ५ मा बसेको सञ्चालक समितिको बैठकले १० दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक
साधारणसभामा लैजाने निर्णय गरेको छ ।

एक्सेल डेभलपमेण्ट बैङ्कको असोज २ मा बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको छ ।

सहयोगी विकास बैङ्कले गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभामा लाने भएको
छ ।

दियालो विकास बैङ्कको भदौ २७ मा बसेको सञ्चालक समितिको बैठकले १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको भदौ २६ मा बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

श्री इन्भेष्टमेण्ट÷फाइनान्स कम्पनीको सञ्चालक समितिको बैठकले १५ दशमलव शून्य २ प्रतिशत बोनस शेयर र ७ दशमलव ११ प्रतिशत नगद
लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैङ्कले स्वीकृत गरेको छ ।

गण्डकी विकास बैङ्कले आगामी साधारणसभामा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लाने भएको छ ।

गरिमा विकास बैङ्कले १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैङ्कमा स्वीकृतिका लागि पठाएको छ ।

सिभिल मर्चेण्ट वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लक्ष्मी बैङ्कको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

ज्योति विकास बैङ्कको असोज ९ मा सम्पन्नसञ्चालक समितिको ९९औं बैठकले ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव नेपाल राष्ट्र बैङ्क
लैजाने भएको छ ।

महालक्ष्मी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।


विराटलक्ष्मी बिकास बैङ्कले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

इण्टरनेशनल लिजिङ एण्ड फाइनान्सको असोज ८ मा बसेको सञ्चालक समितिले ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लाने भएको छ ।

ओम फाइनान्सको असोज ६ मा बसेको सञ्चालक समितिको बैठकले १० दशमलव ५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लाने भएको छ ।

कामना विकास बैङ्कले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।

अरुण भ्याली हाइड्रोपावरको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

युनिलिभर नेपालको सञ्चालक समितिको १०८औं बैठकले प्रतिशेयर रू. ५ सय ९० लाभांश दिने निर्णय गरेको छ, जसअनुसार रू. ५ सय अन्तरिम लाभांशका रूपमा दिइने र रू. ९० वैधानिक लेखापाल (अडिटर)ले वार्षिक वासलात अडिट गरेपछि वितरण गरिने जानकारी दिइएको छ ।

नबिल बैङ्कको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

अपि फाइनान्सको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैङ्कको हालै सम्पन्न साधारणसभाले १० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सानिमा विकास बैङ्कको सञ्चालक समितिले ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

डिप्रोक्स लघुवित्त विकास बैङ्कले १ बराबर १ दशमलव ५ को अनुपातमा दिएको हकप्रद शेयरको प्रमाणपत्र असोज २६ देखि वितरण गरिरहेको छ ।
आपूmले आवेदन दिएको स्थानबाट प्रमाणपत्र लिन सकिने कम्पनीले जानकारी दिएको छ ।

एनआईसी बैङ्कले आव ०६७÷०६८ को नाफाबाट २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

नेपाल एसबीआई बैङ्कले १२ दशमलव ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

ग्लोबल बैङ्क लिमिटेडको कार्तिक १ मा बसेको सञ्चालक समितिको पाँचौं बैठकले १२ दशमलव शून्य २ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सिटिजन्स बैङ्क इण्टरनेशनल लिमिटेडको असोज २९ मा बसेको पाँचौं सञ्चालक समितिको बैठकले ५ दशमलव ५३ प्रतिशत नगद लाभांश र ५ प्रतिशत
बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधरणसभामा लाने भएको छ ।

 

शेयर जारी गर्ने:
कन्जुमर विकास बैङ्कले ६ करोड रूपैंया बरावरको साधरण शेयर जारी गर्ने जनाएको छ ।

शेयर सूचीकरण:
अपी फाइनान्स लिमिटेडको ६ लाख कित्ता हकप्रद शेयर कात्र्तिक २ देखि नेपाल स्टक एक्चेञ्जमा सूचिकरण भएको छ ।