बनेपाका सारथि

दियशरत्न शाक्य
अध्यक्ष
काभ्रे उद्योग वाणिज्य सङ्घ
परिणाममुखी कार्यमा विश्वास गर्ने शाक्य कार्ययोजनाले काममा चुस्तता ल्याउने बताउँछन्। यत्तिबेला ग्रामीण क्षेत्रमा लघुउद्यम विकाससम्बन्धी कार्यक्रमहरू लागू गर्नेबारे उनी विभिन्न वित्तीय तथा अन्य सङ्घसंस्थासँग सहकार्यको पहल गरिरहेका छन्। त्यसमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, हस्तकला उद्योग महासङ्घलगायत रहेका छन्। इञ्जिनीयर बत्रे सपना बोकेर विज्ञान पढेका उनी अन्ततः व्यवसायी बने । बुबाको असामयिक निधनसँगै उनको काँधमा अलपत्र परेको पुख्र्यौली व्यवसायलाई अघि बढाउने बाध्यता आइलाग्यो । उनी हुन्— उद्योग वाणिज्य सङ्घ, काभ्रेका अध्यक्ष दियशरत्न शाक्य । बनेपा बजारका स्थायी बासिन्दा उनले छ÷सात पुस्तादेखि अग्रजहरूले गर्दै आएको सुनचाँदी व्यवसायलाई समयसुहाउँदो परिमार्जन गर्दै निरन्तरता दिएका छन् । आप्mनो व्यवसायका साथै जिल्लाका सम्पूर्ण व्यवसायीको हक, हित र विकासका लागि पनि उनी उत्तिकै सक्रिय छन् । १ हजार ५ सयको हाराहारी रहेका सङ्घको सदस्य सङ्ख्या आप्mनो कार्यकालमै २ हजार पुर्याउने उनको लक्ष्य छ ।
२०२१ भदौ ८ गते मङ्गलतारा तथा स्व. ज्ञानरत्न शाक्यका माहिला छोराका रूपमा उनको जन्म भएको थियो । व्यावसायिक परिवारमा जन्मेको भए पनि उनीलगायत तीनैजना दाजुभाइ विज्ञानका विद्यार्थी हुन् । उनका दाजु र भाइ इञ्जिनीयर नै हुन् । सानैदेखि पढाइमा अब्बल उनको पनि दाजुकै बाटोमा हिँड्ने सपना थियो । तर, अमृत साइन्स क्याम्पस, काठमाडौंबाट आईएससी सक्दा नसक्दै व्यवसाय सम्हाल्नुपर्ने बाध्यतामा उनी परे । बिहान क्याम्पस पढेर दिउँसो पसल हेर्न पुग्थे उनी । दाजु जागीरमा व्यस्त हुने भएकाले भाइ र दिदीको सहयोगमा उनी पसल सम्हाल्थे । कलिलो उमेरमा विनाकुनै अनुभव सुनचाँदीजस्तो संवेदनशील व्यवसाय सम्हाल्नु त्यति सहज थिएन उनलाई । तर, नयाँ नयाँ प्रयोग र अभ्यासले नै नयाँ आविष्कार गर्न सकिन्छ भत्रे विज्ञानबाट पाठ सिकेका उनले त्यो जिम्मेवारीलाई चुनौती र प्रयोगकै रूपमा लिए । परम्परागत पसललाई ‘शोरूम’मा रूपान्तरण गर्ने बनेपाका केही व्यवसायीमा आपूm पनि पर्ने उनी बताउँछन् । ‘शोरूमसँगै गहनाको डिजाइनमा पनि आधुनिकता दिन थाले । अनि पेशाका लागि चाहिने विश्वास हासिल गर्न मैले इमानदारीपूवर्क निकै मेहनत गरेर खटेँ । विस्तारै नयाँ शीप र ग्राहक जोडे,’ उनी भन्छन् ।
व्यवसाय र पढाइलाई सँगसँगै अघि बढाएका शाक्यले त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा एमएससी गरेका छन् । त्यसैबीच विज्ञानकी विद्यार्थी ललितपुर, बखुण्डोलकी लक्ष्मी वैद्यसँग उनको विवाह भयो । वैज्ञानिक बत्रे सपना बोकेकी लक्ष्मी पनि अन्ततः व्यवसायतिरै लागिन् । उनी भक्तपुर क्यान्सर अस्पतालपरिसरमा एस फर्मा नाममा औषधी पसल चलाएर बसेकी छन् । वैद्य आप्नी जीवनसङ्गिनी मात्र नभएर व्यावसायिक साझेदारसमेत भएको शाक्यको भनाइ छ । वैद्यले साझेदारीमा जावलाखेलमा एक क्यान्सर अस्पताल पनि शुरू गरेकी छन् । चैतन्य बहुमुखी क्याम्पस, बनेपामा विज्ञान सङ्काय शुरू भएपछि ४ वर्षसम्म त्यहाँ शाक्यले प्राध्यापन गरे । तर, व्यावसायिक व्यस्तताकै कारण प्राध्यापन पेशालाई निरन्तरता दिन सकेनन् । व्यावसायिक नशामा डुब्दै गएपछि उनको इञ्जिनीयर बनेर जागीरे हुने विचार छुट्दै गयो र विस्तारै विभित्र सङ्घसंस्थामा आबद्ध हुन थाले । २०५२ सालमा सुनचाँदी व्यवसायी सङ्घमा आबद्ध भएका उनी २०६१ सालदेखि सो सङ्घको केन्द्रीय सचिव छन् । उनी सोही संस्थाको काभे्र जिल्ला अध्यक्षसमेत भए । यसअघि नै उद्योग वाणिज्य सङ्घ काभ्रेको विषयगत संयोजक, महासचिव र उपाध्यक्षसमेत भई उनले काम गरिसकेका छन् । ग्राहकसँगको सङ्गतबाट नै आपूmले नेतृत्व कलाको विकास गरेको उनी बताउँछन् । महासचिव हुँदा डा. बाबुराम भट्टराईको अर्थमन्त्रीकालमा ल्याइएको ‘स्वरोजगार कार्यक्रम’का लागि जिल्लाका करीब १४ हजार युवालाई तालीम दिने मौका उनले पाएका थिए । सरकारबाट कार्यक्रम लागू नभए पनि तालीम लिएर उद्यमशील बनेका युवाले धन्यवाद दिँदा खुशी लागेको उनी बताउँछन् ।
संस्थाको जिम्मेवारी र व्यवसायलाई एकसाथ अघि बढाइरहेका शाक्य ‘टीमवर्क’मा विश्वास गर्छन् । उनी भन्छन्, ‘सङ्घमा ५५ जना सदस्य छन् । आपूm जानैपर्ने कामबाहेक अन्यमा सबैलाई जिम्मेवारी विभाजन गर्छु । यसले सबै सदस्यलाई संस्थाप्रति उत्तरदायी बनाउँछ र कार्यमा विविधता आउँछ ।’ परिणाममुखी कार्यमा विश्वास गर्ने उनी कार्ययोजनाले काममा चुस्तता ल्याउने बताउँछन् । यत्तिबेला ग्रामीण क्षेत्रमा लघुउद्यम विकाससम्बन्धी कार्यक्रमहरू लागू गर्नेबारे उनी विभित्र वित्तीय तथा अन्य सङ्घसंस्थासँग सहकार्यको पहल गरिरहेका छन् । त्यसमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, हस्तकला उद्योग महासङ्घलगायत रहेका छन् । लघुउद्यमी विकास कार्यक्रम ‘मेडेप’सँगको सहकार्यमा व्यावसायिक तालीम दिने तयारी भइरहेको पनि उनी बताउँछन् । यतिबेला तालीमकक्ष र सभाकक्षसहितको सङ्घको भवन निर्माणमा पनि उनी जुटेका छन् । यसको संस्थागत संरचना एकाइ तह (ग्रामीण बजार) सम्म विस्तार गर्ने उनको योजना छ । अबको ६ महीनाभित्र नै शुरू गरिने संरचना विस्तारले सङ्घलाई ग्रामीण क्षेत्रका उद्यमीहरूसम्म पुग्न मद्दत गर्ने उनको विश्वास छ । यसैबीच ‘व्यवस्थापन सुधार तथा आयमूलक कार्यक्रम विस्तारको सम्भावना’ पहिल्याउने विषयमा ३ हप्ते तालीम सञ्चालनको मेसो पनि उनी मिलाउँदै छन् । तालीमका लागि सङ्घका तर्पmबाट एकजना जर्मन विशेषज्ञलाई निम्त्याइँदै छ ।
फुर्सद मिल्यो कि पुस्तक र पत्रपत्रिका पढ्ने शोख भएका शाक्यको ‘छानामाथि छाना’ शीर्षकको कवितासङ्ग्रह जनमत प्रकाशनबाट २०६६ सालमा प्रकाशित भएको छ । ‘सुनचाँदी समाचार’ द्वैमासिक बुलेटिनको ९ अङ्कसम्म उनले सम्पादन गरेका थिए भने ३ वर्षदेखि ‘स्वर्ण दर्पण’ नामक वार्षिक स्मारिका पनि उनको सम्पादनमा प्रकाशित हुँदै आएको छ । लोकतन्त्रलाई दिगो बनाउन आर्थिक क्रान्ति जरुरी हुने उनको विचार छ । आर्थिक मुद्दालाई प्राथमिकतामा राखेको हालको सरकारले उद्योग व्यवसाय र राष्ट्रिय अर्थतन्त्रको अवस्था सुधारका लागि केही राम्रो गर्ने आशा उनले गरेका छन् । जिल्लामा धेरैभन्दा धेरै उद्यमी विकास गर्ने सपना बोकेर हिँडेका उनी व्यवसाय, व्यवस्थापन र व्यक्तित्व विकाससँग सम्बन्धित किताब र जर्नलहरू अध्ययन गर्न रुचाउँछन् । केत्रेथ ब्लेञ्चार्डको ‘दी वान मिनेट म्यानेजर’ र शिव खेराको ‘यु क्यान वीन’ उनका मनपर्ने किताब हुन् । पार्टीहरूमा घुलमिल हुनकै लागि उनी अलिअलि मदिरा सेवन गर्छन् । स्कूल पायक पर्ने हिसाबले पाटन घरमा बसेर पढ्दै गरेका आप्mना दुई छोरालाई हप्ताको १ दिन रेष्टुराँ वा कतै घुमाउन लैजाने गर्छन् उनी । उनकी श्रीमती लक्ष्मी वैद्य भन्छिन्, ‘बिदाका दिन बनेपा पुगेपछि बाबासँग पढ्ने र समाधान गराउने भन्दै छोराहरू गणित र विज्ञानका समस्याहरू नोट गरेर आउँछन् । अनि उहाँ पढाउनुहुन्छ । त्यसपछि कतै घुम्न निस्कन्छौं । तर, सङ्घको जिम्मेवारीमा आएपछि उहाँ धेरै नै व्यस्त हुनुहुन्छ ।’ आजीवन व्यवसाय र समाजसेवामा लागिरहने प्रण उनले गरेका छन् । स्वस्थ रहन उनी बिहान ४:३० बजेदेखि ५:१५ बजेसम्म श्रीमतीका साथ बनेपाको अरुणिमा सभा भवनमा योग गर्ने गर्छन् ।