शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सफलता परिश्रम र आत्मविश्वासको'' - वसन्तराज मिश्र
कार्यकारी अध्यक्ष टेम्पल टाइगर ग्रूप अफ कम्पनिज्  

ललितप'र क'पण्डोलका रैथाने उनले पर्यटन व्यवसायमार्फत म'ल'कको आर्थिक उन्नयनमा अविराम योगदान गरेको पनि तीन दशक नाघिसकेको छ । पर्यटन व्यवसाय प्रतिष्ठाको पेशा मानिन्थ्यो त्यतिबेला । अङ्ग्रेजी साहित्यमा स्नातकोपाधि लिएका उनलाई पर्यटन क्षेत्रमा लाग्न त्यति गार् हो भएन किनकी जिब्रो फड्कारेर अङ्ग्रेजी बोल्नेको बोलवाला नै थियो तिनताका । सन् १९७७ मा यूरोप भ्रमणको अवसर पाएका उनलाई उन्नतिका निम्ति 'उद्यम गर्न'पर्ने' र क'नै पनि काम 'ठूलोसानो' नह'ने आत्मबोध भयो । त्यसैले घर फर्कनेबित्तिकै उनले गोर्खा ट्राभल्समा जागीरे जीवन श'र' गरे । बजार व्यवस्था 'होटल ब'किङ टिकेटिङ'लगायत पर्यटन क्षेत्रका विविध आयामको अन'भवपछि उनकै सकि्रयतामा चितवनमा टेम्पल टाइगर प्राइभेट लिमिटेड स्थापना भएको हो । २ करोड र'पैयाँको लगानीमा थालिएको उनको व्यवसायले कालान्तरमा यसरी फड्को मार् यो समकक्षीहर' हेरेको हेर् यै भए । यो सफलताको रहस्य थियो- वसन्तको ब'द्धि र परिश्रम । उनको प्रगतिको ईर्ष्या गर्नेहर' पनि दृष्टान्त दिन'पर्दा वसन्तको नाम लिन हिचकिचाउँदैनन् । यो उनले कमाएको ठूलो पूँजी हो ।

टेम्पल टाइगर ग्रूप अफ कम्पनिज्का कार्यकारी अध्यक्ष वसन्तराज मिश्रले झण्डै अढाइ दशक अघिदेखि थालेको व्यवसायले ५० करोडभन्दा बढीको सम्पत्ति सृजना गरेको छ । ५८ वर्षका उनी २५ वर्षे य'वकले झैं काम गर्छन् । चितवन र काठमाडौंको उनको यात्रा पातालिने क्रम रोकिएको छैन- व्यवसाय हेर्न काबिल प्रबन्धकहर' निय'क्त गरे पनि उनको आउजाउ भइरहन्छ । त्यसैले त उनको कम्पनी चितवनका जङ्गल रिसोर्टमध्येमा द'ई नम्बरमा उभिएको छ राजस्व तिर्ने संस्थाका र'पमा । कर्ममा अधिक विश्वास गर्ने उनले उद्यमशीलताबाहेक अन्य क्षेत्रमा विरलै सोच्ने गरेका छन् । म'ल'कका विभिन्न पर्यटकीय केन्द्रमा 'ब'टिक होटल' स्थापनामा लागेका उनले  व्यवस्थापन कलेज साचालनको तयारी पनि गरिरहेका छन् । ५० करोड र'पैयाँको लगानीमा थालिएका ती परियोजनालाई केही वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ उनी दिनरात मेहनत गरिरहेका छन् ।

टेम्पल टाइगर ग्रूप अफ कम्पनिज्मा १ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् । कर्मचारीमा मात्र निर्भर नह'ने वसन्त बेलाबेलामा कामको मूल्याङ्कन एवम् अन'गमन गरिरहन्छन् । काममा रमाउने उनको बानी छ । कर्मचारीलाई पनि त्यसै गर्न उनी हौस्याउँछन् । दक्षता अभिवृद्धिका निम्ति तालिमको व्यवस्था गर्ने उनी कर्मचारीको शीप दक्षता र र'चिअन'सार कार्यविभाजन गर्छन् । उनीहर'लाई वृत्ति विकासको पनि उत्तिकै अवसर दिन्छन् वसन्त । देशमा राजनीतिक स्थायित्व भएमा ३ वर्षमा पर्यटन क्षेत्रले आर्थिक विकासको क्रान्ति ल्याउने उनको ब'झाइ छ । सरकार र निजीक्षेत्रको सहकार्यमा त्यो सम्भव ह'ने उनको विश्वास छ ।

विदेशी म'द्रा आर्जनका हिसाबले म'ल'कको पहिलो नम्बरको ट्राभल एजेन्सी यति ट्राभल्सका प्रम'ख कार्यकारी अधिकृत मनोहर राणा वसन्तलाई पर्यटन क्षेत्रको खारिएको मान्छे मान्छन् । वास्तविक व्यवसायीमा ह'न'पर्ने सबै ग'ण उनमा रहेको राणा बताउँछन् । वसन्तको बजार प्रवद्र्धनको कला उनलाई प्रभावकारी लाग्छ । उनको 'एग्रेसिभ र कन्भि_िन्सङ पावर' को राणा म'क्तकण्ठले प्रशंसा गर्छन् । ग्राहकलाई सन्त'ष्ट पार्ने वसन्तको ख'बीलाई उनलाई अन'पम लाग्छ । चिलीका अवैतनिक वाणिज्यदूतसमेत रहेका वसन्त आर्थिक कूटनीतिले अपेक्षित गति लिन नसकेको बताउँछन् । देशको पर्यटन उद्योगलाई नजिकबाट नियालेका उनी पर्यटकीय गन्तव्य बिगि्रएकामा खिन्न छन् । काठमाडौंलाई जीवित सङ्ग्रहालय भन्न र'चाउने उनी यहाँका प'रातािŒवक एवम् ऐतिहासिक सम्पदा जीर्ण भएकामा पनि उत्तिकै चिन्तित छन् । फोहोरमैलाको उचित व्यवस्थापन नभएर द'र्गन्धित भएको महानगरको जस्तो हविगत पोखरा र चितवनको पनि ह'न सक्नेतर्फ सचेत गराउँदै उनी आफ्नो शहर आफै बनाउन लाग्न'पर्ने बताउँछन् । पर्यटनका निम्ति सँगसँगै भन्ने नारालाई व्यवहारमा अन'वाद गर्न सबै नेपाली लाग्न'पर्नेमा उनको जोड छ ।

अल्लारे उमेरमा मातापिताको छाहरीबाट विम'ख भएका वसन्तले एक्लोपन महसूस गरे पनि त्यो कहिल्यै व्यक्त गरेनन् । मलेसियाका महाथिरको जस्तो दूरदृष्टिका साथ नीति योजना बनाउने र तिनलाई कार्यान्वयन गर्दा विकास गर्न सकिने उनको विश्लेषण छ । पश्मिना गलैंचा र हस्तकलाको व्यापारलाई 'पानीका फोका'का र'पमा टिप्पणी गर्छन् उनी तिनको दिगोपना कायम नभएकोमा ।  १० वर्षे द्वन्द्वमा पनि पर्यटन व्यवसायलाई निरन्तरता दिने सबै पर्यटन व्यवसायीलाई सफल मान्ने उनी आफूलाई भने त्यसो भन्न मान्दैनन् । विश्लेषणको जिम्मा अर'लाई नै छाडिदिन्छन् । व्यवसायबाट आफू सन्त'ष्ट भने रहेको स्वीकार गर्छन् उनी ।

आफूलाई शून्यबाट उठेको र सफलताका सिँढीहर' आफूले नै बनाएको दाबी गर्ने वसन्त आत्मविश्वासका साथ काम गर्न य'वाप'स्तालाई स'झाव दिन्छन् । आफ्नै देशमा प्रशस्त अवसर देख्ने उनी शीप र ज्ञान बढाउन विदेशिए पनि मातृभूमिको सेवामा आउन' ब'द्धिमानी ह'ने ठान्छन् । एक छोराका पिता उनी हरेक शनिवार मन्दिर जान्छन् आत्मसन्त'ष्टिका लागि । सामाजिक कार्यमा पनि उत्तिकै सकि्रय उनले म'ल'कका विभिन्न भागमा अवस्थित मठमन्दिरको जीर्णोद्धार एवम् मर्मतसम्भारमा मनग्गे रकम खर्चेका छन् ।