डीफ्रेन्टली एबल: शकुन्तला जोशी
छेकेन खुट्टाले व्यावसायिक यात्रालाई
कर्मचारीहरु रातभरि जाग्राम बस्ने अनि मचाहिँ आरामले सुतिरहने, कसरी नैतिकताले दिन्छ ? उनीहरुलाई उत्प्रेरित गर्न पनि हरदम आफै उपस्थित हुन्छु ।

केदारमान सिंह
कार्यकारी निर्देशक
मकालु यातायात सेवा प्रालि
पोलियोको शिकार भएपछि खुट्टाले हिँड्न नमिले पनि कामप्रतिको लगावका कारण उनको व्यावसायिक यात्रा अघि बढिर≈यो । चार पाङगे्र स्कुटरमा हिडँन्े उनी व्यवसायमा दैनिक करीब १६ घण्टा खट्छन् । उनी हुन्, मकालु यातायात सवो प्रा लि का कार्यकारी निर्देशक केदारमान सिंह । कम्पनीअन्तर्गतका २३ ओटा यात्रुबाहक बसको सेवालाई चुस्त बनाउन हरदम तल्लीन छन् । डेढ दशकदेखि यस व्यवसायमा संलग्न उनी व्यवसायलाई पूजा ठान्छन् ।
काठमाडौंको कालीमाटीमा २०२३ सालमा उनको जन्म भएको थियो । खोपले पनि काम नगरेपछि ७ महीनाको उमेरमा उनी पोलियोग्रस्त भएका थिए । दुवै खुट्टाले काम नगरेपछि घरमै एक शिक्षकको सहयोगमा उनको पढाइ शुरू भयो । १३ वर्षको उमेरमा मात्रै उनी स्कूल भर्ना भएका थिए । स्थानीय जनप्रभात माविबाट २०४५ सालमा उनले एसएलसी उत्तीर्ण गरे । त्यसलगत्तै व्यवसायमा प्रवेश गरेपछि पढाइ अघि बढ्न नसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले केही गरेर खान सक्छु भन्ने कुरामा बुबा विश्वस्त हुनुहुन्थ्यो । त्यसो भएर बराजुको पालादेखि सञ्चालनमा आएको राइसमिल हर्नेे जिम्मा उहाँले मलाई दिनुभयो । धेरै हिँडडुल गर्न नपर्ने सो मिल ९ वर्ष चलाएर विक्री गरँे । त्यतिबेलासम्म म ≈िवलचेयरको सहारामा हिँडडुल गर्थंे ।’
त्यसपछि व्यवसायको नयाँ क्षेत्र रोजेका उनले केही साझेदारका साथ रेलिमाइ तथा सिल्भरक्याप नामक कम्पनीका ट्याक्सी ठेक्कामा लिएर चलाउन थाले । उनीहरूले त्यतिबेला ८५ ओटा ट्याक्सी चलाएका थिए । र, करीब डेढ दशकअघि ६ जनाको साझेदारीमा उनले मकालु यातायात शुरू गरेका हुन् । कम्पनीले ५० ओटा गाडीबाट आफ्नो यात्रा शुरू गरेको थियो । दोस्रो वर्ष ७५ ओटा पु¥याएर देशव्यापी सेवा विस्तार गरेको उनी बताउँछन् । उनका अनुसार यातायात क्षेत्रको सिण्डीकेट प्रणालीका कारण पश्चिम क्षेत्रमा सेवा विस्तार गर्न नसकेपछि गाडी घटाएर हालको सङ्ख्यामा ल्याइयो । हाल सो कम्पनीमा ३० जना चालक र सोही सङ्ख्यामा सहयोगी रोजगार छन् । हाल मकालु यातायातले जनकपुरदेखि पूर्वका विभिन्न क्षेत्रमा सेवा दिँदै आएको छ । लामो दूरीमा गुडाउनु पर्ने बस पूर्ण रूपमा चुस्त राख्नुपर्ने भएकाले सतुङग्लमा मकालु ग्यारेज पनि स्थापना गरियो ।
गाडीका पाँचओटा चेसिस भारतबाट ल्याएर शुरू गरेको ग्यारेजमा वर्षमा १२ ओटा जति गाडी तयार हुने उनी बताउँछन् । उनका अनुसार ग्यारेजमा आफ्नो कम्पनीका लागि मात्र गाडी बनाइन्छ । ‘त्यो बेला त ११– १२ लाखमा चेसिस ल्याएर तयार गरेपछि एउटा बसको मोल १५–१६ लाख रुपैयाँ हुन्थ्यो । मकालुको मुख्य कार्यालय कलङ्कीमा केही घण्टा बिताउने उनी बाँकी समय ग्यारेजको रेखदेखमै बिताउँछन् । चार जना मिस्त्री भएको उक्त ग्यारेजमा भारतीय ठेकेदारमार्फत् काम हुने उनको भनाइ छ । उनको पारिवारिक व्यवसायअन्तर्गत ११ वर्षदेखि थानकोटमा वञ्जला सप्लायर्स नामक पेट्रोल पम्प पनि सञ्चालित छ । चार जनाले रोजगारी पाएको उक्त पम्पको उनी शुरू देिखनै प्रबन्ध निर्देशक छन् । ‘सानालाई माया र ठूलालाई सम्मान गर्नुपछर्’ भन्ने संस्कार भएको परिवारमा हुकर्को उनले शारीरिक अशक्तताका कारण आजसम्म हेपिनुपरेको छैन । उनी भन्छन्, ‘परिवारले मेरो अशक्ततालाई कमजोरीका रूपमा ढाकछोप गरेन । अरूसँग घुलमिल हुने र सहयोगी भावनाका कारण पनि होला सबैको माया र सहयोग नै पाएँ ।’
उद्यमशील बन्ने पे्ररणा ६५ वषीर्य बुबा तुलसीमान सिंहबाट पाएको बताउने उनी बिहान साढे तीन बजे उठ्छन् । उनी भन्छन्, ‘गाडीको काम, जतिबेला, जहाँ पनि बिग्रन सक्छ । बीच बाटोमा कतै गाडी बिग्रियो भने यात्रुलाई अलपत्र पार्ने कुरा भएन । अनि तुरुन्त अर्कागाडीको व्यवस्था गरेर पठाउनुप¥यो । हुन त कर्मचारीमाथि मेरो पूर्ण भरोसा छ र गर्नु पनि पर्छ । तर, उनीहरू रातभरि जाग्राम बस्ने अनि मचाहिँ आरामले सुतिरहनु, कसरी नैतिकताले दिन्छ ? उनीहरूलाई उत्पे्ररित गर्न पनि कार्यालयमा आफै उपस्थित हुन्छु । रातको ड्युटीमा कर्मचारी भोकाउन सक्छन् । त्यसैले मैले खाजा खुवाउने व्यवस्था पनि गरेको छु ।राति ११–१२ सम्म त म बसकै काउण्टरमा हुन्छु ।’ ६ दशक उमेर नाघिसकेका आफ्नो बुबा पनि व्यवसायप्रति उत्तिकै समर्पित भएको उनको भनाइ छ । उनी भन्छन्, ‘आवश्यक परे बुबा पनि २४ घण्टा खट्न तयार हुनुहुन्छ । बुबाको त्यो उत्साह मेरा लागि पे्ररणा हो ।’ व्यवसायमा कान्छो भाइ सुनिलमान सिंहको पनि उत्तिकै योगदान भएको उनी बताउँछन् ।
उनको माइला भाइ अनिलमान सिंह भने इञ्जिनीयर छन् । सामाजिक कार्यमा उत्तिकै रुचि भएका उनी रोटरी क्लब अफ काठमाडां वेष्टको सदस्य हुन् । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोशिएशनको आमन्त्रित सदस्य उनी नमो हारती बहुद्देश्यीय सहकारी सस्ंथा, कालीमाटीका बोर्ड निर्देशक पनि हुन् । साथीभाइसँग रमाइलो गर्न मन पराउने उनको नेपाली, फ्युजन तथा शास्त्रीय सङ्गीतप्रति उत्तिकै रुचि छ । २०४७ सालमा लोकन्थली भक्तपुरकी हेमा द्वारेसँग उनी वैवाहिक बन्धनमा गाँसिएका हुन् । बीबीएस पढ्ने करिमा र कक्षा दुईमा पढ्ने कलिका गरी दुई छोरीका पिता उनी शनिवार १÷२ घण्टा भए पनि परिवारलाई लिएर कतै घुम्न निस्कन्छन् । उनले परिवारका साथ पोखरा, पाल्पा, लुम्बिनी, भैरहवा, विराटनगर, धरानलगायतका शहर घुमेका छन् । घुम्नकै लागि सिङ्गापुर र बैङ्कक पुगेका उनलाई नयाँ ठाउँको यात्रा निकै रमाइलो लाग्छ ।