शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 28, 2012
  

आशाका प्रतीक सिद्धार्थमा


‘म अँध्यारोमा पनि सम्भावनाको आशा राख्छु,’ राजधानीको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आफ्नो कला प्रदर्शनीको उद्घाटनपछि आइतवार कलाकार गोविन्द शाह ‘आजाद’ यसो भन्दै थिए ।


‘इमोशन इन मोशन’ शीर्षकमा २५ ओटा कला राखिएको प्रदर्शनीलाई सोमवार नेपालका लागि बेलायती राजदूत जोन टकनटले उद्घाटन गरे । बेलायतमा आप्mनै कला स्टुडियो सञ्चालन गर्दै आएका कलाकार आजादले विभित्र देशमा आफ्नो कलाको प्रदर्शनी गरी सकेका छन् । आप्mना कलामा उनले ‘आयल’ र ‘एक्रेलिक’ मिडियाको प्रयोग गरेका छन् । अधिकांश कलामा मण्डला र सूर्यको प्रयोग गरेका उनले आपूmलाई यी प्रतीकप्रति झुकाव रहेको बताउँछन् । ‘त्यसैले मेरा कलामा यिनको प्रयोग धेरै हुन्छ,’ उनले भने । आजादले आफना कलामा आकाश र पृथ्वीलाई सूक्ष्म रूपले प्रस्तुत गरेका छन् । विशेषगरी ब्रमाण्डका प्रमुख पात्र सूर्य, पृथ्वी र आकाशको सम्मिश्रण उनका कलाको विशेषता हो । उनका पेण्टिङले अँध्यारोमा आफ्नो अस्तित्व खोजेको भान हुन्छ । वरिपरिको अँध्यारो वातावरणलाई चिर्न सूर्य उदाउँदै गरेको झझल्को उनका अधिकांश कलामा पाइन्छ ।

२५/१० इञ्चदेखि ८०/८० इञ्चसम्म साइजका यी कला आफ्नो करीब ४ वर्ष लामो प्रयासको प्रतिफल भएको उनले बताए । ‘उनले सन २००९ देखि हालसम्म सृजना गरेका कला प्रदर्शनीमा राखिएको छ,’ उनले भने । सिद्धार्थ आर्ट ग्यालरी बबरमहल प्रदर्शनीमा राखिएका कलालाई १ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्ममा कित्र सकिन्छ । ‘ड्रप अफ वाटर’ शीर्षकको क्यानभासको मूल्य ५ लाख रुपैयाँ राखिएको छ । ‘नो ≈वेयर’ शीर्षकमा क्यानभासमा उतारिएको कलाको मूल्य ४ लाख ६० हजार रुपैयाँ तोकिएको छ । ‘टुमरो एण्ड ट्रथ’ शीर्षकमा क्यानभासमै उतारिएको कलाका लागि भने कलापारखीले ५ लाख रुपैयाँ तिर्नु पर्नेछ । ‘बीटविन पे्रजेण्ट एण्ड फ्युचर’ शीर्षक को कलाको मूल्य ५ लाख १० हजार रुपैयाँ राखिएको छ । ‘मेल्टिङ ट्रुथ ’ शीर्षकको पेण्टिङलाई ६ लाख रुपैयाँ मूल्य राखिएको छ ।

यसका साथै प्रदर्शनीमा ‘इक्ष्ट्यासी’, ‘इमोशन एण्ड इन्फिनिटी’, ‘स्याल्भेशन–द हिलिङ’, ‘इन्फिनिटी’, ‘म्याटर इन इमोशन’, शीर्षकका कला राखिएका छन् । स्याल्भेशन–द हिलिङ शीर्षकको कलाको मूल्य ७ लाख ५० हजार रुपैयाँ राखिएको छ । प्रदर्शनीमा कलाकार आजाद ‘नोन टु अननोन’, ‘इन टु बिगिन’, ‘द होप–डे एण्ड नाइट’, म्याटर एण्ड इमोशन, ‘माई फियर–माई होप’, ‘राइजिङ होप–द मून’लगायत शीर्षकमा प्रस्तुत भएका छन् । उनी भन्छन्, ‘प्रत्येक कलाले आशावादिताको प्रतिनिधित्व गर्छन् ।’ उनले प्रकृतिलाई लक्षित गरी अधिकांश क्यानभास सजाएका छन् । जलवायु परिवर्तन, यसको असर र हिमालय क्षेत्रका समस्यासमेतलाई आफ्ना कलाको विषयवस्तु बनाएका छन् । ग्यालरीको माथिल्लो तलामा जलवायु परिवर्तनको असरबारे आकर्षक कला राखिएको छ । ‘इन्ष्टलेशन आर्ट’का रूपमा राखिएका ती कला भने विक्रीमा छैनन् । प्रदर्शनी फेब्रुअरी ७ तारीखसम्म चल्नेछ ।