शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 01, 2012
  

बहुआयामिक युवा

interview

ध्रुब बहादुर थापा
अध्यक्ष
हिमालय अर्गनाइजेशन, पोखरा



पोखरामै प्रारम्भिकदेखि विश्वविद्यालयस्तरसम्मको पढाइ पूरा गरेका थापा अहिले हिमालय अर्गनाइजेशनको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। अर्गनाइजेशनअन्तर्गत हिमालय इन्भेष्ट एण्ड डेभलपमेण्ट कम्पनी, हिमालय इक्विपमेण्ट, हिमालय अटो वल्र्डलगायत सञ्चालित छन्। पुख्यौली थलो पोखरामै जन्मीहुर्की व्यवसाय र समाजसेवामा लागेका ध्रुबबहादुर थापा आफू युवा व्यवसायीको पहिचान दिन सफल भएको बताउँछन् । ‘युवा व्यवसायीको परिचय बनाउन सकेकोमा गर्व लाग्छ,’ उनी भन्छन् । व्यवसायमा अटोमोबाइल क्षेत्रलाई रोजेको पारिवारिक पेशालाई उनले हाल उत्रतितिर डोर्याएका छन् । पोखरामै प्रारम्भिकदेखि विश्वविद्यालयस्तरसम्मको पढाइ पूरा गरेका थापा अहिले हिमालय अर्गनाइजेशनको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । अर्गनाइजेशनअन्तर्गत हिमालय इन्भेष्ट एण्ड डेभलपमेण्ट कम्पनी, हिमालय इक्विपमेण्ट, हिमालय अटो वल्र्डलगायत सञ्चालित छन् । यसका साथै थापा सेञ्चुरी कमर्शियल बैङ्क, सिटी डेभलपमेण्ट बैङ्क र फेवा फाइनान्सका प्रमोटरसमेत हुन् ।

क्याम्पस पढ्दाताका उनले कुनै बन्दव्यापार नगरी सरकारी वा निजीक्षेत्रमा जागीर खाने सोच बनाएका थिए । तर, रिकण्डिशन हाउसमार्फत शुरू भएको पारिवारिक व्यवसायले गण्डकी, धवलागिरि क्षेत्रमा डेलिम मोटरसाइकलको डिलर पाएपछि उनले २०५० सालदेखि यही व्यवसायमा लाग्ने निधो गरे । गण्डकी ट्रेड अर्गनाइजेशनमार्फत हाल सञ्चालित चारओटा व्यावसायिक कम्पनीमध्ये हिमालयन अटो वल्र्ड र हिमालय अटो इक्विपमेण्टमा उनी प्रबन्ध निर्देशक छन् भने अन्य दुई कम्पनीमा अध्यक्ष । हुलास मोटर्सको आधिकारिक विक्रेता भएपछि रियल इस्टेट र अटोमोबाइलमा जमेको हिमालय अर्गनाइजेशन पोखरामा प्रसिद्ध व्यावसायिक कम्पनीका रूपमा चिनिन्छ । पारिवारिक प्रेरणाले अघि बढेको व्यवसायमा लायन्स क्लबको सक्रियताले अझ मलजल गरेको उनको बुझाइ छ । शुरूका दिनमा मध्यमस्तरको परफमेन्स दिइरहेका थापा लायन्स क्लबमा आबद्ध भएपछि नेतृत्व विकास र निर्णय गर्ने क्षमता बढेको बताउँछन् । ‘जनसम्पर्क र व्यवस्थापकीय कला पहिला अलि कम थियो,’ उनले भने, ‘लायन्स क्लबसँगको संलग्नताले मभित्र लिडरशीप गुण बढाउन ठूलो मद्दत गरेको छ ।’

हिमालय इक्विप्मेण्टले बेच्ने गरेको एल एण्ड टी केस र कोमात्सुजस्ता हेभी इक्विप्मेण्ट मात्र हैन, अटो वल्र्डमार्फत विक्री हुने सुजुकी, हुलास र डेलिमका अटोमोबाइल्सहरूमा हिमालयले पोखरामा आफ्नो वर्चस्व कायम गरेको छ । यससँगै घरजग्गा कारोबारलाई व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउने श्रेयसमेत हिमालयलाई नै जान्छ । एकल प्रयासले मात्र व्यवसायमा सफलता पाउन नसक्ने बुझेका थापाले संस्थामा कार्यरत कर्मचारीको लगनशीलतालाई समेत उत्तिकै विश्वास गर्छन् । कर्मचारीप्रतिको विश्वास र इमानदारी संस्थाको पूँजी भएको मान्यता राख्ने थापाले उनीहरूको वृत्तिविकासका लागि भारतमा समेत तालीम लिन पठाउने गरेका छन् । यस्तै, पोखरा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने विभित्र तालीम र सेमिनारमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आएको उनले बताए । ‘अहिले संसारमा नै कर्मचारीलाई उत्प्रेरणा दिने कर्पारेट कल्चरको विकास भएको छ,’ थापाले भने, ‘कुनै पनि व्यवसाय सफल पार्न टीमवर्कमा विश्वास गर्नुपर्छ ।’ कर्मचारीको सेवासुविधामा कुनै कञ्जुस्याइँ नगरेकाले सफलताले निरन्तर साथ दिइरहेको उनी बताउँछन् ।

बिहान ७ बजेअगावै ओछ्यान छाडिसक्ने थापा दैनिक एक घण्टा योग गर्छन् । तन, मन स्वस्थ नभए संस्था पनि स्वस्थ नहुने मान्यता राख्ने उनी बिहान १० बजे कार्यालय पुगिसक्छन् । बेलुकी कार्यालयका विभित्र कामका साथै व्यावसायिक भेटघाटमा व्यस्त हुने उनी प्रायः अबेर घर पुग्छन् । थापा हरेक दिन आगामी दिनको योजना बनाउँछन् । पत्रिका पढ्नु पनि उनको दिनचर्या हो ।

धर्मकर्ममा त्यति समय दिन नपाए पनि उनी शिवभक्त हुन् । व्यवसाय, समाज र परिवारमा समय बाँड्दै आएका उनी कहिलेकाहीँ लायन्स क्लबमार्फत समाजसेवामा पनि व्यस्त हुन्छन् । हाल उनी लायन्स क्लब इण्टरनेशनल नेपालका चीफ एरिया कोअर्डिनेटर छन् । सामाजिक उत्तरदायित्व वहन गर्न अग्रसर रहने थापाले आफ्नै खर्चमा पृथ्वीनारायण क्याम्पसमा वार्षिक दुई नेत्रहीन विद्यार्थीको उच्चशिक्षाबापतको खर्च बेहोर्दै आएका छन् । संस्थामार्फत सहयोगका लागि आएका प्रस्तावमा उनी सधैं सकारात्मक हुने गर्दछन् ।

फुर्सदका बेला भ्रमणमा रुचि राख्ने थापाले हालसम्म अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, कोरिया, न्यूजील्याण्डलगायत दर्जनभन्दा बढी देश घुमिसकेका छन् । आफ्नो भ्रमणलाई मनोरञ्जनमा सीमित नगर्ने उनी जहाँ जाँदा पनि केही नयाँ सिक्ने ध्याउत्रमा रहन्छन् । जापान जाँदा ‘कर्पारेट म्यानेजमेण्ट ट्रेनिङ’मा सहभागी भएर व्यवस्थापनको क्षेत्रमा धेरै कुरा सिक्न पाएको उनले बताए । आफ्नो व्यवसायले सफलता पाइरहे पनि मुलुकको राजनीति असफलतातिर लागेकोमा भने उनी खित्र छन् । ‘देशलाई आर्थिक रूपमा सबल बनाउन मैले धेरै योजना बनाएको छु,’ उनले भने ‘तर, सरकारले आर्थिक सुरक्षा प्रदान गर्न सकिरहेको छैन ।’ सरकारले जनअपेक्षाअनुरूप काम गर्दै राजनीतिक स्थायित्व दिनसके आइरन इण्डष्ट्री स्थापना गर्ने थापाको योजना छ ।

प्रस्तुति : दीपक के श्रेष्ठ