शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''लगानी सफा ऊर्जामा'' - मनोज गोयल
प्रमुख कार्यकारी अधिकृत
क्लिन इनर्जी डेभलपमेण्ट बैङ्क

जुनसुकै बैङ्कमा होस्, पैसा जम्मा गर्दा प्रतिफलस्वरुप ब्याज प्राप्त हुन्छ । तर उनले नेतृत्व गरेको बैङ्कमा रकम राखे ब्याजमात्र होइन बिजुली बाल्न बल पुग्छ । बिजुली अर्थात् उज्यालो- आम नेपालीले चाहेको ऊर्जा । लोडसेडिङले लखतरान परेका सबैले उनको बैङ्कमा खाता खोले एकजनाको मात्र होइन, समग्र राष्ट्रकै कल्याण हुन्छ । त्यसैले उनी क्लिन इनर्जी डेभलपमेण्ट बैङ्क मार्फत उज्यालो थप्ने कार्यमा सघाउन निक्षेपकर्ताहरूलाई आग्रह गर्छन् । क्लिन इनर्जी डेभलपमेण्ट बैङ्कको प्रमुख कार्यकारी अधिकृत भएको नाताले मनोज गोयलले यसरी बजार प्रवर्द्धन भने गरेका होइनन्- समग्र अर्थतन्त्रको उत्थान र मुलुकवासीको अनुहारमा उमङ्गको ऊर्जा सञ्चार गर्न ।

स्थापना कालदेखि नै उक्त बैङ्कको नेतृत्व तहमा रहेका गोयलले सफा ऊर्जाको प्रवर्द्धन र आर्थिक विकासको अभियानलाई अघि बढाउन  दिनरात मेहनत गरिरहेका छन् । सफा ऊर्जाको विकासका निम्ति बैङ्कका अध्यक्ष धनञ्जय आचार्य र उनले प्रतिपादन गरेको अवधारणाको स्वदेशी मात्र होइन विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्न सफल हुनु चानचुने कुरा होइन । दिल्ली विश्वविद्यालयको व्यवस्थापनको अनर्स डिग्री र लण्डनस्थित सिलर इण्टरनेशनल युनिभर्सिटीबाट प्राप्त स्नातकोत्तरको अर्को उपाधिले उनको वाक्चातुयलाई साँच्चै तिखारेको छ । सामुहिक एवम् समूहगत कार्यको परिणामस्वरुप क्लिन इनर्जी डेभलपमेण्ट बैङ्कमा नेदरल्याण्डस्को एफएमओ र त्यहाँको प्रसिद्ध टि्रडोस बैङ्कअन्तर्गतको नवीकरणीय ऊर्जा कोषले लगानी गरेको छ । त्यसैगरी श्रीलङ्काको डीएफसीसी बैङ्क, अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग संस्था (युएसएआईडी) र विनरक इण्टरनेशनलजस्ता संस्थाहरूले पनि बैङ्कलाई सहयोग गरिरहेका छन् ।

एक्काईस वर्षअघि तत्कालीन नेपाल अरब बैङ्कको बजार प्रवर्द्धकका रूपमा 'करिअर'प्रारम्भ गरेका गोयल कामप्रतिको र्समर्पण, इमानदारी र सिर्जनात्मक सोचका कारण केही वर्षमा नै शाखा प्रबन्धक भएका हुन् । वृत्ति विकास मानवीय स्वभाव हो । सात वर्षनबिलमा बिताएका उनले नेपाल मर्ञ्र्चेण्ट ब्याङ्किङ एण्ड फाइनान्स कम्पनीमा झण्डै २ वर्षकार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए । अत्यन्त खराब अवस्थामा पुगेको बैङ्क अफ काठमाडौंलाई सवल बनाउन उनले त्यहाँ चार वर्षनेतृत्वदायी भूमिका निर्वाह गरे । बैङ्क अफ काठमाडौंको प्रमुख कार्यकारी अधिकृत, निर्देशक तथा कार्यकारी उपाध्यक्ष भएर उक्त बैङ्कलाई 'रोगमुक्त' बनाउन प्राप्त सफलतालाई उनी आफ्नो जीवनको उपलब्धि मान्छन् । मर्ञ्र्चेण्ट ब्याङ्किङ एण्ड फाइनान्स कम्पनीको जग सुदृढ बनाउन र त्यसलाई बैङ्कमा परिणत गर्ने दिशामा निर्वाह गरेको भूमिकालाई पनि उनी उपलव्धिको कोटीमा राख्न रूचाउँछन् ।

 गोयलको कार्यशैली अरूको भन्दा पृथक छ । उनी कर्मचारीलाई 'टर्म अफ रिफ्रेन्स' दिएर वा अर्‍हाएर काम लगाउनुपर्छ भन्नेमा विश्वास गर्दैनन् । संस्थाको लक्ष्य र उद्देश्यलाई आत्मसात् गर्न उनी कर्मचारीलाई प्रेरणा दिन्छन् । संस्था र नेतृत्ववर्गसँग विश्वास नभए जुनसुकै बेला उनको संस्थाबाट अलग्गिने अधिकार सुनिश्चित छ । 'कर्मचारीले यहाँ आफ्नो भविष्य देख्दैन भने समय वर्वाद नगर्न सल्लाह दिन्छु' साझा लक्ष्य प्राप्तिका लागि सहभागितामूलक उपाय अवलम्बन गर्ने व्यवस्थापन मन्त्र सुनाउँदै उनी भन्छन् । मातहतका कर्मचारीलाई दबाउने होइन जिम्मेवारीले उत्तरदायित्वबोध गराउने उनको बानी छ । संस्थाको विकास भए मेरो पनि उन्नति हुन्छ भन्ने भावनाले उनको बैङ्कका कर्मचारी काम गर्छन् ।

एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल गोयललाई नवीन सोचका साथ काम गर्ने क्षमता भएको कुशल व्यवस्थापक मान्छन् । 'गोयलजी विन-विन सिचुएसनमा नेगोसिएट गर्नसक्ने क्षमता भएको मान्छे हो' तर्कपूर्ण अभिव्यक्ति राख्न सिपालु व्यक्तिका रूपमा उनलाई चित्रित गर्दै पौडेल भन्छन् ।

नेपाललाई लोडसेडिङबाट पाँच वर्षमा मुक्त गर्न सकिने दाबी गर्ने गोयल त्यसका लागि अनुकुल ऐननियम हुनुपर्नेमा जोड दिन्छन् । सफा ऊर्जा विकासका लागि एकस्थानबाट नियमन, स्वीकृतीलगायत कार्य भएमा उद्यमीलाई सहज हुने उनको ठम्याइ छ । 'स्थानीय तहबाट समस्या नहुने र राज्यस्तरबाट कोषको व्यवस्था भएमा ५ वर्षमा देश झलमल हुनेछ' उनी भन्छन् ।