व्यक्तित्व
विश्वास मानव क्षमतामा
गणेश ढुङ्गाना
महाप्रबन्धक
केएल टावर

कामप्रतिको लगाव र इच्छाशक्ति भयो भने जस्तोसुकै काम पनि फत्ते गर्न सकिन्छ भन्ने ढुङ्गानाको विश्वास छ। त्यसका लागि मानव संसाधनको व्यवस्थापन सबैभन्दा महइभ्वपूर्ण हुने उनको बुझाइ छ। काठमाडौं, चुचे पाटी स्थित निर्माणधिन व्यापारिक मल ‘कऐ ल टावर’का महाप्रबन्धक गणेश ढुङ्गाना आफूले लिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्नुपर्छ भन्ने मान्यता राख्छन। चक्रपथबाहिरको पहिलो सुविधासम्पन्न मल भनी दाबी गरिएको यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्ने ध्याउन्नमा यतिबेला उनी लागेका छन् । केएल टावर एण्ड मल्टिकम्प्लेक्स प्रालिअन्तर्गत परियोजना सञ्चालित छ । सरकारी जागीरे बन्ने सोचले जनप्रशासनमा स्नातकोत्तर गरेका उनी निजामती सेवामा मौलाएको ‘भोलि’ परम्परा मन नपरेपछि निजीक्षेत्रतिर लागेका हुन् ।
करीब १ अर्ब रुपैयाँको लगानीमा बन्दै गरेको उक्त टावर साढे १० तलाको छ । अन्तरराष्ट्रिय ब्राण्डेड सामानहरूसहितको सुपरमार्केट, ‘फारे डी’ सिनेमा हल तीन ओटा, विशिष्ट परिकारका खाना उपलब्ध हुने ‘फूडकोर्ट’ र ‘गेम जोन’लगायतको सुविधा यस टावरमा उपलब्ध हुने ढुङ्गाना बताउँछन् । ५४ ओटा पसल (ब्राण्डेड सामग्रीका मात्र) राखिने यस टावरको १ लाख ४७ हजार वर्गफिट क्षेत्रफल व्यापारिक प्रयोजनका लागि छुट्ट्याइएको छ । पूर्णतः वातानुकूलित यस टावरको ९० प्रतिशत बुकिङ भइसकेको ढुङ्गानाले जानकारी दिए । यसको सबैभन्दा माथिल्लो तलामा ‘भ्यू टावर’ बनाइनेछ । धनकुटाको धनी किसान परिवारमा जन्मिएका ढुङ्गाना एसएलसीसम्मको पढाइ विराटनगरबाट पूरा गरेपछि २०३३ सालमा उच्चशिक्षाका लागि काठमाडा आएका हनु । सम्पन्न परिवारमा । प्लानमा ६ वर्ष काम गर्दा ढुङ्गानाले समुदाय तथा सहकर्मीहरूसँग घुलमिल हुने तरिका सिके । जीवनमा पहिलोपल्ट रू. २ हजार ८ सय तलब थापेको आफ्नो सम्झनामा ताजै रहेको बताउँछन् उनी । १ वर्षअघिसम्म उनी महाप्रबन्धकका रूपमा कमलपोखरीस्थित व्यापारिक मल ‘सिटी सेण्टर’को व्यवस्थापनमा तल्लीन थिए । उनले त्यहाँ ४ वर्ष काम गरे । सेण्टर निर्माण परियोजनामा आफूले १८ ओटा सञ्चालन कार्यविधि ‘म्यानुअल’ बनाएर काम गरेको उनी बताउँछन् । अध्ययनका लागि व्यवस्थापनसम्बन्धी पुस्तक उनको पहिलो छनोट हो । साहित्यमा पनि उत्तिकै रुचि राख्ने उनलाई गहन विषयवस्तु तर सरल प्रस्तुति भएका पुस्तक पढ्न मनपर्छ । विश्वेश्वरप्रसाद कोइराला, डायमण्ड शमशेर, वर्डस्वर्थ तथा रवीन्द्रनाथ टैगोरका कृति उनको रोजाइमा पर्छन् । पछिल्लो समय आफ्नो रुचि धार्मिक तथा आध्यात्मिक साहित्यतिर पनि बढ्दै गएको उनले बताए ।
प्रस्तुति : शकुन्तला जोशी