नवकान्तिपुर सहकारीको निक्षेप २४ प्रतिशतले बढ्यो
माघ १० काठमाडौं (अस)। अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०६६/६७ मा नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले करीब २४ प्रतिशतले निक्षेप वृद्धि गरेको छ । आव २०६५/०६६ मा संस्थाको निक्षेप रु.८५ करोड ४१ लाख ९९ हजार रहेको थियो । आव २०६६/६७ मा निक्षेप बढेर रु। १ अर्ब ५ करोड ५७ लाख पुगेको छ । सोही अवधिमा संस्थाको लगानी करीब २१ प्रतिशतले बढेर रु.६९ करोड ७३ लाख पुगेको छ । आव २०६५/६६ मा संस्थाको कर्जा तथा लगानी रु। ५७ करोड ८२ लाख रहेको बताइएको छ ।
नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था विस। २०५४ मा काठमाडौँको गौशालामा २५ जना सदस्यको रु.५० हजार चुक्ता पूँजीबाट स्थापना भएको हो । हाल संस्थाको सदस्य सङ्ख्या करीब १६ हजार ९ सय र चुक्ता पूँजी करीब ४ करोड पुगेको संस्थाका अध्यक्ष रामकृष्ण पन्तले बताए । संस्थाले २०५६ सालदेखि काठमाडौंको न्यूरोडमा शाखा खोली सेवा प्रदान गरिरहेको छ ।
संस्थाले २०५६ साल देखि सदस्यहरुलाई एसएमएस तथा एबीबीएस र २०५७ सालबाट इण्टरनेट कारोबार सुविधा प्रदान गर्दै आएको संस्थाका लेखा अधिकृत हरिप्रसाद पाण्डेले अभियानलाई बताए । 'घरदैलो सेवा सुविधा' अन्तर्गत संस्थाले सदस्यहरुको इच्छाअनुसार घरघरमा बचत तथा कर्जाको सुविधा प्रदान गरिरहेको छ । संस्थाले २०६३ सालमा काठमाडौंको गौशलामा करीब रु.८ करोडमा दुई रोपनी जग्गासहितको भवन किनेको थियो । हाल सो जग्गाको मूल्य करीब २० करोडभन्दा बढी भएको पाण्डेले बताए ।
संस्थाले एनएमसी सुपर सेभिङ कर्मचारी बचत खाता एनएमसी सुनौलो बचत जेष्ठ नागरिक बचत दैनिक बचतलगायत कार्यक्रम साचालन गरिरहेको छ । यी कार्यक्रममा संस्थाले ६ दशमलव ५ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याज प्रदान गरिरहेको छ । यसैगरी संस्थाले व्यापारिक कर्जा सामूहिक जमानी कर्जा हायर पर्चेज कर्जा आवधिक बचत धितो कर्जा घर/जग्गा कर्जा शैक्षिक कर्जा सुनचाँदी धितो कर्जा शेयर तथा प्राथमिक शेयर कर्जा कर्मचारी साचय कोष कर्जा कर्मचारी हायरपर्चेज तथा घरजग्गा कर्जा गरी १० किसिमका कार्यक्रम साचालन गरेको छ । यी कार्यक्रममा संस्थाले वार्षिक १६ प्रतिशतदेखि १८ प्रतिशतसम्म ब्याज उठाउँदै आएको लेखा अधिकृत पाण्डेले बताए ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले स्थापना कालदेखि नै विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएको छ । आव २०६६/६७ मा संस्थाले पशुपति क्षेत्र स्वास्थ्य व्यवस्थापन समितिलाई रु। २५ हजार प्रदान गरेको बताइएको छ ।
रामकृष्ण पन्त अध्यक्ष रहेको सो संस्थामा उपाध्यक्ष वसन्त पौडेल सचिव शारदा पाण्डे कोषाध्यक्ष शिव सिटौला रहेका छन् । सदस्यहरुमा नम्रता पौडेल सङ्गीता पन्त र चेतना खरेल छन् ।
रामकृष्ण पन्त
अध्यक्ष
नवकान्तिपुर बहुउद्देश्यीय
सहकारी संस्था
तपाईको संस्थाको सफलताको रहस्य बताइदिनुस् न ।
हाम्रो सफलता भनेकै सदस्यको विश्वास हो । स्थापना कालदेखि नै सदस्यको पूर्ण विश्वास पाएका छौं । यसले संस्थालाई काम गर्न थप हौसला मिलेको छ । हाल संस्थाको सदस्य सङ्ख्या करीब ४ हजार पुगेको छ । हाम्रा प्रत्येक कि्रयाकलाप सबै सदस्यहरुको हितमा केन्द्रित छन् । संस्थाले कार्यक्रम तय गर्दा सदस्यहरुको सहभागितामा गर्ने गरेको छ । यसै कारण हाम्रा अधिकांश कार्यक्रम सफल भएका छन् ।
संस्थाका दीर्घकालीन योजनाहरु के के छन् ?
सदस्यहरुको सामाजिक र आर्थिक विकासका लागि संस्थाले आय आर्जनका विभिन्न योजना बनाएको छ । यसका लागि संस्थाले शिक्षा स्वास्थ्य स्वरोजगार कार्यक्रम घरेलु तथा साना उद्योगलगायत क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । यसैगरी सदस्यहरुलाई सुपथ मूल्यमा वस्तु तथा सेवा प्रदान गर्न डिपार्टमेण्ट स्टोर साचालन गर्ने संस्थाको लक्ष्य छ ।
सहकारीको भीडमा नवकान्तिपुरलाई कसरी फरक देखाउनुहुन्छ ?
नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था हो । नवकान्तिपुरले सहकारीका सात सिद्धान्त पूर्णरुपमा पालना गरेको छ । संस्थाका सबै क्रियाकलाप सदस्यहरुको हितमा केन्द्रित छन् । सदस्यहरुको निर्णयको आधारमा संस्थाका कार्य योजनाहरु निर्माण गरिन्छ । हामीसँग तरलताको समस्या छैन । यी कारणले नै नवकन्तिपुर अन्य सहकारीभन्दा फरक देखिएको हो ।
विद्युत् सहकारीद्वारा सरकारलाई ११ करोड नतिर्ने घोषणा
माघ १० महेन्द्रनगर अस । कैलाली-काचनपुर ग्रामीण विद्युत् परियोजनाअन्तर्गत कैलाली र काचनपुरमा साचालित ग्रामीण विद्युत् सहकारी संस्थाहरुले सरकारलाई बुझाउनुपर्ने रु. ११ करोड सूचीकृत कर नतिर्ने घोषणा गरेका छन् । ग्रामीण परियोजना क्षेत्र नं ४ को झलारीमा सम्पन्न भेलाले उक्त निर्णय गरेको हो । विद्युत् उपभोक्ताहरुको नाममा सरकारले गरीब जनताको ढाड सेक्ने गरी कर उठाउन लागेकोले उक्त कर नतिर्ने घोषणा गरिएको क्षेत्र नं। ४ का अध्यक्ष भैरविसं ऐरले अभियानलाई बताए । उनले गरीब जनताले कहिल्यै पनि तिर्न नसक्ने कर सरकारले आफूहरुको टाउकोमा थुपारेर सौतेनी व्यवहार गरेको आरोप लगाए । 'ऋण मिनाहाका लागि सरकारसँग पटकपटक आग्रह गर्दा पनि हालसम्म कुनै पहल भएन । सरकारले अब पनि हाम्रा मागहरु नसुने यस क्षेत्रका ५० हजार उपभोक्ता सडकमा उतारेर सशक्त आन्दोलनको तयारीमा जुट्नेछौं' अध्यक्ष ऐरले चेतावनी दिँदै भने । डेनमार्क सरकारको सहयोगमा डानिडाले कैलाली र काचनपुर ग्रामीण विद्युत् परियोजनाअन्तर्गत २०६३ मा यी दुई जिल्लाका ग्रामीण क्षेत्रहरुमा निःशुल्क विद्युत् संरचनाहरु निर्माण गरेको थियो । सहकारी संस्थाहरुले २०६५ सालदेखि सूचीकृत कर तिर्न शुरु गरेका थिए । विद्युत् संरचनाहरु निर्माण भएपछि विद्युत् सहकारी संस्थाहरुबाट २० वर्षभित्रमा करस्वरुप रु.११ करोड सङ्कलन गर्ने सरकारले निर्धारण गरेको छ । यी क्षेत्रहरुमा २ सय १६ ग्रामीण विद्युतीकरण सहकारी संस्था गठन गरिएका छन् ।
धवलागिरीका ७४ सहकारी संस्था खारेज
माघ १० बाग्लुङ अस । डिभिजन सहकारी कार्यालय बाग्लुङले धवलागिरी अाचलका ७४ सहकारी संस्थाहरुलाई खारेज गरेको छ । जिल्लामा दर्ता भई कम्तीमा दुई वर्षदॆखि निष्क्रिय रहेका सहकारी संस्थालाई कारबाही स्वरुप खारेज गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद सुवेदीले बताए । कार्यालयले सहकारी ऐन २०४८ बमोजिम ३५ दिने सूचना दिएर सम्पर्क गर्न आग्रह गर्दा पनि नआएका संस्थाहरुलाई कारबाही गरिएको उनको भनाइ थियो । खारेज हुने सहकारी संस्थाहरुमा बागलुङका २७ पर्वतका ४० म्याग्दीका ४ र मुस्ताङका ३ हुन् । 'कार्यालयको सूचनाअनुसार विवरण पेश गर्न नआएपछि निष्क्रिय रहेको मानेर सहकारी ऐनअनुसार दर्ता खारेजी गरिएको बताइएको छ ।