शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: May 15, 2012
  

सहकारीको दिगोपनका लागि सामाजिक उत्तरदायित्व : उप–रजिष्ट्रार ढुङ्गाना

जेठ १, काठमाडौं (अस) । सहकारी विभागका नवनियुक्त उप–रजिष्ट्रार उपेन्द्रकुमार ढुङ्गानाले सहकारी क्षेत्रमा दिगो रूपमा रहन संस्थाहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताएका छन् । उनले भने, ‘त्यसो गरेमा मात्र संस्थाहरूले समाजको विश्वास जितिरहन सक्छन् ।’ नेपाल सहकारी पत्रकार समाजद्वारा सोमवार राजधानीमा आयोजित ‘सामाजिक उत्तरदायित्वमा सहकारी क्षेत्रको भूमिका’ विषयक अन्तर्कृया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई सुविधा पुर्‍याउँदा गैरसदस्यलाई पुग्ने हानिका बारेमा पनि सचेत हुनुपर्ने ढुङ्गानाको तर्क छ ।

कार्यक्रममा सहकारी क्षेत्रका अग्रणी व्यक्तित्व कैलाशभक्त प्रधानाङ्गले सहकारी संस्थाहरूले सही रूपमा सामाजिक उत्तरदायित्व बहन गर्ने हो भने नेपालको गरीबी निवारण गर्न सकिने बताए । त्यसका लागि हरेक सहकारीको मुनाफाको १५ देखि २० प्रतिशतसम्म रकम गरीबीको रेखामुनि रहेकाहरूका लागि योगदान गर्न सकिने अभिभावक सहकारी संस्थाका अध्यक्ष वीरेन्द्रमान श्रेष्ठले बताए ।