बाजी हारेका ब्रान्सन परिचारिका बन्ने भए
मङ्सिर २, क्वालालम्पुर (मलेशिया) । रेसिङ कार प्रतियोगितामा थापेको एउटा बाजी हारेपछि भर्जिन एयरलाइन्सका मालिक रिचर्ड ब्रान्सन एयर एशियाको एउटा उडानमा महिला विमान परिचारिका बन्ने भएका छन् । सो बाजी जितेका एयर एशिया गु्रपका प्रमुख कार्यकारी टोनी फर्नाण्डीजले सोमवार बताएअनुसार ब्रान्सन परिचारिका हुने एयर एशियाका सो उडानका सीटहरू लीलाम बढाबढ गरेर बेचिने छन् । ब्रान्सन र फर्नाण्डीजले सन् २०१० को र्फमुला वन प्रतियोगिता शुरू हुँदा सो बाजी राखेका थिए । जसअनुसार जसको र्फमुला वन टीमले प्रतियोगिता हार्छ उसले जित्नेको वायुसेवामा परिचारिका’ भएर सेवा गर्नेछ । गत आइतवार सकिएको प्रतियोगितामा दुवैका टीमले शून्य अङ्क ल्याएका थिए, तर रेस समाप्तिका अवस्थालाई आधार मानेर ब्रान्सनको टीम भर्जिन रेसिङभन्दा फर्नाण्डीजको टीम लोटसको स्थान अगाडि रहेको घोषणा गरिएको थियो । 'हामीले यो रमाइलो बाजीलाई प्रतियोगिताभरि नै कायम राखेका थियौँ , अब रिचर्डले केटी मान्छेले लगाउने हाई हिल जुत्ता लगाएर हिंड्ने अभ्यासका लागि मेहनत गर्न तयार हुनुपर्ने बेला आएको छ’, फर्नाण्डीजले एक वक्तव्यमा भने ।
उनले रेस मैदानमा खुशियाली मनाउन आइतवार राती भेटघाट हुँदा ब्रिटेनका धनाढ्य ब्रान्सनलाई विमान परिचारिकाले लगाउने एक जोडी रातो पहिरन दिएको बताए । सो अवसरमा सहमति भएअनुसार क्वालालम्पुरदेखि लण्डनसम्मको एउटा उडानमा ब्रान्सनले परिचारिका’ भएर काम गर्ने र त्यस उडानका सीटहरू अनलाइनमार्फत लीलाम बढाबढ गरेर विक्री गर्ने तथा त्यसरी उठेको रकम परोपकारी काममा खर्च गरिने भएको छ । एएफपी/रासस
'पूँजीको खाँचो छैन’
मङ्सिर २, सनफ्रान्सिस्को । लोकप्रिय सामाजिक सञ्जाल टि्वटरले आफूसँग पर्याप्त पूँजी रहेको दाबी गरेको छ । टि्वटरका सह(संस्थापक एभान विलियम्सले आफ्नो कम्पनीलाई पूँजीको खाँचो नपरेको बताएका छन् । आर्थिक रूपमा टिव्टर कमजोर भएको विवरण आमसञ्चारका माध्यममा आइरहेका बेला उनको भनाइ र्सार्वजनिक भएको हो ।यहाँ भेला भएका उद्यमीहरूको एक सम्मेलनमा सह(संस्थापक विलियम्सले कम्पनीको खातामा पर्याप्त रकम रहेको उल्लेख गरे । उनले आफ्नो कम्पनीमा लगानी गर्न चाहनेहरूलाई स्थान दिने/नदिने भन्नेबारेमा भने केही बताएनन् । सानफ्रान्सिस्कोमा प्रधानकार्यालय रहेको टि्वटरका १७ करोड ५० लाख प्रयोगकर्ता छन् ।
विश्वको र्सवाधिक प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने सम्बन्धमा वार्ता भइरहेको जानकारी दिँदै विलियम्सले फेसबुक मार्फ आफ्नो सञ्जालको विद्यमान पहुँचमा फेसबुकले सिर्जना गरेको अवरोधबाट निराश भएको टिप्पणी गरे ।आपसी सहकार्यका निम्ति दुइपक्षीय वार्ता भइरहेको उल्लेख गर्दै उनले त्यस दिशामा हालसम्म कुनै प्रगति नभएको पनि उल्लेख गरे । रोयटर्स
सफल भएन रुकुम उज्यालो कार्यक्रम
मङ्सिर २, रुकुम (अस) । दुइ वर्षभित्र जिल्लाका सबै गाउँमा विद्युत् सेवा पुर्याउने घोषणासहित सार्वजनिक गरिएको ँरुकुम उज्यालो कार्यक्रमँ अझै कार्यान्वयन हुन सकेको छैन । दाताहरूबीच कुरा नमिलेकाले कार्यक्रम सञ्चालनमा ढिलाइ भएको रुकुम ऊर्जा विकास अधिकृत राजेन्द्र न्यौपानेले बताए । विश्व बैङ्क, राष्ट्रसङ्घीय विकास कार्यक्रम, नर्वे सरकार र डानिडालगायतका गैरसरकारी संस्थाको सहयोगमा सो कार्यक्रम शुरू भएको थियो । न्यौपानेका अनुसार गत वर्षको मङ्सिरमा सञ्चालन गरिएको सो कार्यक्रम समुदायले सङ्कलन गर्नुपर्ने ३५ प्रतिशत रकम जम्मा गर्न नसक्दा शुरू नै हुन सकेको छैन । उनले भने, 'कार्यक्रमका लागि दाताहरूले ४० देखि ५०, गाविस र जिविसले १५ र स्थानीय समुदायले ३५ प्रतिशत रकम बेहोर्ने सहमति भएको थियो । तर समुदायले जम्मा गर्नुपर्ने रकम उठाउन नसकेपछि दाताहरूले दिनुपर्ने रकम पनि निकासा दिएका छैनन् ।'
कार्यक्रम अन्तर्गत बीएसपी नेपाल ऊर्जा क्षेत्र सहयोग कार्यक्रमबाट सम्भाव्यताका आधारमा रुकुमका प्रत्येक घरमा वैकल्पिक ऊर्जाका प्रविधिको विकास गर्ने भनिएको थियो । स्थानीय वासिन्दाहरूले भने सर्भे गरिएको २ वर्ष बितिसक्दा पनि काम नै शुरू नभएको दुःखेसो पोखेका छन् । रुकुमको ७ प्रतिशत वासिन्दाले मात्र विद्युत् सुविधा उपभोग गरिरहेको बताइएको छ । रुकुममा निर्माण गरिएको २ सय किवा क्षमताको एकमात्र स्यार्पूताल जलविद्युत् आयोजनाले पनि आवश्यकताअनुसार सेवा विस्तार तथा गुणस्तर कायम राख्न सकेको छैन ।
चितवनमा व्यवसाय सेवा केन्द्र
मङ्सिर २, चितवन (अस) । जीटीजेड र सेक्वाको सहयोगमा चितवन उद्योग वाणिज्य सङ्घद्वारा यहाँ व्यवसाय सेवा केन्द्र 'वान स्टप शपँ शुरू गरिएको छ । जिल्लामा भएका व्यवसायको प्रवर्द्धन एवम् नयाँ व्यवसाय दर्ता तथा सञ्चालनमा सहजीकरणका लागि सो केन्द्र शुरू गरिएको हो । व्यवसाय सेवा केन्द्रका रूपमा स्थापित सो शपबाट व्यवसायी र व्यवसाय गर्न चाहनेहरूले एकै ठाउँबाट सम्पूर्ण जानकारी पाउने छन् । केन्द्रको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार र जीटीजेड इन्क्लुड सेक्वाका कार्यक्रम निर्देशक योर्गेन हेन्केलले बुधवार उद्घाटन गरे । केन्द्रले व्यवसायका लागि आवश्यक पूर्वाधार, गोष्ठी तथा सेमिनार, व्यापार मेला, क्रेता(विक्रेता भेटघाट, बैङ्क तथा वित्तीय संस्थासँग समन्वय गर्न सहयोग पुर्याउनेलगायतका काम गर्ने पनि बुझिएको छ ।
सो केन्द्र चितवन उद्योग वाणिज्य सङ्घको भवनमा रहेको छ । जानकारी चाहने व्यवसायी या इच्छुक व्यक्तिले न्यूनतम रू. १ सयदेखि रू. ५ सयसम्म तिरेपछि आवश्यक जानकारी पाउन सक्ने सङ्घका कार्यकारी निर्देशक रसिक प्रधानले बताए । सङ्घले यसअघि व्यवसाय व्यवस्थापन संस्था प्रवर्द्धन केन्द्रको रूपमा पनि काम गर्दैआएको प्रधानले जानकारी दिए । कार्यक्रममा सङ्घका अध्यक्ष उत्तमलाल चुकेले व्यवसायसँग सम्बन्धित सूचना तथा तथ्याङ्क सङ्कलन, सूचना व्यवस्थापन र वितरणजस्ता काम एउटै छानामुनिबाट गर्ने उद्देश्यसहित सो केन्द्र शुरू गरिएको बताए । महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले सरकारी निकायसँग पनि समन्वय गर्दै सेवा केन्द्र अघि बढ्नुपर्छ भने । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नवराज सापकोटाले सरकारी निकायसँग कुनै समन्वय नगरी केन्द्र शुरू गरिएको गुनासो गरे ।जीटीजेड ईन्क्लुड सेक्वाका कार्यक्रम निर्देशक योर्गेन हेन्केल र वरिष्ठ सल्लाहकार कामुदिनी रोजाले वान स्टप शपले व्यवसाय शुरू गर्न विभिन्न संस्था धाइरहनुपर्ने बाध्यतालाई हटाएको बताए ।